ADVERTISEMENT
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

एमालेमा जनलहर बढेकाले विरोध

by चितवन पोष्ट
२०७० कार्तिक २७, बुधबार ०४:११ गते
in राजनीति
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

रत्ननगर । नेकपा एमाले चितवन क्षेत्र २ का उम्मेदवार कृष्णप्रसाद खनालले एमालेको जनलहर देखेर कांग्रेस र एमाओवादीका नेता तथा कार्यकर्ताहरु एमालेकोे विरोधमा लागि परेको बताए ।
सौराहाचोकमा आयोजित कार्यक्रममा उम्मेदवार खनालले इतिहासमा मात्रै सीमित हुन लागेको बुढोे कांग्रेस र उग्र एवम् विद्रोही एमाओवादी आगामी चुनावमा पराजित भएपछि बौलाउनुकोे विकल्प नभएको बताए । एमालेको ९ महिने सरकारलाई जनताले अत्याधिक मनपराको बताउँदै उम्मेदवार खनालले हरेक जनमुखी काम र विकासकोे लागि एमालेको बहुमतको विकल्प नदेखिएको उनको भनाइ थियो ।
कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य काशिनाथ अधिकारी, जिल्ला कमिटी सदस्य नारायण वन, यादवप्रसाद पाठक, विनाद रेग्मी, नगरअध्यक्ष प्रेमनाथ दुवाडीलगायतले मन्तव्य राखेका थिए ।
एमालेले एक महिना अघिदेखि जारी राखेको टोलटोलमा र घरघरमा मतदाता भेटघाट कार्यक्रमअन्र्तगत रत्ननगरको सौराहाचोक, भक्तिनी बगैचा, बकुलहरलगायतका क्षेत्रमा घरदैलो गरिएको थियो । यसैबीच, नेकपा एमाले चितवन क्षेत्र २ को चुनावी अभियानअन्तर्गत आशिष तामाङको संयोजक¤वमा ४६ सदस्यीय युथफोर्स टास्कफोर्स कमिटी गठन गरिएको छ ।
यस्तै, नेकपा एमाले निर्वाचन क्षेत्र ३ का उम्मेदवारसहितका टोलीले भनपा १ को देवघाट क्षेत्रमा घरदैलो तथा चुनावी प्रचारप्रसार कार्यक्रमलाई तीव्र पारेको छ । उम्मेदवार कृष्णभक्त पोख्रेलसहितको टोलीले देवघाटका विभिन्न क्षेत्रमा जनताको घरघरमा पुगेर मत मागेको प्रचार संयोजक भक्ति गौतमले जानकारी दिए ।
यसैबीच अनेमसंघ भनपा ४ ले महिलाभेलासहित बजार परिक्रमा गरी वडावासीसँग एमाले उम्मेदवार पोख्रेललाई विजयी गराउन मत मागेको छ । अनेमसंघ नगर समिति भरतपुरकी अध्यक्ष उमा कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमालेका उम्मेदवार पोख्रेल महिलाको समस्यासँग सधैँ एकाकार रहेकाले जिताउन महिलाहरुले नगरवासीलाई अनुरोध गरे ।
यसैगरी, एमाले निर्वाचन क्षेत्र ४ की उम्मेदवार पार्वती रावलले देशमा महिला हिंसाको सुरूवात प्रचण्डको घरबाट भएको आरोप लगाए । निर्वाचन प्रचारप्रसार तथा जनता भेटघाट कार्यक्रममा भरतपुर ९ गोन्द्राङ तराई टोलमा भएको कोणसभामा उम्मेदवार रावलले माओवादीले जतिसुकै महिला अधिकारका कुरा गरे पनि एमाओवादी महिलाविरोधी पार्टी भएको दावी गरिन् । उम्मेदवार रावलसहितको टोलीले भरतपुर ९ का विभिन्न क्षेत्रहरुमा घरदैलो कार्यक्रम गरेको थियो ।
यसैगरी, नेकपा एमाले क्षेत्र नः ५ अन्तर्गत मतदाता शिक्षा कार्यक्रम मंगलबार पनि विभिन्न क्षेत्रमा जारी राखेको छ । क्षेत्र ५ को माडीका ४ वटै गाविसमा एमाले गाउँ कमिटीहरुले मतदाता शिक्षा अभियानका रूपमा चलाएका छन् । जगतपुर ७ मा मतदान प्रतिनिधि प्रशिक्षण कार्यक्रम राखिएको प्रचारप्रसार संयोजक रामप्रसाद न्यौपानेले जानकारी दिए ।
त्यस्तै, क्षेत्र १ का उम्मेदवार सुरेन्द्र पाण्डेसहितको टोलीले पनि घरदैलो गरेको छ ।

Related Posts

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश

संसद् विघटन मुद्दाको अर्को सुनुवाइ सोमबार हुने

‘प्रधानमन्त्रीबाट संवैधानिक अपराध’

कांग्रेस महाधिवेशन फागुनमा सम्भव छैनः महामन्त्री डा कोइराला

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ : डा कोइराला

Discussion about this post

अन‌ि यो पनि

लागूऔषधले चितवन आक्रान्त : प्रदेश प्रहरी प्रमुख
प्रमुख समाचार

लागूऔषधले चितवन आक्रान्त : प्रदेश प्रहरी प्रमुख

भरतपुर । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले चितवन जिल्ला लागूऔषधले बढी आक्रान्त बनेको बताएका छन् ।...

Read more
जग्गा बेचेर सिद्धि छात्रावास खाद्यान्न अभाव हुँदा सताउँछ : सञ्चालक

जग्गा बेचेर सिद्धि छात्रावास खाद्यान्न अभाव हुँदा सताउँछ : सञ्चालक

चितवनमा बर्ड फ्लुसम्बन्धमा उच्च सतर्कता

चितवनमा बर्ड फ्लुसम्बन्धमा उच्च सतर्कता

जर्मनीको एक संस्थाले प्राविधिक शिक्षालयलाई सहयोग

जर्मनीको एक संस्थाले प्राविधिक शिक्षालयलाई सहयोग

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश

संसद् विघटन मुद्दाको अर्को सुनुवाइ सोमबार हुने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In