प्रभातकुमार जोशी
‘कामको अर्को नाम नै कर्तव्य हो ।’ यसरी जीवनलाई आत्मसात् गर्नु हुने रूद्रकुमार प्रधानको जन्म वि.सं. १९९३ सालमा बन्दीपुरमा भएको हो । मोतीकुमार प्रधान र समकुमारी प्रधानको माइला सुपुत्र रूद्रकुमार प्रधानको बाल्यकाल बन्दीपुरको उकाली–ओरालीमै बित्यो । मध्यम वर्गीय परिवारमा जन्मनुभएका रूद्रकुमार प्रधानलाई त्यतिबेलै सभ्य र शिक्षित बन्दीपुरको तत्कालीन परिवेशले पढ्न उत्सुक बनायो । आर्थिक अवस्थाले नभ्याए पनि पढाइको भोकले उहाँलाई रोक्न सकेन र औपचारिक शिक्षाको लागि उहाँ बनारस (भारत) पुग्नुभयो । अनि २०१५ सालमा गुर्जर पाठशाला हाईस्कुल, बनारस मेट्रिक परीक्षा उत्तीर्ण गर्नुभयो । बनारसमा अध्ययनरत हुँदादेखि नै साथीभाइको संगत र अधिकांश नेपालीको दुःख र कष्टकर जीवनलाई बोध गरिरहेका उहाँलाई राजनीतिक चेतना वृद्धिद्वारा नै समाजलाई रुपान्तरण गर्न सकिन्छ भन्ने विश्वास जागिसकेको थियो । त्यहीँबाट उहाँ बिस्तारै वामपन्थी विचारधाराप्रति आकर्षित हुँदै जानुभयो । बनारसमा रहेको अखिल बनारस नेपाली छात्र संघका मन्त्रीका रुपमा कार्य सम्पादन गर्दा उहाँको विचारधाराले बिस्तारै मूर्तरुप लिँदै गयो । फलस्वरुप, २०१७ सालमा देशमा एकतन्त्रीय पञ्चायती व्यवस्था लादिएपछि उहाँ प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा त्यसको विरोधमा लाग्नुभयो । पटकपटक राज्यको कोपभाजनको शिकार हुनुभयो । २०२९ सालदेखि २ वर्षसम्म उहाँलाई राजकाज अपराध मुद्दा लगाएर जेलजीवन बिताउन बाध्य पारियो ।
आमनागरिक शिक्षित नभएसम्म र समाजको तल्लो तहमा बाँच्ने प्रत्येकको मन–मस्तिष्कमा आप्mनो उन्नति र प्रगतिका लागि आफैँ लाग्नुपर्छ, अनि अन्यायसँग जुध्नुपर्छ भन्ने चेतना नपसेसम्म समाज परिवर्तन हुन्न भन्ने दृढ धारणा लिएर बाँचेका रूद्रकुमार प्रधानले औपचारिक शिक्षा समाप्तिपछि मूल रुपले समाजको शैक्षिक उन्नतिमै आप्mनो जीवन अर्पण गर्नुभयो । जीवनयापन र जागिरका अनेकौँ विकल्प हुँदाहुँदै पनि उहाँलाई यही भावनाले २०१६ सालदेखि नै शिक्षक हुन प्रेरित ग¥यो । महिनाको ७५ रूपैयाँ तलब थापी शिक्षक पेसा सुरू गर्नुभएका उहाँले दुई कार्यकाल गैँडाकोट आदर्श गाविस, वडा नं. २ को वडा अध्यक्ष भई गाउँ विकासमा समेत अग्रणी भूमिका निर्वाह गर्ने रूद्रकुमार प्रधान २०४६ सालमा आफैँले गैँडाकोटमा कन्टिनेन्टल इङ्लिस बोर्डिङ स्कुल स्थापना गर्नुभयो । ३० वर्षको यो अन्तरालमा भानु हाईस्कुल, बन्दीपुरमा डाँडा डिस्ट्रिक्ट सोल्जर्स बोर्ड प्राइमरी स्कुल, केशवटारस शौभाग्य प्राइमरी स्कुल, गौरीगञ्ज चितवनमा शमशेर आदर्श प्राइमरी स्कुल, गैँडाकोट र चितवन हाईस्कुलमा आप्mनो सेवा उपलब्ध गराउनुभयो । हालको जनक उच्च मावि गैँडाकोट मिडिल स्कुल हुँदा र हालको बालकुमारी कन्या उच्च मावि नारायणगढको पनि उहाँ संस्थापक प्रधानाध्यापक हुनुहुन्थ्यो । अध्ययन र अध्यापनमा रूचि राख्नुहुने रूद्रकुमार प्रधान २०२४ सालदेखि नारायणी पुस्तकालयको सदस्य हुनुहुन्थ्यो भने एमनेस्टी इन्टरनेसनल १५ ग्रुप–चितवनको पनि सक्रिय सदस्य हुनुहुन्थ्यो ।
समाजको शैक्षिक उन्नतिमा मात्र सीमित नरही सन् १९९९ देखि उहाँ लायन्स क्लबमा आबद्ध भई समाजसेवाका अन्य विविध क्षेत्रमा पनि समर्पित हुनुभयो । चितवन जिल्लाकै साहिँलो लायन्स क्लब अफ नारायणगढ चित्रवनको संस्थापक भई आप्mनो अध्यक्षकालमा उहाँले समाजसेवाको क्षेत्रमा अमूल्य योगदान पु¥याउनुभएको थियो । प्याब्सन–नवलपरासी, नेवाः देय दवु–नवलपरासीका संस्थापक भई पेसागत हकहित र सीप वृद्धि तथा जातीय उत्थान र पहिचानमा सधैँ संलग्न रहँदै आउनुभएको रूद्रकुमार प्रधान वास्तवमै एक इमानदार र राष्ट्रवादी व्यक्ति हुनुहुन्थ्यो । बेलाबेलामा प्रकाशित उहाँको लेख तथा कविताहरुबाट पनि जीवनप्रति उत्साही र आशावादी ठहरिनु हुने उहाँमा देशप्रेमको भाव छताछुल्ल पोखिएको पाइन्थ्यो । तनहुँ, चितवन र नवलपरासीमा उहाँले गठन गर्नुभएका संघसंस्थाहरुले सामाजिक उत्थानमा पु¥याइरहेको योगदानले उहाँको दूरदर्शिता प्रदर्शित गरिरहने छ ।
उहाँका हजारौँहजार छात्रछात्राहरु आज उहाँको असामयिक निधनप्रति शोकसन्तप्त मात्र नभई उहाँको प्रयासले आपूmले प्राप्त गरेको जीवन–बोधप्रति उहाँसँग धन्य हुँदै उहाँलाई सम्झिरहेका छन् । उहाँका अप्रकाशित रचनाहरु प्रकाशित हुने अपेक्षा राख्दै चितवन जिल्लाबाट प्रकाशित पहिलो पत्रिका “चितवनको चिनो” (२०२१ साल) मा प्रकाशित उहाँले उक्त पत्रिकालाई दिनुभएको शुभकामना पढ्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरौँ–
मिटाई निशिको कसरमसर, कालो सब ऊषा
उदाएझैँ उदित, प्रथम चिनो यो चितवनको ।
बहून् नारायणी सरिक गरी, निष्काम कर्मसँग लिई
जिऊन् युगयुग सबको घटघट प्रकाश गरिदिई ।।
(भनपा–३, नारायणगढ)
Discussion about this post