भरतपुर । चुनाव लक्षित गरी बहिष्कारबादी दलहरुले गर्ने आमहड्ताल र बन्दकासमयमा आफूहरु गाडी चलाउन नसक्ने यातायात व्यवसायीले बताएका छन् । ‘बन्दका कार्यक्रम असफल पार्न राज्यले गाडी चलाउ भने पनि हामी चलाउन सक्ने अवस्थामा छैनौं, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद सुवेदीले भने ।
यसअघि हुने गरेका बन्द हड्तालका समयमा पनि राज्यले क्षतिको उचित क्षतिपूर्ति दिने भनी व्यवसायीलाई गाडी चलाउन बाध्य बनाएको तर क्षतिपूर्ति नपाएको व्यवसायी बद्री पौडेलले बताए । त्यस्तै राज्यले यसपटकको बन्दमा पनि २५ हजार क्षतिपूर्ति दिने भनी हास्यास्पद कुरा गरेको व्यवसायीको भनाइ छ । ‘क्षति हुँदा लाखौ
रकममा हुन्छ पूर्ति जम्मा हजारमा अनि कसरी व्यवसायीले जोखिम मोलेर गाडी
सडकमा निकाल्छ,’ व्यवसायी अशोक पोखरेलले भने ।
Discussion about this post