रत्ननगर । संविधानसभाको निर्वाचन हुन एक सातामात्रै बाँकी रहँदा मधेसी जनअधिकार फोरम नेपाल चितवन क्षेत्र २ ले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै मतदाताको भावना बुझ्न थालेको छ ।
चुनावी अभियानअन्तर्गत आफ्नो क्षेत्रका जनजाति, आदिवासी, मुस्लिमलगायतसँग साक्षात्कार गर्दै क्षेत्र २ का उम्मेदवार मनोजकुमार पोखरेल, पूर्वजिल्ला अध्यक्ष अजय निरालालगायत सयौँ कार्यकर्ताहरु घरदैलो र प्रचारप्रसारमा होमिएका छन् । बिहानैदेखि मोटरसाइकल ¥याली तथा विभिन्न क्षेत्रमा कोणसभा आयोजना गरी स्थानीय बासिन्दाको दुःख, सुखको साथी बनेका पोखरेललाई ‘हातले समातेको मसाल’ चुनाव चिन्हमा मतदान गर्न अनुरोध गरिएको थियो ।
घरदैलो अभियानका क्रममा रत्ननगरको चित्रसारी, निपनी, भानुचोक, जमुनापुर, जिरौना, खोलेसिमल, जगमंगला, माधवपुर, हात्तीगौडा, पिठुवा, शान्तिचोकलगायतका मतदातासँग ठूला दलले संविधानसभामा गएर संविधान बनाउन नसकी असफल भइसकेकोले साना दलका उम्मेदवारलाई सद्भाव देखाउन पोखरेलले आह्वान गरे । कोणसभामा उम्मेदवार पोखरेलले यस क्षेत्रका दलित, जनजाति, पिछडा वर्ग, आदिवासी, मुस्लिम, महिला तथा अपाङको समस्या समाधानमा लागिपर्ने बताए ।
Discussion about this post