ADVERTISEMENT
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

त्रासमा यातायात व्यवसायी

by चितवन पोष्ट
२०७० कार्तिक २६, मंगलवार ०२:२५ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नेकपा–माओवादीसहितका ३३ दलले आह्वान् गरेको आमहड्ताल अवज्ञा गरी यातायात व्यवसायी तथा मजदुर युनियनले मुलुकभर यातायात सुचारू गर्ने निर्णय गरे पनि व्यवसायीहरुले त्रासका कारण यातायातका साधन निर्बाध रुपमा चलाउन सकेनन् । सरकारले पर्याप्त सुरक्षा र उचित क्षतिपूर्ति दिने प्रत्याभूति गरे पनि व्यवसायीहरु निश्चिन्त हुन सकेनन् । सरकारले पटकपटक लामो दूरी तथा आवश्यक पर्ने स्थानमा प्रहरीले स्कर्टिङलगायत सुरक्षाको बन्दोबस्त गर्ने प्रतिबद्धता जनाइसकेको छ । मन्त्रिपरिषद्ले यातायात सञ्चालन, सुरक्षा र क्षतिपूर्तिसम्बन्धी कार्यविधि पारित गरिसकेको छ । तर, यातायात व्यवसायी ढुक्क हुन सकेका छैनन् । यसअघि व्यवसायीहरुले यातायातका साधन निर्बाध सञ्चालन गर्ने र बन्दको प्रतिवाद गरी सफलतापूर्वक संविधानसभाको चुनाव सफल पार्ने प्रतिबद्धता जनाएका थिए । नेपाल यातायात मजदुर संघले पनि संविधानसभाको चुनाव राष्ट्रिय पर्व भएकाले यसलाई सफलतापूर्वक सफल बनाउन सबै मजदुर युनियन सहमत भइसकेको जनाएको थियो । तर, व्यवसायी  भने जोखिम मोलेर सवारीसाधन चलाउन मानसिक रुपमा तयार हुन सकेनन् ।
आमहड्तालले आमजनजीवन अस्तव्यस्त बनिरहेको देखिन्छ । सरकारले संविधानसभा चुनावका लागि सबै तयारी पूरा गरिसकेको छ । मुलुक नै चुनावमय बनिरहेको अवस्थामा हड्तालस्वरुप बन्द गरिँदा सर्वत्र आलोचना बढिरहेको पाइन्छ । बन्दकर्ता सार्वजनिक सवारीसाधनमा आगजनी र तोडफोडमा उत्रिरहेको अवस्था छ । हड्तालका क्रममा ग्यारेजमा रोकिराखेका सवारीसाधनमा समेत तोडफोड र आगजनी गरिएपछि यातायात व्यवसायी थप आतंकित बनेका छन् । सरकारले सुरक्षा व्यवस्थाका लागि कुनै कसर बाँकी नराखे पनि यातायात व्यवसायीहरुले अनावश्यक जोखिम मोल्न र आमहड्तालको प्रतिकार गर्ने साहस जुटाउन सकेका छैनन् । गृह मन्त्रालयले यातायात सञ्चालनलाई व्यवस्थित गर्न र सुरक्षा व्यवस्था मिलाउन सबै मन्त्रालय तथा सरोकारवाला निकायलाई निर्देशन दिएको छ । प्रहरीले सवारी गस्ती र पेट्रोलिङ गरिरहेको देखिन्छ, तर विगतका घटना र सम्भावित जोखिमलाई मध्यनजर गरी व्यवसायीहरु भने पूर्ण रुपमा यातायात सञ्चालन गर्न तयार देखिएका छ्रैनन् ।
नेपालमा बन्द संस्कृतिको अन्त्यका लागि सरकारी तथा निजी क्षेत्रका सबै संघसंस्था चिन्तित भएका छन् । पटकपटकको बन्द र आमहड्तालले मुलुक अस्तव्यस्त भइसकेको छ भने आमजनता आजित भइसकेका छन् । यसअघिका कतिपय आमहड्तालहरुमा आमजनताले स्वःस्फूर्त प्रतिकार गरी बन्दजस्ता अवाञ्छित क्रियाकलापविरूद्ध कडा प्रतिवाद गरेका थिए । अपराधका रुपमा मौलाउँदै गएको बन्दविरूद्ध अन्तर्राष्ट्रिय समुदायले समेत चर्को विरोध गरिरहेका छन् । अहिले अत्यावश्यक दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने सवारीसाधनसमेत निर्बाध चल्न नसक्दा जनताले सास्ती पाइरहेका छन् । बन्दले आमनेपालीमा निराशाबाहेक अरु केही प्रभाव पार्न सकेको छ्रैन । संविधानसभाको चुनावको माहोलले केही हदसम्म आशा जगाएको स्थितिमा चुनाव बहिष्कार गर्ने समूहको बन्दले थप आतंकित बनाएको छ । यस्तो अवस्थामा जनताले प्रतिरोध गर्ने र झडपको स्थितिसमेत आउन सक्ने स्थिति विद्यमान देखिएको छ । जनताको मनमा त्रास र आतंक सिर्जना गराएर कुनै पनि राजनीतिक उपलब्धि हासिल हुन सक्दैन । यस्ता गतिविधिले आमजनताबीच आलोचित मात्र बनाउँछ भन्ने कुरा आयोजक दलहरुले मनन् गर्नुपर्छ ।

Related Posts

Chitwan Post

देशमा स्वास्थ्य सेवाको अवस्था

Chitwan Post

राजनीतिक चरित्रको खाँचो

Chitwan Post

सत्ता समीकरणको चलखेल

Discussion about this post

अन‌ि यो पनि

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार
अर्थ

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार

खैरहनी । चितवनको नारायणगढबाट सेवा प्रदान गर्दै आइरहेको फेसबुक कम्प्युटर सप्लायर्सले जिल्लाको पर्सामा शाखा विस्तार गरेको छ । दोस्रो शाखाको...

Read more
निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

Chitwan Post

डोजरले फालेको माटाले पुरेर मृत्यु

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

आहार र बासस्थान अभावले गैँडा भारत जाने जोखिम

निकुञ्जका गैँडा बासस्थान खोज्दै पश्चिमतर्फ

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In