ADVERTISEMENT
१८ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१८ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

देश परिवर्तन गर्ने मौका देऊ ः प्रचण्ड

by चितवन पोष्ट
२०७० कार्तिक २४, आईतवार ०५:३३ गते
in राजनीति
0
0
SHARES
Share on FacebookShare on Twitter

parchana 1भरतपुर । एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउनेमा आफू ढुक्क रहेको बताएका छन् । जनताले इतिहासमा जुनसुकै पार्टीलाई पनि परिवर्तनका लागि एउटा मौका दिने भएकाले अबको चुनावमा जनताले आफूहरुलाई देश परिवर्तनका लागि मौका दिने उनको भनाइ थियो ।
मेची–महाकाली अभियान लिएर देश दौडाहामा शनिबार चितवनको भरतपुर आएका एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले एमाओवादीको पक्षमा भोट हाल्न जनता आतुर रहेको बताए । कात्तिक २० गते मेचीको काँकडभिट्टाबाट अभियान थालेका एमाओवादी शनिबार बिहान मकवानपुरको हेटौंडाबाट सम्बोधन थालेर चितवन हुँदै शनिबार साँझ नवलपरासी पुगेको छ । सम्बोधनका क्रममा एमाओवादी नेताहरुले अभियानलाई आँधीको संज्ञा दिएका छन् ।
भरतपुरको केन्द्रीय बस टर्मिनल अगाडिको चौरमा आयोजित सभामा अध्यक्ष दाहालले देश दौडाहाको तेस्रो दिनमै माओवादीको पक्षमा जनलहर आएको दावी गरेका छन् । ‘मेचीबाट अभियान थाल्दा हामी हावा थियौँ अहिले गति तीव्र भएर आँधीको रुप लिइसकेको छ, अब एमाओवादीलाई कसैले पराजित गर्न सक्दैन’ उनले भने । आफूहरुको परिवर्तनका एक्लो शक्ति रहेको अध्यक्ष दाहालको दावी थियो ।
यसअघि पूर्वीचितवनको रत्ननगरमा आयोजित सभामा उनले एमाओवादीको नेतृत्वमा स्थिर सरकार बनेपछि मुलुक आर्थिक समृृद्धितर्फ उन्मुख हुने बताए । तीनवटा सभामा सम्बोधन गरेका माओवादी नेता डा. बाबुराम भट्टराईले संविधानसभा निर्वाचन २०७० आफूहरुले जसरी पनि जित्नुपर्छ ।
रत्ननगर र पर्सा बाजारमा पूर्व–पश्चिम राजमार्गको छेउमै आयोजना गरिएको सभाले यातायात आवगमन प्रभावित भएको थियो । पार्टीका उच्च तहका नेताहरु आउने भएपछि एनेकपा माओवादी कार्यकर्ता झण्डासहित चितवन र मकवानपुरको सीमाना पुगेका थिए ।
त्यस्तै, प्रचण्डले  शनिबार पूर्वीचितवनको पर्साचोक र रत्ननगरको टाँडीचोकमा पनि सम्बोधन गर्दै एमाओवादीले पाँच वर्षसम्म सरकार चलाउने वातावरण बने चमत्कारिक परिर्वतन ल्याउने दावी गरे ।
उनले १५ वर्षमा गरिबी अन्त्य, २० वर्षमा दक्षिण एसियामा नमुना देश र ४० वर्षमा विश्वकै धनी देश बन्ने दावी गर्नुभयो । हरेक परिवर्तनपछि परिवर्तन ल्याउने दलले सरकार चलाउने मौका पाएको इतिहास रहेको भन्दै अब सरकारको नेतृत्व एकीकृत नेकपा माओवादीले गर्न पाउनुपर्ने उनले बताए । ‘राष्ट्रको नेतृत्व गर्ने जिम्मेवारी दिनुहोस्’ उनले भने, ‘हामी मुलुकलाई संमृद्ध बनाउन चाहन्छौँ ।’
संविधानसभाको निर्वाचनलाई महाभारतको संज्ञा दिँदै प्रचण्डले यसलाई जुनसुकैै हालतमा जित्नैपर्ने बताए । ‘अहिलेको निर्वाचन महाभारतको लडाइँ हो,’ उनले भने, ‘संविधान सुनिश्चितताको लागि पनि यो लडाइँ एमाओवादीले जित्नैपर्छ ।’
संविधानसभा र गणतन्त्र माओवादीको एजेण्डा रहेको बताउँदै उनले दुबै एजेण्डालाई सार्थक बिन्दुमा पु¥याउन यसपटक जनताले एमाओवादीलाई दुई तिहाईसहितको बहुमत दिनुपर्नेमा जोड दिनुभयो । चुनाव बहिष्कार गरिरहेको नेकपा–माओवादीले बन्द गरेर एमाओवादीको चुनावी अभियानमा सहयोग गरेको प्रचण्डको भनाइ थियो ।
एकीकृत नेकपा माओवादीका अर्का नेता बाबुराम भट्टराईले एक वर्षभित्र संविधान जारी गरी मुलुकलाई समृद्धितर्फ लैजान एकीकृत नेकपा माओवादीलाई दुई तिहाई मत दिनुपर्ने बताए ।
मेची महाकाली अभियान अन्तर्गत पूर्वीचितवनको खैरहनी पर्सा बजारमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै भट्टराईले यसअघि पार्टीले बहुमत नपाएकाले संविधान जारी हुन नसकेको बताए । त्यस्तै प्रचण्डले तोकिएकै समयमा संविधानसभा निर्वाचन सम्पन्न गरी छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
त्यस्तै, एमाओवादी क्षेत्र नं २ नवलपरासीले कावासोतीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफूहरुले सुरु गरेको मेची–महाकाली जागरण अभियानको मूल उद्देश्य नै निर्वाचन सफल पार्नु हो भने । उनले काँग्रेस बुढो रुख र भित्र धोद्रो भइसकेको तथा एमाले पतनको बाटोमा रहेकाले मुलुकको भाग्य र भविष्य निर्माणका लागि एमाओवादीलाई दुईतिहाई बहुमत दिनुपर्ने बताए ।

Related Posts

तपाईंको सबैभन्दा ठूलो क्षमता !

‘माडीको विकासमा कमी हुन दिन्नौँ’

प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख सापकोटा

‘दलहरुबीच समझदारी हुन्छ’

प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख सापकोटा

दलहरुबीच समझदारी हुन्छ : सभामुख सापकोटा

Discussion about this post

अन‌ि यो पनि

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार
अर्थ

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार

खैरहनी । चितवनको नारायणगढबाट सेवा प्रदान गर्दै आइरहेको फेसबुक कम्प्युटर सप्लायर्सले जिल्लाको पर्सामा शाखा विस्तार गरेको छ । दोस्रो शाखाको...

Read more
निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

Chitwan Post

डोजरले फालेको माटाले पुरेर मृत्यु

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

आहार र बासस्थान अभावले गैँडा भारत जाने जोखिम

निकुञ्जका गैँडा बासस्थान खोज्दै पश्चिमतर्फ

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In