भरतपुर । संविधानसभा निर्वाचन चितवन क्षेत्र नं ४ का स्वतन्त्र उम्मेदवार विकास कोइरालाले घरदैलो अभियानलाई जारी राखेका छन्. । चुनावी प्रचार–प्रसार अभियानअन्तर्गत विहान भरतपुर–१३ स्थित आनन्दपुरमा घैरदलो कार्यक्रमसँगै कोणसभा गरिएको थियो । उम्मेदवार कोइराला मतदाताको घरघरमा पुगी आफूलाई मतदान गर्न आग्रह गरेका छन् । घरदैलोपछि आयोजित कोणसभामा बोल्दै बागी उम्मेदवार कोइरालाले आफू यहा“को स्थानीय र जनताको विकासको चाहनाको पक्षमा उभिएकाले आफूलाई जिताउन आग्रह गरे । उनले आफू युवा उम्मेदवार भएका नाताले पनि युवाको भावना र समाज परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । स्वतन्त्र उम्मेदवार कोइरालाले चितवनलाई टुक्राउन विभिन्न शक्ति लागिपरेको भन्दै आफूले यस्तो कदमको कडा विरोध गर्ने प्रतिवद्वता जनाए । ‘म चितवनलाई कुनै पनि हालतमा टुक्राउन दिन्न’ उनले जिल्लाबासीको भावनालाई संविधानसभा भवनसम्म पु¥याउने प्रतिवद्वता जनाए । यस्तै स्वतन्त्र उम्मेदवार कोइराला अहिले घरदैलो कार्यक्रम अन्तर्गत पटिहानीको ब्रहमापुरीमा पुगेका छन
Discussion about this post