बछौली । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा चितवन क्षेत्र १ का उम्मेदवार सुरेन्द्र पाण्डेले गुरूयोजना बनाएर चितवनको पर्यटन क्षेत्रको विकास गरिने बताउनु भएको छ ।
व्यवस्थित विकासको अभावले चितवनको पर्यटनले गति लिन नसकेको भन्दै पूर्वअर्थमन्त्री समेत रहनु भएका पाण्डेले चितवनको पर्यटन विकासको लागि गुरूयोजना बनाएर काम गर्ने बताउनुभयो । चुनावी अभियानअन्तर्गत बिहीबार पूर्वीचितवनको बछौलीमा घरदैलो कार्यक्रममा उहाँले पर्यटनलाई व्यवस्थित गर्न आवास, कषि र पर्यटनलाई छुट्याएर विकास गरिने बताउनुभयो । उहाँले बछौली, कुमरोज, खैरहनी, पिप्ले, लोथर गाविसअन्तर्गत पूर्वमा आवास क्षेत्र, पश्चिममा पर्यटन तथा बीचमा कृषि क्षेत्र बनाउने एमालेको योजना रहेको बताउनुभयो ।
Discussion about this post