कांग्रेसको घरदैलो र कोणसभा

अन‌ि यो पनि

रत्ननगर । संविधान सभाको निर्वाचन मुखमै आउँदै गर्दा नेपाली कांग्रेस क्षेत्र १ र २ चितवनले चुनाव प्रचारप्रसार अन्तर्गत घरदैलो कार्यक्रमलाई व्यापकता दिएको छ । प्रचारप्रसार अन्तर्गत आइतबार पनि क्षेत्र १ र २ ले विभिन्न गाविसका वडाहरुमा घरदैलो कार्यक्रम गरेको छ । क्षेत्र १ कांग्रसेले बछौली गाविसका १, २ र ३ वडामा घरदैलो तथा कोणसभा गरेको छ ।
क्षेत्र १ का उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीसहितको टोलीले बछौलीको वडा १ को बोद्रहनी, २ को सौराहा, लौखानी र ३ को मालपुर र सिसवारमा घरदैलो गरिएको प्रेस संयोजक श्यामसुन्दर गिरीले जानकारी दिनुभयो ।
घरदैलोपछि आयोजित कोणसभामा उम्मेदवार वुर्लाकोटीले नेपालको तेस्रो पर्यटकीय स्थानको रुपमा रहेको सौराहाको स्तरउन्नतीमा आफू लाग्ने बताए । त्यस्तै, नेपाली काँग्रेस क्षेत्र २ ले जुटपानीमा घरदैलो तथा कोण सभा सम्पन्न गरेको छ । करिव ६ सय नेता कार्यकर्ताको उपस्थितिमा गरिएको घरदैलोपछि वडा नम्वर ४ को क्लब चोकमा कोण सभा गरिएको थियो ।
सभामा क्षेत्र २ का उम्मेदवार शेषनाथ अधिकारीले जुटपानीका प्रत्येक वर्ष बाढीबाट प्रभावित हुनु परेको भन्दै यसको समाधानका लागि आफूले निर्वाचन जिते पनि हारे पनि पहल गर्ने बताउनुभयो ।
त्यस्तै नेपाली कांग्रेसले क्षेत्र ३ ले आइतबार पनि चुनावी अभियानलाई तीव्र पारेको छ । भरतपुर नगरपालिका २ वडा कमिटी संयोजक अशोक पोख्रेलको संयोजकत्वमा निस्किएको टोलीमा निर्वाचन क्षेत्र ३ का प्रत्यक्ष उम्मेदवार भीमबहादुर श्रेष्ठ, समानुपातिक उम्मेदवारहरु प्रमोदकुमार श्रेष्ठ,  सिर्जना अधिकारीलगायत बुद्धिजीवी, डाक्टर, प्राध्यापकलगायत त्यस क्षेत्रका सयांैको सहभागिता रहेको छ ।
त्यस्तै, क्षेत्र ४ ले भरतपुर ८ गौरीगञ्जमा आयोजना गरेको घरदैलो पछिको चुनावी सभामा कांग्रेस नेताहरुले एकीकृत नेकपा माओवादीले झुटो आश्वासन दिँदै हिँडेको र त्यसको भ्रममा नपर्न समेत आग्रह गरेका छन् । विधिको शासन, दिगो स्थायी¤व र देशमा लोकतान्त्रिक संविधानका लागि नेपाली कांग्रेस नै आवश्यक रहेको उनीहरुको भनाइ थियो ।
यस्तै, नेपाली कांग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङले नेपाली कांग्रेसले दोस्रो संविधान सभाको निर्वाचनमा २०५६ सालको नतिजालाई सदर गर्ने ठोकुवा गर्नुभयो । नेपाली कांग्रेस क्षेत्र ५ ले आफ्नो प्रचार प्रसार कार्यक्रम अन्तर्गत आइतबार आयोजित मोटरसाइकल ¥्यालीपछि आयोजित कोण सभालाई सम्वोधन गर्दै सभापति गुरुङले यस्तो बताउनु भएको हो ।
मेघौली गाउँ समितिले आयोजना गरेको मोटरसाइकल ¥यालीले मेघौलीको गौतमनगर, साझापुर, मगनी पर्शा, गोलाघाट, जितपुर बुद्धनगर धरमपुर हँुदै पुनः पर्शाढापमा आई कोण सभामा परिणत भएको थियो । कोणसभालाई सम्वोधन गर्दै क्षेत्र ५ की उम्मेदवार सविता वरालले आफूले त्यस क्षेत्रको समस्या पहिचान गरेको र समस्या समाधानका लागि पर्ने बताउनुभयो ।
नेपाली कांग्रेस शिवनगर २ का क्रियाशील सदस्य कृष्णप्रसाद घिमिरेको आइतबार परेको १३ औ दिनको पुण्यतिथिको अवसरमा शोकसभा सम्पन्न भएको  छ ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया