ओझेलमा छन् साना दलहरु

अन‌ि यो पनि

भरतपुर । दोस्रो पटक हुन लागेको संविधानसभा सदस्य पदको निर्वाचनमा चितवनमा प्रत्यक्षतर्फ ३२ दलले आफ्ना उम्मेद्वारहरुलाई मैदानमा उतारेका छन् । तर राष्ट्रिय राजनीतिमा मुख्य दल भनेर चिनिएका एकीकृत नेकपा
(माओवादी), नेपाली कांग्रेस र नेकपा (एमाले) को मात्रै धेरै चर्चा छ ।
पाँच निर्वाचन क्षेत्र रहेको चितवनमा क्षेत्र ५ मा मुख्य दलसँगै प्रतिस्पर्धीका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार विक्रम पाण्डेको नाम आउने गरेको छ । अन्य निर्वाचन क्षेत्रमा जित्न सक्ने उम्मेद्वारको कुरा गर्दा तीन दलका उम्मेद्वारको मात्रै नाम आउने गरेको छ ।
संघीयताको विरोधमा मत राख्दै आएको राष्ट्रिय जनमोर्चा, संवैधानिक राजतन्त्रसहित हिन्दू राज्यको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालजस्ता फरक धारका दलदेखि क्षेत्रीय र जातीय मुद्दा उठाउने नयाँ पुराना दलबाट चितवनमा उम्मेद्वारी परेको छ, तर यस्ता दलको चर्चा नगन्य छ ।
माओवादी, कांग्रेस र एमालेबाहेक चितवनका पाँचै निर्वाचन क्षेत्रमा उम्मेद्वार उठाउने दलहरुको संख्या १० रहेको छ । नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, जनमोर्चा नेपाल र राष्ट्रिय जनमोर्चाले पाँचै क्षेत्रमा उम्मेद्वारी दिएका छन् ।
त्यस्तै पाँचै क्षेत्रमा उम्मेद्वारी दिनेमा नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टी, मधेसी जनअधिकार फोरम नेपाल, नेकपा (माले) र अखण्ड नेपाल पार्टी रहेका छन् । सद्भावना पार्टी, राष्ट्रिय स्वाभिमान पार्टी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले चार क्षेत्रमा उम्मेद्वारी दिएका छन् ।
त्यस्तै संघीय गणतान्त्रिक समाजवादी पार्टी नेपाल, सोसल रिपब्लिकन र जनजागरण पार्टी नेपालले तीनवटा क्षेत्रमा उम्मेद्वारी दिएका छन् । संघीय समाजवादी पार्टी नेपाल, राष्ट्रिय शिव सेना पार्टी, संघीय सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी युनाइटेडले दुई क्षेत्रमा मात्रै उम्मेद्वार उठाएका छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले पनि क्षेत्र नं. १ र ५ गरेर दुई क्षेत्रमा मात्रै उम्मेद्वार उठाएको छ । तराई मधेस लोकतान्त्रिक पार्टी, नेपाल आमा पार्टी, जनता पार्टी नेपाल, नेपाल राष्ट्रिय विकास पार्टी र नेपाल कम्युनिष्ट पार्टीका एक क्षेत्रमा मात्रै उम्मेद्वार छन् ।
संयुक्त राष्ट्रवादी मोर्चा नेपाल, शिव सेना नेपाल र नेपाल प्रजातान्त्रिक प्रगतिशील पार्टी पनि एक÷एकजना उम्मेद्वार लिएर मैदानमा छन् । उम्मेद्वारी दिएका धेरै उम्मेद्वारको पार्टीको नाम र उम्मेद्वार नै जिल्लाका मतदाताले सुन्न देख्न पाएका छैनन् ।
साना भनिने दलहरु नेकपा (माले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वारहरुले मात्रै अघिल्लो निर्वाचनमा हजारभन्दा माथि मत ल्याएका थिए । चार क्षेत्रमा उम्मेद्वारी दिएको राष्ट्रिय जनमोर्चा र तीन क्षेत्रमा उठाएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले एक क्षेत्रमा मात्रै मत संख्या सय नघाएका थिए ।
संघीयता विरोधी विचार बोकेको हुनाले राष्ट्रिय जनमोर्चा र संवैधानिक राजतन्त्रसहितको हिन्दू राज्यको वकालत गरेको हुनाले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मत संख्यामा प्रभाव पर्न सक्ने आंकलन छ, तर मतदानको मिति नजिकिँदा समेत आफ्नो पक्षमा माहोल बनाउन यी दलले सकेका छैनन् ।
जातीय पहिचानसहितको राज्य मागेको संघीय समाजवादी पार्टी नेपाल र जातीय राज्यका विरूद्ध मत राख्ने अखण्ड नेपाल पार्टी र राष्ट्रिय स्वाभिमान पार्टी नेपालजस्ता नयाँ दलले के कति मत ल्याउलान् भन्ने उत्सुकता छ । मधेसी दलको उपस्थिति बढेको छ । मत बढ्ला नबढ्ला ? जिज्ञासा सबैमा छ ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिक मधेसी दलहरुमा केही अगाडि देखिन्छ । कांग्रेसको राजनीति गरेका टिकेन्द्र चौधरीलाई क्षेत्र १ र ललित चौधरीलाई क्षेत्र ५ मा उम्मेद्वार बनाएर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले पनि क्षेत्रगत रुपमा केही तरङ्ग ल्याएको छ ।
चितवनको आदिवासी भइकन पनि राजनीतिमा ओझेलमा पारिएको चेपाङ समुदायबाट दुईजनालाई उम्मेद्वार बनाएर जनजागरण पार्टी नेपालले चेपाङ समुदायमा आफूलाई पु¥याएको छ । जनमुक्ति पार्टी र नेपाल मजदुर किसान पार्टी पनि अवस्था सुधार्ने योजनामा छ ।
राष्ट्रिय राजनीति र चर्चाको केन्द्रमा रहने ठूला भनिने तीन दलमध्येका एकले निर्वाचन जित्दा अन्य दलहरुको मत कति आउँला भन्ने जिज्ञासा जिल्लावासीमा रहनु स्वभाविकै हो, तर उम्मेद्वारी दिएका नयाँ पुराना साना दलहरु मतदातामाझ अझै राम्ररी भिज्नै सकेका छैनन् ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया