प्रशासनले सुरक्षा शक्ति बढाउने

अन‌ि यो पनि

भरतपुर । मंसीर ४ गते हुने संविधानसभाको अर्को चुनावलाई ध्यानमा राखी जिल्ला प्रशासनले थप सुरक्षा शक्ति बढाउने भएको छ । चुनावको मिति नजिकिँदै गर्दा जिल्लामा चुनाव विरोधी गतिविधि बढ्न थालेपछि प्रशासनले थप सुरक्षा शक्ति परिचालन गर्ने निर्णय गरेको छ । राज्यका सबै अंग चुनावमा परिचालन गर्ने यसअघि नै सरकारबाट निर्णय भइसकेको अवस्थामा चितवनमा भने जिल्लाका अति संवेदनशील क्षेत्र हेरी थप सुरक्षा शक्ति बढाउन लागिएको प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले बताए । अति संवेदनशील क्षेत्रको संख्या र स्थानबारे केही नबोलेका प्रजिअ शर्माले भने,‘स्थान र क्षेत्र सार्वजनिक गर्दैनौँ तर संवेदनशील भनिएका ठाउँमा सेना अनिवार्य परिचालन हुन्छ ।’ शुक्रबार जिविस हलमा भएको छलफल कार्यक्रममा बोल्दै योजना आयोगका सचिव युवराज भुषालले भने,‘चुनाव जसरी पनि हुने भएकाले आम जनतालाई ढुक्क भएर मतदान गर्न आह्वान् गरिन्छ ।’ छलफल कार्यक्रममा बोल्दै एमाओवादी चितवनका इन्चार्ज अविनाशले सुरक्षा
आवश्यकताअनुसार प्रत्याभूत हुन नसकेको बताए । त्यस्तै काँग्रेस जिल्ला सचिव जीतनारायण श्रेष्ठले गाउँमा सुरक्षाको महसुस गर्न नसकिएको वताए । एमाले अध्यक्ष जेएन थपलियाले मतदान केन्द्रमा एकै पार्टीमा आस्था राख्ने कर्मचारी खटाउन नहुने बताए ।

प्रतिकृया

मुख्य समाचार

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउनेलाई एक सय डलर दिइने

वासिङ्टन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया