ADVERTISEMENT
१५ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१५ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

निर्वाचन अवधिमा आपूर्ति सहज हुने

by चितवन पोष्ट
२०७० कार्तिक २७, बुधबार ०४:०९ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । सरकारले आगामी संविधानसभाको निर्वाचन अवधिमा दैनिक उपभोग्य वस्तु तथा आपूर्ति व्यवस्थालाई सहज बनाउने भएको छ । निर्वाचनका बेला हुन सक्ने बन्द, हडताल तथा व्यवसायीबाट हुने कालोबजारी, घुसखोरी लगायतका क्रियाकलापलाई नियन्त्रण र नियमन गर्न सरकारले विशेष सतर्कता अपनाउने भएको हो ।
निर्वाचन बहिष्कारको पक्षमा रहेको ३३ दलीय मोर्चाद्वारा गरिएको बन्दले आपूर्तिमा कुनै समस्या नहुने भए पनि कालाबजारीको चलखेल बढेको भन्दै सरकारले त्यसलाई तत्काल कानुनी दायरामा ल्याउन पहल सुरु गरेको छ । सरकारले निर्वाचनलाई लक्षित गरेर खाद्यान्य, पेट्रोलियम पदार्थ, चिनी, नुन, खाने तेल लगायतका अत्यावश्यक उपभोग्य वस्तुको भण्डारण–सञ्चिति गरिसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बास्कोटाले जानकारी दिए ।
उनका अनुसार अहिले पेट्रोलियम पदार्थ १९ हजार किलोमिटर मौज्दात गरिएको छ, खाना पकाउने ग्यास, हवाई इन्धनको पनि मौज्दात बढाइएको छ । सचिव बास्कोटाले निर्वाचनलाई ध्यानमा राखेर सरकारले भारतबाट पेट्रोलियम पदार्थको आयातमा झन्डै दोब्बर बढाएको जानकारी दिए । अहिले काठमाडौँमा खाने तेल साढे दुई महिनाका लागि मौज्दात गरिएको छ । खाद्य संस्थानसँग एक लाख ५० हजार क्विन्टल चामल स्टक छ ।
“निर्वाचनका बेला कुनै पनि उपभोग्य वस्तुको समस्या हँुदैन, खाद्यान्य, पेट्रोलियम पदार्थको भण्डारणलाई बढाइएको छ । दैनिक उपभोग्य अत्यावश्यक वस्तुको आपूर्ति ढुवानीलाई नियमित र सहज बनाउन सरकारले कुनै कसुर बाँकी राख्दैन”–सचिव बास्कोटाले भने । निजी क्षेत्रसँग परामर्श गर्दा चामल, दाल, गेडागुडीलगायतका अत्यावश्यक दैनिक उपभोग्य वस्तु मङ्सिरसम्मलाई पर्याप्त रहेको पाइएको उनले बताए ।
यसैगरी हरियो तरकारी तथा कुखुराको मासु र अण्डामा कृत्रिम मूल्यवृद्धि भएकामा त्यस्ता व्यवसायी र कालोबजारी गर्नेको गोदाममा छापा मारी तुरुन्त कालोबजारी ऐनअन्तर्गत मुद्दा चलाउन काठमाडौँ जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको उनले जानकारी दिए । यसैबीच वाणिज्य मन्त्रालय र वाणिज्य विभागलाई एकीकृत बजार अनुगमनलाई तीव्रता दिन पनि सरकारले निर्देशन दिइएको छ । बन्दको बहाना र नजिकिँदो निर्वाचनका बेला हुनसक्ने कालोबजारी नियन्त्रण गर्न सबै संयन्त्र परिचालन गरिनेछ । साल्ट ट्रेडिङ कर्पोरेशनमा अहिले २० हजार टन चिनी मौज्दात छ भने नुन ८० हजार टन मौज्दात रहेको जनाइएको छ । रासस

Related Posts

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

संरक्षक नै गुमाएपछि…

संरक्षक नै गुमाएपछि…

पुनको ४७औँ जन्मोत्सवमा आर्थिक सहयोग

पुनको ४७औँ जन्मोत्सवमा आर्थिक सहयोग

Discussion about this post

अन‌ि यो पनि

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग
राजनीति

कांग्रेसद्वारा सिंहका हत्यारालाई कारबाहीको माग

काठमाडौँ । नेपाली कांग्रेसले बझाङको छविसपाथिभेरा गाउँपालिका–३ का नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहलाई नेपाल कम्युनिस्ट पार्टी...

Read more
चितवनमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

चितवनमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

विश्वभर कोरोना सङ्क्रमितको संख्या दस करोड नाघ्यो

विश्वभर कोरोना सङ्क्रमितको संख्या दस करोड नाघ्यो

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप : प्रधानमन्त्री

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप : प्रधानमन्त्री

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In