ADVERTISEMENT
२५ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२५ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

नेताको भ¥याङ नबन्ने विद्यार्थीको वाचा

by चितवन पोष्ट
२०७० कार्तिक २२, शुक्रबार ०२:५४ गते
in राजनीति, समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

विधुर ढकाल
भरतपुर । संविधानसभा सदस्यको निर्वाचनको लागि अब ११ दिन मात्र बाँकी छ । चुनावी सरगर्मी बढेको त छ, तर यो अवस्थामा युवा विद्यार्थीहरु भने निर्वाचनप्रति त्यति उत्साहित देखिँदैनन् । उनीहरुले अब गएको संविधान सभाको जस्तो नेताको भ¥याङ नबन्ने बताएका छन् ।
अघिल्लो संविधानसभाको निर्वाचनमा मत हाल्न नपाएकोमा चिन्ता व्यक्त गरेका उनीहरु अहिले आएर मत नहालेर ठीक गरेको महसुस गरिरहेको बताउँछन् । संविधानसभाको निर्वाचनबाट संविधान बनाउने भनेर २०६४ सालमा निर्वाचित प्रतिनिधिहरुले संविधान बनाउन नसकेर असफल भए तर तिनै असफलहरु फेरि एक÷दुई वर्षभित्र संविधान बनाउँछौँ भन्दै मत माग्न आइरहेका छन् । उनीहरुमा विश्वास गर्ने ठाउँ नभएको विद्यार्थीहरु बताउँछन् ।
भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसबाट भर्खर स्नातक तह उत्तीर्ण गरेका गुञ्जनगरका राजेन्द्र भुषाल यसपटक भोट हाल्ने वा नहाल्ने भन्ने निर्णय अझै गरिसकेका छैनन् । ‘अघिल्लो चुनावमा भोट हाल्न पाइएन्, दुःख लागेको थियो’, उनले चितवन पोष्टसँग भने, ‘सभासदहरुले संविधान बनाउन सकेनन्, भोट नहालेर ठीकै गरेछु भन्ने लाग्यो ।’
आफूले मत नहाले पनि कोही न कोही चुनिने हुँदा मत हाल्नुपर्छ जस्तो लागे पनि राम्रा उम्मेद्वार नै नउठेकोले दोधारमा परेको उनको भनाइ छ । ‘मतपत्रमा कोही पनि मनपर्ने उम्मेद्वार देखिँदैनन्’, भुषालले भने, ‘कोही पनि मन परेन भने के गर्ने यसको जवाफ नै छैन ।’
भारतमा भर्खर मतदातालाई अदालतले प्रदान गरेको ‘राइट टु रिजेक्ट’प्रति उनको भनाइ लक्षित थियो । ‘उम्मेद्वारहरु वृद्धभत्ता खाने उमेरका छन् उनीहरुले आफ्नो ज्यानको माया गरून् कि हाम्रो उन्नतिको ?’ उनको सटिक टिप्पणी थियो । उनको क्षेत्रबाट कांग्रेस सभापति सुशील कोइरालाको उम्मेद्वारी छ । उनको उमेर ७० कटेको छ ।
उनीमात्र होइन्, अधिकांश युवा विद्यार्थीहरु अहिले हुन लागेको निर्वाचनले त्यति उत्साहित देखिँदैनन् । बालकुमारी कलेजमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत उज्ज्वल आचार्यलाई पनि यसपटकको चुनावले छोएको छैन ।
निर्वाचन आए जस्तो पनि नलागेको उनको भनाइ छ । ‘हामीले भोट हालेर जानेहरु हाम्रा पक्षमा काम गर्छन् भन्ने ग्यारेन्टी नै छैन’, उनले भने, ‘त्यसैले हामीले भोट हाल्नु र नहाल्नुको अर्थ नै छैन ।’
यता वीरेन्द्र बहुमुखी क्याम्पसका कमल विकको भने अलि फरक मत छ । निर्वाचनले उनलाई उत्साहित नबनाए पनि निर्वाचन सदुपयोग गरेर जानुपर्ने उनको भनाइ छ ।
‘हामीले भोट हालौँ नहालौँ निर्वाचन त हुन्छ नै’, उनले भने, ‘बरु भोट हाल्ने निष्पक्ष बनाएर निर्वाचन प्रयोग गर्ने हाम्रा नभई राम्रालाई जिताउने ।’ तर राम्रा मान्छे नै निर्वाचनमा उम्मेद्वार नबनेको उनको भनाइ छ ।
उनले काठमाडौँको चार वटा क्षेत्रबाट स्वतन्त्र उम्मेद्वारी दिएका विवेकशील युवाहरुको उदाहरण दिँदै व्यवसायिक शिक्षित र स्वाभलम्भी युवाहरुले देशको राजनीतिको जिम्मा लिनुपर्ने बताए । ‘अहिले नेताहरुले राजनीतिलाई व्यवसाय बनाएका छन्’, उनले थपे, ‘आफू व्यवसायी बनेर राजनीतिलाई विशुद्ध समाजसेवको रुपमा प्रयोग गर्नुपर्छ ।’
राजनीतिक दलहरुले हरेक पटक युवा विद्यार्थीहरुलाई प्रयोग गरे पनि अवसर भने नदिएको गैंडाकोटमा रहेको अक्सफोर्ड कलेजमा पढ्दै गरेकी सुनिता पौडेलले भनिन् । ‘सधँै युवा विद्यार्थीहरुलाई नेताहरुले भ¥याङमात्र बनाएका छन्, उनीहरुलाई अवसर भने दिन चाहँदैनन् ।’, उनले चितवन पोष्टसँग भनिन्, ‘अहिले पनि हरेकजसो पार्टीले निर्वाचनमा बुढाहरुलाई पनि उम्मेद्वार बनाएका छन् ।’ युवाहरुको पक्षमा संविधान बनाउनको लागि पनि युवाहरुलाई निर्वाचित गर्नुपर्ने उनको भनाइ छ ।
‘हामी युवाहरुले अहिलेको निर्वाचनलाई प्रयोग गरेर पुराना नेतालाई हराएर नयाँ अनुहार ल्याउनुपर्छ’, सुनिताले थपिन्, ‘युवाहरुको अधिक प्रतिनिधि¤व भए हाम्रा समस्याहरु पनि हल हुँदै जान्छन् ।’

Related Posts

नारी चेतनाको र्‍याली तथा वक्तृत्वकला

अखिल नेपाल महिला संघ रत्ननगरको प्रशिक्षण

Chitwan Post

भरतपुर समाचारः ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान सुरु

Chitwan Post

महाधिवेशन सरे कांग्रेस समाप्त हुन्छ : नेता भण्डारी

Discussion about this post

अन‌ि यो पनि

चितवनमा प्राविधिक शिक्षा : विद्यार्थीको बढेन आकर्षण
अर्थ

चेपाङ अभियन्ता शर्मालाई तास बजारको सम्मान

नारायणगढ । प्रेसिडेन्ट तास बजार (होटल)ले सोमबार सामाजिक अभियन्ता केपी किरण शर्मालाई सम्मान गरेको छ । चेपाङ संरक्षणको अभियानमा लागेर...

Read more
महिला दिवसको अवसरमा वक्तृत्वकला

महिला दिवसको अवसरमा वक्तृत्वकला

Chitwan Post

‘आधिकारिक कम्पनीबाट कारोबार गरौँ’

Chitwan Post

उद्योग वाणिज्य संघ खैरहनीको कार्यसमितिमा पूर्णता

Chitwan Post

खैरहनीमा राष्ट्रपति रनिङ शिल्ड सुरू

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In