ADVERTISEMENT
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

कसैले चुनाव रोक्न नसक्नेः कोइराला

by चितवन पोष्ट
२०७० कार्तिक २२, शुक्रबार ०२:४५ गते
in राजनीति, समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले मंसिर ४ को चुनाव कसैले रोक्न नसक्ने बताउनु भएको छ । नेपाल प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा सभापति कोइरालाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै अहिले चुनावको पक्षमा रहेकाले चुनाव नरोकिने बताउनुभयो ।
चितवन क्षेत्र ४ का उम्मेदवारसमेत रहनु भएका कोइरालाले चुनाव प्रचार प्रसारको क्रममा बिहीबार पुनः चितवन आउनु भएको हो । पत्रकार सम्मेलनमा कोइरालाले नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यको नामै लिएर  माओवादीले समेत शान्तिपूर्ण रूपमा चुनाव बहिष्कार गर्ने जनाएकाले चुनावमा कसैको अवरोध नहुने जिकिरसमेत गर्नुभयो । अहिले भइरहेको उम्मेदवार र तिनका सवारी साधनमाथिको आक्रमणलाई छिटपुट घटनाका रुपमा लिन सबैलाई कोइरालाको आग्रह थियो ।
कार्यक्रम युनियनका अध्यक्ष बसन्त पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कोइरालाको क्षेत्रमा चहलपहल
यस्तै, कोइरालाले उम्मेदवारी दिएको क्षेत्रमा चुनावी चहलपहल निकै बढेको छ । कोइराला चुनाव लडेपछि अघिल्ला निर्वाचनभन्दा यसपटक चितवनको माहोल तातेको हो । कोइरालाको उम्मेदवारीले कांग्रेस कार्यकर्ता पनि निकै उत्साहित बनेका छन् । विकासको हिसाबले पछि परेको चितवन क्षेत्र नम्बर ४ मा जति नै निर्वाचन भएपनि त्यसको प्रभाव नपरेको गुनासो बढिरहेका बेला कोइरालाले चुनाव जितेपछि भने विकास हुने आशा जनताले गरेका छन । सभापति कोइरालाले रामपुर मेघौली गोलाघाट सडकमार्ग, माडी ठोरी सडकमार्गको स्तरोन्नति र रामपुर सिमरी टाउन कालोपत्रे गर्ने काम आफ्नो योजनामा राखेमा छन् । त्यस्तै पश्चिम चितवन नागरिकलाई स्वास्थ्य सेवाका लागि गुञ्जनगरमा ५० शैयाको अस्पताल स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् । यसले पनि सो भेगमा विकास हुने आशा पलाएको छ ।
त्यस्तै, उनको कार्ययोजनामा नारायणी राप्ती तटबन्ध गर्ने काम पनि परेको छ । चुनाव प्रचारका लागि विभिन्न कार्यक्रम गरिरहेका छन् । नेपाली कांग्रेस चितवनका सभापति टेकप्रसाद गुरूङले पार्टी सभापतिको उम्मेदवारी समग्र चितवनको गर्व भएको बताए ।

Related Posts

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश

प्रतिनिधिसभा विघटन : पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

ओली प्रतिगमन उन्मुख : पोखरेल

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

Discussion about this post

अन‌ि यो पनि

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश
राजनीति

प्रतिनिधिसभा विघटन : पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम मंगलबार संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पाँच वर्षका...

Read more
काठमाडौँ–पोखरा रात्रिकालीन पर्यटक बससेवा सुरु

काठमाडौँ–पोखरा रात्रिकालीन पर्यटक बससेवा सुरु

‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न माग

‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न माग

Chitwan Post

भरतपुरमा घरेलु उपज प्रदर्शनीकक्ष बन्दै

भरतपुरमा ‘क्यूमिन रेष्ट्रो एण्ड थाली किचन’ सञ्चालन

भरतपुरमा ‘क्यूमिन रेष्ट्रो एण्ड थाली किचन’ सञ्चालन

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In