ADVERTISEMENT
२५ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२५ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

सर्वोच्चको सम्मान

by चितवन पोष्ट
२०७० कार्तिक २२, शुक्रबार ०३:०२ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

निर्वाचन आयोगले एमाओवादीका समानुपातिकतर्फका उम्मेदवार बालकृष्ण ढुंगेल र उषा शाह फकिरको उम्मेदवारी खारेज गरी सर्वोच्च अदालतको गरिमा बढाउँदै सम्मान गरेको छ । व्यक्ति हत्या अभियोगमा सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका ढुंगेललाई आयोगले निर्वाचन कानुनबमोजिम अयोग्य ठहर गरी उम्मेदवारी रद्द गरिएको हो । आयोगले संविधानसभा सदस्य निर्वाचन अध्यादेशको व्यवस्थाअनुसार अयोग्य उम्मेदवारको नाम सम्बन्धित दलको बन्द सूचीबाट हटाउने निर्णय गरेको हो । यस्तै, एमाओवादीकै अर्का उम्मेदवार उषा सरकारी लाभको पदमा रहिरहेका कारण उम्मेदवारबाट अयोग्य ठहर भएकी हुन् । संविधानसभा सदस्य पदको उम्मेदवार बन्न कुनै पनि लाभको पदमा रहनुहुँदैन । उनी राष्ट्रिय मुस्लिम आयोगको सदस्य पदमा रहेर सरकारी सेवासुविधा लिएकाले आयोगले बन्द सूचीबाट नाम हटाउने निर्णय गरेको हो । उनीविरूद्ध एमाओवादीकै उम्मेदवारबाट दाबी विरोधको उजुरी परेको थियो ।
उम्मेदवार ढुंगेलले २०५५ साल असार १० गते ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको प्रमाणित गर्दै सर्वोच्चले २०६७ भदौ ३१ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । निर्वाचन अध्यादेश–२०७० मा ज्यानसम्बन्धी मुद्दामा अदालतको अन्तिम फैसलाबाट जन्मकैद वा सर्वस्वसहित जन्मकैद सजाय पाएको व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने उल्लेख गरिएको छ । एमाओवादीले तत्कालीन डा. बाबुराम भट्टराईको नेतृत्वकालमा सरकारका तर्फबाट आममाफी दिलाउने प्रक्रिया सुरू गरेपछि सर्वोच्चकै अन्तरिम आदेशका कारण कार्यान्वयन हुन सकेको थिएन । उतिबेला भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले आममाफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सर्वोच्चले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका व्यक्तिलाई आममाफीका लागि सिफारिस गर्ने निर्णय भएपछि भट्टराई नेतृत्वले निकै आलोचना खेप्नु परेको थियो । श्रेष्ठ हत्या प्रकरणपछि ढुंगेलको देशव्यापी चर्को आलोचना हुँदै आएको थियो ।
एमाओवादीले पटकपटक जनयुद्धकालीन घटनालाई विस्तृत शान्ति सम्झौताको मर्मअनुरुप हेर्नुपर्ने बताउँदै ढुंगेललाई काखी च्याप्दै आएको थियो । तर, सर्वोच्चको फैसलापछि सम्मानित अदालतको आदेशलाई लत्याउँदै माओवादीले ढुंगेललाई जोगाउँदा पार्टी पंक्तिबाट व्यापक आलोचना खेप्दै आएको थियो । आयोगले हत्या अभियोग लागेका ढुंगेलको उम्मेदवारी खारेज गरेर लोकतान्त्रिक आचरण प्रस्तुत गरेको छ । हत्या अभियोग लागेका विवादित व्यक्तिलाई आयोगले गरेको कारबाहीले आमजनतामा उत्साह र सकारात्मक सन्देश प्रवाहित गरेको छ । व्यक्ति चाहे जुनसुकै दलको होस्, कानुनअनुसार कारबाही गर्नु आयोगको कर्तव्य हो । यसले आयोगको गरिमा बढाएको छ । आयोगले निर्वाचन कानुनअनुसार आफ्नो काम, कर्तव्य र अधिकारलाई पूर्ण रुपमा प्रयोग गर्दै स्वच्छ, निष्पक्ष र धाँधलीरहित संविधानसभाको निर्वाचन सम्पन्न गराउन सक्नु परेको छ । आयोगको यो कदमले विधिको शासन र लोकतन्त्रको समेत सम्मान भएको अनुभूति गराएको छ ।

Related Posts

Chitwan Post

महिला दिवसको सन्दर्भ

Chitwan Post

शिक्षकको ‘अनैतिक’ कुकृत्य

Chitwan Post

आगलागी नियन्त्रण चुनौतीपूर्ण बन्दै

Discussion about this post

अन‌ि यो पनि

एमाले र माओवादी केन्द्र अलग अलग : ‘सर्वोच्चको फैसला अनुचित’
प्रमुख समाचार

एमाले र माओवादी केन्द्र अलग अलग : ‘सर्वोच्चको फैसला अनुचित’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षले नेकपाको एकीकरण बदर गरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) व्युँताउने...

Read more
कालिकाद्वारा समाजसेवामा सक्रिय तीन नारी सम्मानित

कालिकाद्वारा समाजसेवामा सक्रिय तीन नारी सम्मानित

नारी चेतनाको र्‍याली तथा वक्तृत्वकला

अखिल नेपाल महिला संघ रत्ननगरको प्रशिक्षण

नारी चेतनाको र्‍याली तथा वक्तृत्वकला

नारी चेतनाको र्‍याली तथा वक्तृत्वकला

Chitwan Post

बन्द भएको १४ वर्षपछि चितवन कोल्ड स्टोरेज पुनः सञ्चालनमा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In