ADVERTISEMENT
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

शेरचनसहित एमाओवादीको घरदैलो तीव्र

by चितवन पोष्ट
२०७० कार्तिक २३, शनिबार ००:५४ गते
in राजनीति, समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नारायणगढ । आसन्न संविधानसभाको निर्वाचनको लागि एमाओवादी  चितवनले जिल्लाभर आप्mनो चुनावी प्रचारप्रसार एवम् घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ । एमाओवादीका क्षेत्र नं. १ का उम्मेदवार यमबहादुर परियारलाई विजयी गराउन गाउँका प्रत्येक वडामा पुगी भोट मागेका छन् । सोही अवसरमा समानुपातिक तर्फका उम्मेदवार सिंहबहादुर गोलेले पनि जनताको घरदैलोमा पुगेर भोट मागेका थिए । अभियानअन्र्तगत खैरहनी र पिप्लेमा अन्तक्र्रिया, छलफल तथा घरदैलो गरी परियारले पहिचानसहितको संघीयता स्थापित गराउन एमाओवादीलाई विजयी गराउन आग्रह गरे ।
यस्तै, एमाओवादी निर्वाचन क्षेत्र नंं. २ ले पनि चुनावी प्रचारप्रसारलाई तीव्र बनाएको छ । एमाओवादीले घरदैलो, कोणसभा, अन्तक्र्रियालाई तीव्र पारेको एमाओवादी निर्वाचन क्षेत्र नम्बर २ की प्रचारप्रसार संयोजक तथा समानुपातिकतर्फकी उम्मेदवार संगिता भट्टराइले जनाइन् । पिठुवाको धु्रवचोकबाट सुरु भएको घरदैलो अभियानका क्रममा जनताको घरदैलो, खेत–खेतमा पुगेर एमाओवादी निर्वाचन क्षेत्र नं. २ का प्रत्यक्षतर्फका उम्मेदवार विश्वभक्त दुलाल ‘आहुती’ र समानुपातिकतर्फका उम्मेदवार रमेश रेग्मी अमर र संगिता भट्टराईले भोट मागेका थिए ।
यस्तै, एमाओवादी क्षेत्र नं. ३ ले चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रमअन्तर्गत भरतपुर नगरपालिका र कविलास गाविसमा घरदैलो कार्यक्रम गरेको छ । आगामी संविधानसभाको निर्वाचनमा आफ्नो पार्टीलाई  बहुमतले जिताउन हँसिया हथौडामा भोट हाल्न एमाओवादी चितवन क्षेत्र नं. ३ का उम्मेदवार नारायणप्रसाद दाहालले जनतासँग आग्रह गरे । यसैबीच क्षेत्र नं. ३ को कविलास गाविसको दासढुङ्गामा नेपाली काँग्रेसका वृद्धिबहादुर गुरुङसहित १० जना र वीरबहादुर तमाङसहित १५ जना एमाओवादीमा प्रवेश गरेका छन् । उनीहरु सबैलाई क्षेत्र ३ का उम्मेदवार नारायण दाहालले रातो टीका लगाएर पार्टी प्रवेश गराएका थिए ।
यता, एमाओवादी निर्वाचन क्षेत्र नंं. ४ को घरदैलो अभियानअन्तर्गत शिवनगरमा एमाओवादीका उम्मेदवार चित्रबहादुर श्रेष्ठले मतदाताहरुलाई सम्बोधन गर्दै पहिचानसहितको संघीयता र संघीयतासहितको संविधानलाई जोड दिई आगामी निर्वाचनमा आप्mनो पार्टीले बहुमत ल्याए गरिबी र सुकुम्बासीको समस्या हल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
एमाओवादीले दोस्रो चरणको चुनावी प्रचारप्रसार अभियानअन्तर्गत चितवन क्षेत्र नं ५ को पार्वतीपुर गाविसमा एमाओवादीका वरिष्ठ केन्द्रीय सदस्य तथा उम्मेदवार अमिक शेरचनसहितको टोलीले घरदैलो गरेको छ । माडी क्षेत्रका बघौडा गाविस वडा नंं ९ छरछरे, राधापुर, रमाइलो डाँडा र नयाँ पिपरियामा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । स्थानीयले चोक–चोकमा कलस राखेर फूलमाला र अबिरले स्वागत गरेका छन् । घरदैलो बसन्तपुरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय सदस्य प्रेम रिमाल, वाईसीएल नेपालका केन्द्रीय सदस्य हरि भुषाल, राज्य समिति सदस्य प्रभुप्रसाद महतो, निरा क्षेत्रीलगायतका नेता, कार्यकर्ताको उपस्थिति रहेको संचार ब्युरो सदस्य किशोर पौडेलले जानकारी दिए ।

Related Posts

कांग्रेस नेता जोशीलाई मस्तिष्काघात

कांग्रेस नेता जोशीलाई मस्तिष्काघात

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

वैज्ञानिक समाजवादी युवा लिगको राष्ट्रिय भेला चितवनमा

वैज्ञानिक समाजवादी युवा लिगको राष्ट्रिय भेला चितवनमा

Discussion about this post

अन‌ि यो पनि

नेपालले कार्बन सञ्चिति बापत पाँच अर्ब प्राप्त गर्ने
समाज

नेपालले कार्बन सञ्चिति बापत पाँच अर्ब प्राप्त गर्ने

काठमाडौँ, १४ फागुन । नेपालले वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत करीब रु पाँच अर्ब (४५ मिलियन अमेरिकी डलर)...

Read more
विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

अमेरिकामा न्यूनतम ज्याला १५ डलर पु¥याउने प्रस्तावमा सहमति जुटेन

अमेरिकामा न्यूनतम ज्याला १५ डलर पु¥याउने प्रस्तावमा सहमति जुटेन

पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In