ADVERTISEMENT
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

एमाओवादीलाई पुरानो साख जोगाउन हम्मे

by चितवन पोष्ट
२०७० कार्तिक २६, मंगलवार ०२:२४ गते
in राजनीति
0
0
SHARES
Share on FacebookShare on Twitter

दिपेन्द्र अधिकारी
भरतपुर । अघिल्लो चुनावमा तत्कालिन माओवादीको नारा थियो, ‘अरुलाई हे¥यौं पटकपटक माओवादीलाई हेरौं एकपटक ।’ यो नाराबाट प्रभावित भई गोलाकार भित्रको हँसिया हतौडामा भोट हाल्ने धेरै भेटिए ।
ठूलो पार्टी बनाएर एक पटक हेरेका नेपाली जनताले उसलाई दोस्रो पटक भने कसरी हेर्ने हुन त्यो आगामी चुनावी परिणामले देखाउँछ । देशलाई अग्रगामी छलाङ मारेर अघि बढाउने माओवादीको सपना यसपटक पनि पूरा नहुने देखिन्छ ।
‘हामीलाई बहुमत दिनुप¥यो, परिवर्तन गरेर देखाइदिन्छौं, केही दिनअघि भरतपुरमा भएको जागरणसभामा प्रचण्डले पुनः एकपटक जनतासामु भोटका लागि आग्रह गरेका छन् । फेरि एकपटक जिताइदिन भनेका प्रचण्ड र बाबुराम भट्टराईको सरकार भने जनताले २ पटक हेर्ने मौका पाए ।
अघिल्लो संविधानसभा चुनावमा कुल ५ निर्वाचन क्षेत्रमध्ये ४ क्षेत्रमा विजयी बनेको एमाओवादीलाई यसपटक भने पुरानो साख जोगाउनै हम्मे परेको छ । चितवनमा एमाओवादीको अवस्था कमजोर बन्नुमा दर्जनांै कारणहरु देखिएका छन् ।
सशस्त्र युद्धमासँगै देखिएको मोर्चामा फाटो आउनु र जसको ठूलो प्रभाव चितवनमा देखिनुले एमाओवादीलाई चितवनमा निकै अप्ठेरो परेको छ । चितवनमा प्रचण्ड र वैद्यपक्ष दुवै बलियो स्थितिमा छन्, जसको प्रमाण बराबर हक खोजेपछि कृष्णपुरस्थित पार्टी कार्यालय दुवै छोड्ने सहमति बनेको थियो ।
एमाओवादीका चलायमान नेता कार्यकर्ता वैद्य पक्षमा होमिएपछि चितवनमा उसको संगठन भत्किएकोमा कसैको दुई मत छैन । जातीयताको नारा दिएर अघि बढेका एमाओवादी यसपटक भने यस विषयमा खुलेर आउन सकेको छैन ।
त्यतिमात्रै नभएर जिल्लाका विभिन्न स्थानबाट एमाओवादीमा गएकाहरु पुनः आफ्नै घर (एमाले र काँग्रेसमै) फर्किन थालेपछि उसलाई झनै अप्ठेरो भएको छ । ०६४ अघिका चुनावमा जितेर गाउँ नफर्किएको भनी काँगे्रस एमालेमाथि लाग्ने गरेको आरोप अहिले एमाओवादी उम्मेदवारमाथि यदाकदा लागेको छ । जसले गर्दा चितवन क्षेत्र नम्बर ३, ४  र ५ बाट पुनः उम्मेदवार बनेका पूर्वसभासदहरुलाई जनतासामु आरोप खण्डन गर्न ग्राहो भएको छ ।
चण्डीभञ्ज्याङ गाविसका एक चेपाङ युवाले भने, ‘आखिरमा जितेपछि गाउँ नफर्कने रोगले माओवादी उम्मेदवारलाई पनि समातेछ ।’ क्षेत्र नम्बर १ र २ मा भने नयाँ व्यक्तिलाई उम्मेदवार बनाएकाले आरोपबाट यस क्षेत्रका एमाओवादी उम्मेदवारलाई मुक्ति मिलेको छ । उनीहरुको जित्न संभावना पनि देखिन्छ ।
त्यस्तै, आफूले जितेर गएपछि आफ्ना क्षेत्रका स्थानीय मुद्दामा खासै चासो नदिनुु, केन्द्रीय राजनीतिमा बढी समय खर्चनु, विकास निर्माणका सवालमा योजनाहरु पार्न नसक्नु पनि एमाओवादीका कमजोरी देखिए । उल्लेखित कुराहरुको हिसाबकिताब जनताले खोजपछि एमाओवादी पुराना विजयी भएको सभासद्लाई भने जनताको जवाफ दिन गाह्रो भएको छ ।
प्रतिस्पर्धी उम्मेदवार दरिलो हुनाले पनि एमाओवादीलाई चुनाव जित्न सजिलो भने छैन । क्षेत्र १ मा एमालेका पोलिटव्यूरो सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे छन् । अर्थमन्त्री रहँदा चितवन र चितवनमा पनि क्षेत्र १ मा धेरै योजना ल्याउन सफल बनेका उनका लागि स्थानीयको राम्रो साथ मिलेको एमाले समर्थकहरु दावी गर्छन् ।
प्रतिस्पर्धामा काँगे्रसका राजेन्द्र बुर्लाकोटी र एमाओवादीका इन्द्रबहादुर परियार इन्द्रजित देखिएपनि पाण्डेले नै यस क्षेत्रमा चुनाव जित्ने धेरैको अनुमान छ । एमाले सो क्षेत्रलाई आफ्नो पकड भनेको छ । एमाओवादी र कांग्रेस पनि आफ्नो पार्टीले जित्ने दावी गरेका छन् ।
क्षेत्र नम्बर २ मा एमाओवादीका विश्वभक्त दुलाल आहुती, नेपाली काँग्रेसका शेषनाथ अधिकारी र नेकपा एमालेका कृष्ण खनालबीच कडा प्रतिस्पर्धा छ । अघिल्लो चुनावमा भारी मतले विजयी बनेका एमाओवादी नेता रामबहादुर थापा बादल अहिले वैद्य कित्तामा छन् ।
बादलको अनुपस्थिति, काँग्रेस र एमाले उम्मेदवार स्थानीय हुनु, क्षेत्र नम्बर २ मा रहेको शक्तिखोर शिविर हट्नु एमाओवादीका लागि अर्को चुनौती बनेको छ । यद्यपी एमाओवादीका उम्मेदवार आहुतीको राम्रो छवी भएकाले बाजी उनले मार्न सक्ने अनुमान पनि छ ।
त्यस्तै क्षेत्र नम्बर तीनमा कांग्रेसभित्र खेलाडी नेताका रुपमा चिनिने भीमबहादुर श्रेष्ठ र एमालेले बौद्धिक नेता अधिवक्ता कृष्णभक्त पोखरेललाई उम्मेदवारको रुपमा अघि सारेपछि अघिल्लो चुनावमा विजयी बनेका नारायण दाहाललाई यसपटक निकै सकस बनेको छ । गाह्रो भए पनि दाहाल पनि कम छैनन् भन्नेहरु पनि छन् ।
क्षेत्र नम्बर ४ का एमाओवादी उम्मेदवार चित्रबहादुर श्रेष्ठ अहिले घरदैलोमा व्यस्त छन् । नेपाली काँग्रेसको पकड मानिएको यस क्षेत्रमा पुराना इतिहास जिवित राख्न कांग्रेसलाई आफ्ना केन्द्रीय सभापति नै यस क्षेत्रमा उभ्याएपछि यसक्षेत्रमा एमाओवादीको भविष्यबारे राष्ट्रिय रुपमै चर्चा हुन थालेको छ ।
कांग्रेस सभापति कोइरालाले चुनाव जित्ने प्रारम्भिक अनुमान गरिएपनि आफ्नै कार्यकर्ता विकास कोइरालाले स्वतन्त्र उम्मेदवारी दिएपछि चुनाव परिणाम कांग्रेसजनको पक्षमा नभए सुशीलको राजनीतिक भविष्य नै अन्यौलग्रस्त बन्ने देखिन्छ । एमाओवादी उम्मेदवार श्रेष्ठले यसअघि आफ्नो गल्ती भएको र एकपटक फेरि हेर्न अनुरोध गरेका छन् । एकपटक हेर्लान्, नहेर्लान् त्यो भने जनताको कुरा हो ।
उपप्रधानमन्त्री पद समेत खाएका एमाओवादी नेता अमिक शेरचन क्षेत्र नम्बर ५ को उम्मेदवार हुन् । बाँदरमुढे घटनाले चर्चित यस क्षेत्रमा प्रचण्डको ६० लाखको उधारो बचनले झनै माओवादी विरोधी जन्माएको छ । प्रतिस्पर्धीहरुका लागि बाँदुरमुढे घटना र ६० लाख रकम खोइ ? भनी माओवादीविरुद्ध प्रचार गर्न निकै सजिलो भएको छ ।
त्यति मात्रै नभई यस क्षेत्रबाट प्रतिस्पर्धी मानिएको नेकपा एमालेका दानबहादुर तामाङ वा राजनीतिको अन्तिम घडीमा फरक मोड लिएमा राप्रपाका उम्मेदवार विक्रम पाण्डेले पनि चुनावी परिणाम आफ्नो पक्षमा पार्न सक्ने विश्लेषकहरु बताउँछन् ।

Related Posts

‘संसद् पुनःस्थापना पहिलो प्राथमिकता’

‘संसद् पुनःस्थापना पहिलो प्राथमिकता’

Chitwan Post

राप्रपाका अगुवा कार्यकर्ता भेला नवलपुरमा

दुई हप्ताभित्र चितवनमा कोरोनाविरूद्ध खोप !

पूर्वी चितवनका दुई सय युवा समाजवादी पार्टीमा प्रवेश

Discussion about this post

अन‌ि यो पनि

आजदेखि खोप प्रदेशमा पठाइँदै
स्वास्थ्य

आजदेखि खोप प्रदेशमा पठाइँदै

काठमाडौँ, १० माघ । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको...

Read more
कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत स्थानीय तहबाटै

कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत स्थानीय तहबाटै

Chitwan Post

रामनगर नजिक अर्काे शंकास्पद बस्तु फेला

वाग्मतीबाट १० मेट्रिकटन फोहर व्यवस्थापन

वाग्मतीबाट १० मेट्रिकटन फोहर व्यवस्थापन

दुर्घटनाबाट मंसिरमा १३ जनाको मृत्यु : साँझको समयमा बढी दुर्घटना : ट्राफिक प्रहरी

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In