ADVERTISEMENT
८ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
८ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

दुर्घटना, भवितव्य वा लापरबाही ?

by चितवन पोष्ट
२०७३ फाल्गुन २, सोमबार ०९:४९ गते
in पाठक पत्र
0
0
SHARES
Share on FacebookShare on Twitter

— शिव अधिकारी  (गैँडाकोट)
नेपालमा दैनिकजसो दुर्घटनाका खबरहरु आइरहेका हुन्छन् । एक त, दुर्घटना आफैँमा हृदयविदारक हुन्छन्, साथै दिनहुँ धेरै नेपालीहरुले दुःखद दुर्घटनामा परी अकालमा आफ्नो प्राणको आहुति गर्न बाध्य छन् । कतै चालकको लापरबाही त कतै साँघुरा सडक, दुर्घटनाको कारण जेसुकै भए पनि जसले आफ्नो आफन्त, नातागोता, इष्टमित्र, छोराछोरी, श्रीमान्÷श्रीमती गुमाएको छ, त्यसको पीडा सदा जीवनभरि नै उनीहरुको मनमा परिरहेको हुन्छ । जसको काँधमा वृद्ध आमा, बुबा, श्रीमती र छोराछोरीहरुको भविष्यको जिम्मेवारी हुन सक्छ । ऊ त मरेर गयो, उसको परिवार पनि मरेतुल्य नै हुन्छ । जुन परिवारमा यी घटनाहरु घटेका छन्, उनीहरुको भयावह अवस्था हेर्दा पनि कहालीलाग्दो छ । एक त उनीहरु पीडामा हुन्छन्, त्यसमाथि थप पीडा दिने काम गर्छ यो घूसखोरी प्रशासनतन्त्र, पुलिस, कानुन अनि सरकारले । नेपालमा हुने अधिकांश सडक दुर्घटनामा कम उमेरमा सवारीचालक अनुमतिपत्र पाएका ट्यापे, झ्यापे र अत्यधिक मादक पदार्थ र लागूऔषध सेवन गरेर अनियन्त्रित ढंगले सवारी चलाउने युवा चालकहरुले गर्दा नै दुर्घटना दिनानुदिन बढ्दोक्रममा छ । मारे पनि के भो त ? भोलिपल्ट व्यवसायी आउँछन्, सेटिङ मिलाइहाल्छन् अनि पैसा पनि इन्सुरेन्स कम्पनीले तिर्ने हो, पुलिसलाई हल्का पैसा दिएपछि मुचुल्का नै बदलिन्छ । अनि, भोलि फेरि त्यो ड्राइभर निस्केर बाहिर गएर अर्को परिवारको दियो ननिभाउला भनेर कसरी मान्ने ?
नेपालमा सवारी दुर्घटना बढ्नुको प्रमुख कारण यही नै हो भने सहायक कारणहरु थोत्रा, चलाउँदा पूरै वातावरणलाई कालो बादलले ढाक्ने गरी धूवाँ आउने सवारीसाधनहरु, दशकौँदेखि स्तरोन्नति हुन नसकेका मिनी तालयुक्त खाल्डाखुल्डी भएका जर्जर सडक, सडकछेउमा बनाएका अव्यवस्थित भौतिक संरचनाहरु आदि इत्यादि छन् ।
दुर्घटना आफैँमा दुःखद घटना हो । पीडित परिवार आफैँ पीडामा हुन्छन् र ठूलो बज्रपात सहिरहेका हुन्छन् । अपत्यारिलो घटनाले ठूला उथलपुथल ल्याएको हुन्छ । यस्तो संवेदनशील घडीमा प्रशासन आफैँ सक्रिय भएर पीडितलाई क्षतिपूर्ति दिलाउनुको सट्टामा आफैँ व्यवसायीसँग मिलेर पैसाको चलखेलमा मुद्दालाई निरीह बनाइदिन्छन् । क्षतिपूर्ति रकमको लागि लासलाई बन्धक राखेर ढुंगामुढा र चक्काजाम ग¥यो भने केही छिटो राहत पाइएला, होइन भने चक्कर लगाउँदा लगाउँदा आफैँ थाकेर भयो चाहिएन भनेर पन्छिनबाहेक अरु कुनै विकल्प रहँदैन । आखिर कहिलेसम्म यो सिलसिला दोहोरिने ? के पीडित परिवारप्रति राज्यको कुनै दायित्व हुँदैन ?
हे सरकार ! यदि तिमीमा अलिकति पनि मानवीयता छ भने यस्तो कानुन लिएर आऊ जहाँ दुर्घटना गराउने चालकहरुले पनि सजाय पाऊन्, ताकि भविष्यमा फेरि अर्को दुर्घटना नहोस् । पीडित परिवारलाई क्षतिपूर्ति मात्र होइन शिक्षा, स्वास्थ्य र रोजगारको पनि व्यवस्था होस् । सडक चौडा एवम् गतिमापन मेसिन लगाएर दुर्घटना न्यूनीकरणतर्फ लागियोस् । होइन भने, दुर्घटनाले अझै विकराल र भयावह अवस्था ल्याउने निश्चित छ ।

Related Posts

Chitwan Post

नगर प्रहरी र फुटपाथ व्यवसायीबीच लुकामारी (सम्पादकलाई चिठी)

डा खतिवडा इफेक्टकर दाखिला गर्ने अन्तिम मिति असार ७, २०७७ साल

लकडाउन डायरी (पाठक मत)

Discussion about this post

अन‌ि यो पनि

ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने चालकबाट १६ लाख राजस्व संकलन
समाज

ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने चालकबाट १६ लाख राजस्व संकलन

चितवन । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनले चार महिनाको अवधिमा आफ्नो गल्ती ढाकछोप गर्न आर्थिक प्रलोभन देखाउने १५...

Read more
बस दुर्घटनामा दुई जनाको मृत्यु, १९ जना घाइते

बस दुर्घटनामा दुई जनाको मृत्यु, १९ जना घाइते

सत्तरी वर्षसम्म राजनीतिक अस्थिरता

सत्तरी वर्षसम्म राजनीतिक अस्थिरता

नेता तथा कार्यकर्ता सधैँ मालामाल, जनता सदैव कङ्गाल !

नेता तथा कार्यकर्ता सधैँ मालामाल, जनता सदैव कङ्गाल !

Chitwan Post

अस्वाभाविक मूल्य वृद्धि

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In