नारायणगढ । छठअन्तर्गत शनिबार चौथो दिन व्रतालुले बिहानीपख उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरेका छन् ।
मूलविधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पर्व समापन गरिने परम्परा छ । सप्तमीका दिन व्रतालुले बिहानीपख उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरेपछि प्रसाद ग्रहण गरी आफ्नो उपवास तोड्छन् जसलाई ‘पारन’ भनिन्छ । नारायणी नदीमा सूर्यलाई अर्घ दिएर छठको समापन गरियो ।
परिवारमा सुखशान्ति, कल्याण, रोगबाट मुक्ति र मनले चिताएको इच्छा पूरा होस् भन्ने कामनासहित यो पर्व मनाइने परम्परा छ ।
Discussion about this post