विकास कोइरालाको घरदैलो जारी

अन‌ि यो पनि

भरतपुर । संविधानसभा निर्वाचन चितवन क्षेत्र ४ का स्वतन्त्र उम्मेदवार विकास कोइरालाले घरदैलो अभियानलाई जारी राखेका छन् । प्रचार–प्रसार अभियानअन्तर्गत पश्चिम चितवनको शिवनगर, पटिहानीलगायतका विभिन्न स्थानहरुमा घरदैलो कार्यक्रम गरिएको हो । घरदैलो कार्यक्रम गर्नुअघि शिवनगरबाट क्षेत्र ४ का विभिन्न स्थानहरुमा मोटरसाइकल ¥याली निकालिएको थियो । मोटरसाइकल ¥याली विभिन्न स्थानको परिक्रममापछि पुनः शिवनगर पुगी कोणसभामा परिणत भएको थियो ।
कोणसभा स्वतन्त्र उम्मेदवार कोइरालाले आफूलाई जिताए पश्चिम चितवनको विकास पहिलो प्राथमिकतामा रहेको बताए । उनले विगतमा जितेका पार्टीले केही पनि नगरेको भन्दै यसपटक सबैको साझा उम्मेदवार आफूलाई जिताउन आग्रह गरे । उम्मेदवार कोइरालाले पार्टीको व्यक्ति हु“दा सबैको साझा हुन नपाउने भन्दै अहिले भने आफू स्वतन्त्र भएकाले सबैको साझा भएको बताए । उनले आफू युवा र समाज परिवर्तनको लागि उम्मेदवारी दिएको बताए ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया