ADVERTISEMENT
८ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
८ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

मतदाताको चाहना ः विकास निर्माण र जीविकोपार्जन

by चितवन पोष्ट
२०७० कार्तिक २३, शनिबार ००:५९ गते
in राजनीति, समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

–होमनाथ सापकोटा
रत्ननगर । चितवन क्षेत्र नंं. १ र २ का मतदाताले दलका उम्मेदवारसँग नयाँ संविधान भन्दा पनि विकास निर्माण र जीविकोपार्जनको आधार बनाइदिन आग्रह गरेका छन् । नेता सहरमुखी भएका कारण ग्रामीणस्तरमा विकासका योजनाहरु पुग्न नसकेको भन्दै मतदाताले उम्मेदवारसँग भने ‘तपाईहरुको ध्यान हाम्रो गाउँतर्फ पनि केन्द्रित हुनुप¥यो ।’ चुनाव जितेर गएपछि नेताहरु गाउँमा फर्केर नआउने नियतिप्रति मतदाताले उम्मेदवारलाई सचेत गराउने गरेका छन् ।
चुनाव जितेपछि गाउँको विकास गर्नुप¥यो बछौली ६ का कुलबहादुर पौडेलले एमाले उम्मेदवार सुरेन्द्र पाण्डेलाई भने ‘संविधान पनि बनाउनु होस्, गाउँको विकास पनि गर्नुहोस् । गाउँका सड्क बिग्रिएका छन, सिंचाई गर्ने नहर छैन, यसतर्फ पनि नेताहरुको ध्यान जाओस्’ ८० वर्षीय पौडेलले भने ।
जुटपानी–१ खोलेसिमलका पुष्पराज भट्टराईले संविधान भन्दा पनि हाम्रो सड्क, कुलो र कृषिमा अनुदानको व्यवस्था गरिदिन आग्रह गरे । उता विपन्न समुदायको पीडा बेग्लै छ । भोट माग्न घरदैलोमा पुगेका उम्मेदवारहरुसँग आर्थिक र सामाजिक रुपले पछाडि पारिएका समुदायले जीविकोपार्जनको आधार बनाइदिन समेत आग्रह गरेका छन् । हामी घर न घाटको अवस्थामा छौँ बिहान–बेलुका हातमुख जोर्ने र ओत लाग्ने घरको व्यवस्था गरिदिनु प¥यो बछौली–३ मालपुरकी भगन्ती मुसहरले भनिन् ।
मतदाताको पीरमर्का बुझेका क्षेत्र नं. १ का उम्मेदवार सुरेन्द्र पाण्डेले एमालेले बहुमत ल्याए वृद्धभत्ता दोब्बर बनाउने बताए । एमालेको नौमहिने सरकारको पालामा एमाले नै वृद्धवृद्धालाई भत्ता दिन सुरु गरेको भन्दै उनले आसन्न संविधानसभाको निर्वाचनमा बहुमत ल्याए बृद्धभत्ता दोब्बर बनाउने स्पष्ट पारेका छन् । एमालेको चुनावी अभियानअन्र्तगत शुक्रवार पूर्वी चितवनको बछौलीमा आयोजित घरदैलो कार्यक्रममा बोल्दै उनले सुकुम्वासी समस्या समाधानको निर्वाचन सकिएलगत्तै पहल सुरु गर्ने प्रतिबद्धता जनाए । उनले देशमा शान्ति र संविधानको विषयमा एमाले गम्भीर रहेको बताए ।
चितवन क्षेत्र नं. २ मा घरदैलोमा व्यस्त रहेका एमाले उम्मेदवार कृष्णप्रसाद खनालले यस क्षेत्रका मतदाताले नयाँ संविधान र विकास निर्माण चाहेको बताए । प्रत्येक मतदाताको मुखमै नयाँ संविधान र निकास झण्डिएको छ’ उनले भने । त्यस्तै नेपाली काँग्रस क्षेत्र नं. १ का उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले यस क्षेत्रका जनताले कृषि क्षेत्रको विकास होस भन्ने चाहेको बताए । उनले मतदाताको भावनाको कदर गर्दै कृषि क्षेत्रको विकाससँगै विकासका पूर्वाधार निर्माणमा आफू लागिपर्ने बताए ।
त्यस्तै काँग्रेसका चितवन क्षेत्र नं. २ का उम्मेदवार शेषनाथ अधिकारीले चितवनको पहाडी क्षेत्रहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी त्यहाँ बसोवास गर्ने विपन्न समुदायको जीविकोपार्जनको आधार खडा गरिने बताए । विपन्न चेपाङको समस्याप्रति पनि हामी परिचित छौ उनले भने । उनीहरुको व्यवस्थित आवास निर्माणको प्रक्रिया सुरु भइसकेको र आवश्यक पर्ने अन्य काम गर्न काँग्रेस प्रतिबद्ध रहेको छ ।

Related Posts

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

Discussion about this post

अन‌ि यो पनि

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई
राजनीति

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई

टीकापुर । जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी...

Read more
खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In