बाघपीडितको आन्दोलनमा प्रहरी हस्तक्षेप

अन‌ि यो पनि

माडी । चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको जंगली बाघले निरञ्न्तर पशु चौपाया मार्न थालेपछि माडीवासीहरुले बिहीबार नारायणगढ माडी–ठोरी हुलाकी सडक मार्गमा यातायात बन्द गराएका छन् ।
विगत दुई हप्तादेखि निरञ्न्तर रुपमा माडीको अयोध्यापुरी र कल्याणपुर गाविसका दक्षिणी भेगतर्फ जंगली बाघले पशु चौपाया मारिरहे पनि निकुञ्ज प्रशासनले कुनै वास्ता नगरेपछि यातायात बन्द गरिएको अयोध्यापुरीका स्थानीय बासिन्दा निलकण्ठ सुवेदीले जानकारी दिनुभयो । यातायात बन्दका कारण नारायणगढ–माडी–ठोरी रुटमा चल्ने सडक यातायात अवरूद्ध हुन पुगेको थियो ।
यसैबीच, माडीको अयोध्यापुरी र कल्याणपुरमा आतंक मच्चाइरहेको जंगली बाघ नियन्त्रणका लागि दबाब दिन आन्दोलन सुरु गरेका माडीवासीहरुलाई प्रहरीले हस्तक्षेप गरी लाठीचार्ज गरेको छ । लाठीचार्जबाट मुख्यतः महिलाहरु घाइते भएका थिए भने देबेन्द्रपुर बजार दिनभर तनावग्रस्त रहेको थियो ।
लाठीचार्जबाट अयोध्यापुरी २ का ४० वर्षीया पार्वती रानाभाट र अयोध्यापुरी ४ का कालीका भनी बोलाइने वर्ष ३५ का नारायणी थापा गम्भीर घाइते हुनुभएको बाघपीडित संघर्ष समितिले जनाएको छ ।
उता, बाघले आक्रमण गरी  मारेका चौपायाहरुको क्षतिपूर्ति र घाइते भई अस्पताल भर्ना भएकाहरुको उपचार खर्च व्यवस्था गर्न सर्वपक्षीय बैठक बसेको छ । पाँचवटा राजनीतिक दलबाट २÷२ जना, घाइते तथा पीडितहरुका तर्फबाट ५ जना, चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र, अयोध्यापुरी उपभोक्ता समितिका तर्फबाट ४ जना र स्थानीय सामुदायिक बनका तर्फबाट १ जनासँगै जनपथ र सशस्त्र प्रहरीका निरीक्षकहरुको प्रतिनिधि¤व रहेको वार्ता टोलीले पटकपटक छलफल गरेपनि निष्कर्षमा पुग्न सकेको छैन ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया