ADVERTISEMENT
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

बन्द गर बन्द आतङ्क

by चितवन पोष्ट
२०७० कार्तिक २४, आईतवार ०५:३५ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

संविधानसभाको निर्वाचन जतिजति नजिकिँदै छ, त्यतित्यति अधिकांश नागरिकमा चासो र अभिरूचि जागेको पाइन्छ । तर, अहिले विडम्बना नै मान्नुपर्ने भएको छ कि केही राजनीतिक दलहरु निर्वाचन बहिष्कारको नाममा अहिलेदेखि नै विभिन्न बाधा, व्यवधान सिर्जना गरेर आत्मरतिमा रमाउने प्रयास गरिरहेका छन् । भोलि कार्तिक २५ गतेदेखि गर्ने भनिएको मंसिर ४ सम्मको लामो बन्द हड्ताल हुने भन्ने आयोजकहरुको प्रचारबाजीका कारण जनता अहिलेदेखि नै आतंक र भयको वातावरणमा बाँच्न बाध्य देखिएका छन् । निर्वाचनविरोधी यो कार्यले समग्रमा नेपाल र नेपाली जनताको हित हुन अवश्य पनि सक्नेछैन ।
कुनै पनि शासनप्रणालीमा आफ्नो हकको प्रयोग गर्दा अरुको अधिकारको ख्याल गर्ने गरिन्छ । यो एक स्थापित मान्यता, संस्कार र परिपाटी पनि हो । तर, नेपालमा भने विगत लामो समयदेखि यो प्रजातान्त्रिक संस्कारको विकास हुन सकेको पाइँदैन । संविधान लेख्नेजस्तो मह¤वपूर्ण निर्वाचनलाई समेत ठाडै उपेक्षा गरेर बहिष्कारवादी पक्षले के गर्न खोजेको हो भन्ने प्रश्न अहिले आमनागरिकले गरिरहेका छन् । लामो समयको कथित बन्दको कालो छायामुनि उभिएर मतदाताले मतदान गर्न सक्ने वातावरण अवश्य पनि सिर्जना हुन सक्तैन ।
ठूलो त्याग र बलिदानपश्चात् प्राप्त भएको गणतन्त्र यस्तै नकारात्मक चरित्रका कारण कतै धरापमा त पर्ने होइन भनेर आशंका पनि हुन थालेको छ । जुनसुकै असहमतिलाई पनि बन्द र हड्तालको माध्यमबाट यौटा समूहले आक्रोश पोखिरहँदा अर्को ठूलो पक्ष आतंकित र प्रताडित बन्नुपर्ने स्थिति अब सदाका लागि बन्द हुनुपर्छ ।
हिजो प्रचण्डको चितवन भ्रमण असफल पार्न असन्तुष्ट समूहले सार्वजनिक यातायातका साधनहरु चल्न दिएनन् । फलस्वरुप, आफ्नो दैनिक जीवन सञ्चालन गर्न गाडी चढ्नैपर्ने बाध्यतामा रहेका व्यक्तिहरु आफ्नो कामबाट वञ्चित हुन पुगे । यौटाको रिस अर्कोलाई पोख्ने यो गलत प्रवृत्ति भोलिदेखि नै अन्त्य हुनुपर्छ भन्ने हामी चाहन्छौँ ।
राजनीतिलाई मूल्य र मान्यताको आधारमा स्थापित गराउन सकियो भनेमात्र त्यसले जनविश्वास र आस्था प्राप्त गर्न सक्तछ । नेपालका राजनीतिकर्मीहरुले यो यथार्थलाई आत्मसात् गर्ने प्रयास नै गरेनन् । बन्द र हड्तालजस्ता आमजनतामा निराशा र नकारात्मक प्रभाव पार्ने कामलाई नै उनीहरु आफ्नो सफलता ठानिरहेका छन् । जिम्मेवार राजनीतिक दलहरुले भोलिदेखि हुने भनिएको बन्द फिर्ता लिएर विरोधका अन्य कार्यक्रमहरु सञ्चालन गरेमा त्यो स्वीकार्य हुन सक्नेछ । जसरी भए पनि यो लामो बन्द फिर्ता लिन हामी एक पटक फेरि आग्रह गर्दछौँ ।

Related Posts

Chitwan Post

राजनीतिक चरित्रको खाँचो

Chitwan Post

सत्ता समीकरणको चलखेल

Chitwan Post

सर्वोच्चको स्वागतयोग्य निर्णय

Discussion about this post

अन‌ि यो पनि

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री
स्वास्थ्य

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्त्वपूर्ण...

Read more
लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)

चन्द समूहको समस्या वार्ताद्वारा छिट्टै समाधान गर्छौं : प्रधानमन्त्री ओली

कामना सेवा विकास बैंकको डस्टविन वितरण

कामना सेवा विकास बैंकको डस्टविन वितरण

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In