एमाले कोणसभामा व्यस्त

अन‌ि यो पनि

रत्ननगर । नेकपा एमाले चितवन क्षेत्र १ अन्तर्गत बिहीबार बछौलीमा घरदैलो गरिएको छ । नेकपा एमालेका केन्द्रीय अनुशासन आयोजना आयोगका सदस्य जेपी भेटवाल, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य दावा लामा, नेता इमानसिंह लामालगायतका कार्यकर्ताहरुसँग घरदैलोमा पुग्नु भएका एमाले उम्मेद्वार सुरेन्द्र पाण्डेले मतदातासँग भोट माग्नुको साथै जनताको समस्या बुझ्ने काम गर्नुभएको थियो । उहाँले बछौलीको बोद्रहनी, लौखनी, मालपुर, सौराहा, मैनाहा क्षेत्रमा घरदैलो गरिएको जिल्ला कमिटी सदस्य राजाराम रेग्मीले जानकारी दिनुभयो ।
घरदैलोपछि बछौलीको ओद्राचोकमा सांस्कृतिक कार्यक्रम तथा कोणसभा गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै, नेकपा एमाले चितवन क्षेत्र २ अन्तर्गत रत्ननगर–६ मा घरदैलो एवम् कोणसभा भएकोे छ । नेकपा एमाले क्षेत्र २ का उम्मेदवार कृष्णप्रसाद खनाललगायतको टोलीले मतदाताको घरघरमा पुगेर एमालेलाई मतदान गर्न आह्वान गरेको थियो ।
त्यसैगरी नेकपा एमालेले चैनपुरमा मोटरसाइकल ¥याली निकालेकोे छ । ¥याली चैनपुरको ज्यामिरेबाट सुरू भएर सिवालय चोक, सिद्धिपुर, गोठसोर, पर्सा बजार हुँदै पुनः ज्यामिरेमा आएर सम्पन्न भएको थियो ।
त्यस्तै, नेकपा एमालेको चितवन क्षेत्र २ को अन्तर्गत जुटपानी–४ लाहुरे चोकमा प्रचारप्रसार समितिको कार्यालय उद्घाटन गरिएको छ । त्यस्तै एमालेको जुटपानी र पिठुवामा बिस्तारित बैठक भएको छ ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया