भरतपुर । राष्ट्रिय जनमोर्चा चितवनले संविधानसभाको निर्वाचनको प्रचारप्रसारको क्रममा गणतन्त्र संस्थागत गर्न, संघीयता खारेज गर्न, राष्ट्रियता बचाउनेलगायतका कार्यक्रम सम्पन्न गरेको छ ।
क्षेत्र १ को गडौली, भण्डारा, पिप्ले, खैरहनीलगायत विभिन्न ठाउँहरुमा उम्मेदवार भरत धरेललाई विजयी गराउन कोणसभा गरिएको थियो । सभामा दुर्गा घिमिरे, गंगा सापकोटा, सुरेन्द्र गुरुङ, सुजना तामाङ, सूर्य सुवेदी र प्रेम तामाङले बोलेका थिए । यस्तै, क्षेत्र नं. ३ मा ठिमुरा, रामनगर, जुगेडी, कुरिनटारलगायतका स्थानहरुमान घरदैलो कार्यक्रम तथा कोणसभा गरी उम्मेदवार मायाकुमारी शर्मालाई आफ्नो अमूल्य मत दिन कार्यकर्ताहरुले आग्रह गरेका थिए ।
सो सभामा भवानी शर्मा, दण्डपाणि पौडेल, विष्णु पौडेल, तारा रानाभाटलगायतले सम्बोधन गरेका थिए । यसैगरी क्षेत्र नं. ५ मा माडी, कल्याणपुर, लक्ष्मीपुर, गर्दि गाविसहरुमा घरदैलो कार्यक्रम गरी उम्मेदवार उमादेवी शर्मालाई विजयी गराउन कोणसभा आयोजना गरिएको थियो । सभामा मोहराज चालिसे, लोकनाथ शर्मा, अग्निधर शर्मा, राजु चालिसे, भगवती आचार्यलगायतले मन्तव्य राखेका थिए ।
Discussion about this post