ADVERTISEMENT
९ माघ २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
९ माघ २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

फर्जी मतदाताविरूद्ध चनाखो बन्न एमालेको निर्देशन

by चितवन पोष्ट
२०७० कार्तिक २६, मंगलवार ०२:२० गते
in राजनीति
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नारायणगढ । नेकपा एमाले पोलिटव्यूरो सदस्य एवम् नारायणी अञ्चल इञ्चार्ज काशिनाथ अधिकारीले जिल्लाका कुनै पनि बुथमा फर्जी मत हाल्ने प्रयास गर्ने एमाओवादी र कांग्रेसको प्रयासलाई हरहालतमा चकनाचुर पार्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।
एमाले जिल्ला पार्टी कार्यालय चितवनमा निर्वाचन क्षेत्र ३ र ४ का प्रतिनिधिहरुलाई प्रशिक्षण दिदँै अधिकारीले फर्जी मत हाल्ने कांग्रेस र एमाओवादीको पुरानो बानी भएकोले यसपटक उनीहरुको सपनालाई धुलोमा मिलाउन कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ । ‘मतदान केन्द्रको सुरक्षा, मतदाताको सुरक्षा, व्यवस्थित मतदान प्रकृया, अशक्त र अपांगहरुलाई मतदान केन्द्रमा ल्याउने व्यवस्था सम्बन्धित क्षेत्रले मिलाउनुपर्छ’ उहाँले भन्नुभयो, ‘तर बुथभित्र फर्जी नाममा मतदानका लागि पुग्नेहरुलाई रोक्न प्रतिनिधिहरु चनाखो हुनुपर्छ’ ।
प्रशिक्षण कार्यक्रममा एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले  एमालेले बिगतमा मतदान केन्द्रको सुरक्षा गर्न, आफ्नो उपस्थिति देखाउन नसक्दा, माओवादीको डर र धम्कीमा पर्दा निर्वाचनमा पराजय भोगेका कुरालाई ख्याल गर्न भन्दै जनताको घरघरमा पुगेर मागेको मतको रक्षा गर्न कार्यकर्ता तथा प्रतिनिधिहरुलाई निर्देशन दिनुभयो ।
थपलियाले विगतमा माओवादीले मरेका मानिसको नाममा समेत मतदान गरेको स्मरण गर्दै वास्तविक मतदाता को हो होइन भन्ने बारेमा चनाखो बन्न प्रतिनिधिहरुलाई सचेत गराउनुभयो । प्रशिक्षण कार्यक्रममा एमाले केन्द्रीय सदस्य देवी ज्ञवाली, राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य विजय सुवेदी, जगन्नाथ भण्डारी, पार्टी सचिव तेजेन्द्रबहादुर खड्काले मतदान केन्द्रमा गर्नुपर्ने काम, प्रतिनिधिले निभाउनुपर्ने भूमिका, मतको सुरक्षालगायतका वारेमा प्रशिक्षण दिनुभएको थियो ।

Related Posts

सरकार असफल हुँदा व्यवस्थामै प्रश्न : देउवा

प्रदेश सरकारविरुद्धका प्रस्तावबारे छलफलमा जुट्यो कांग्रेस

Chitwan Post

राजपत्र इजलासमा पेश

व्यावसायिकता प्रहरीको पहिचान हो : मुख्यमन्त्री पौडेल

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश

Discussion about this post

अन‌ि यो पनि

कोरोना भाइरसबाट ३ करोड ७८ लाख संक्रमित, १० लाख ८२ हजार बढीको मृत्यु
प्रमुख समाचार

नेपालमा थपिए ३०२ जना नयाँ संक्रमित

चितवन ९ माघ । गत २४ घण्टामा ३०२ जना नयाँ संक्रमित थपिए पनि नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख...

Read more
अपराध अनुसन्धान तथा नियन्त्रणको लागि घुम्ती प्रशिक्षण

अपराध अनुसन्धान तथा नियन्त्रणको लागि घुम्ती प्रशिक्षण

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

भारतमा कोभिड–१९ को कारण मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघ्यो

अफगानिस्तानमा रहेका अमेरिकी सेना क्रिसिमस पहिले फर्किनुपर्छ : ट्रम्प

ट्रम्प विरुद्धको महाभियोग सुनुवाईमा ढिलाई गर्न रिपब्लिकनको आग्रह

Chitwan Post

पञ्चाङ्ग निर्णायक समिति गठन आदेश एकदशकपछि पारित

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In