ADVERTISEMENT
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

राइनो तालको संरक्षण गरियोस्

by चितवन पोष्ट
२०७३ माघ ५, बुधबार १०:४३ गते
in पाठक पत्र
0
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर उपमहानगरपालिका वडा नं १२ स्थित रामवेल सामुदायिक वन उपभोक्ता समूहको वनको बीचमा राइनो ताल छ । जुन तालको प्रचारप्रसार नहुनु दुःखको कुरा हो, किनकि उक्त तालको भरतपुर उपमहानगरपालिकाले प्रचारप्रसार गरेको भए उक्त ताल स्वदेशी तथा विदेशीको नजरमा आस्थाको केन्द्रबिन्दु बन्थ्यो । तर, हाल उक्त तालले आफ्नो अस्तित्व खोजिरहेको छ । किनकि, उक्त तालको साँध–सिमाना कति छ, पर्खाल लगाएर नघेर्नु, तालको बीचका सुकेको रुखहरु नहटाउनु, तालको पूरै भाग जलकुम्भीले ढाक्नु, घाँसैघाँस उम्रनुले ताल हो भनेर जोकोहीले विश्वास नै गर्दैनन् । त्यसैले, उक्त ताल यहाँका जनता तथा सामुदायिक वन उपभोक्ता समूहसँग असाध्य रिसाएको छ । जिङ्रिङ्ग बूढो हुँदै अब मलाई कसले उपचार गरिदेला र म तन्नेरी रुपमा निरोगी भई सबैलाई आफ्नो चिनारी चिनाउन पाऊँला भनी प्रतीक्षामा बसेको पनि कयौँ वर्ष भइसक्यो । तर दुःखको कुरा, उक्त बूढो राइनो तालका बारेमा कसैको आँखा त्यहाँ पुग्न सकेको छैन । देखेर पनि नदेखेको जस्तो गर्नु, त्योभन्दा दुःखको कुरा अरु के हुन सक्छ र ?
भरतपुरमा विभिन्न संघसंस्था, एनजियो÷आइएनजिओलगायत धेरै सरकारी संघसंस्थाहरु छन् । त्यसमाथि, रामवेल सामुदायिक वन उपभोक्ता समूहले त विशेषगरी संरक्षण गर्नु दायित्व नै थियो । तर त्यस्तो गर्न नसक्नु उसको कमीकमजोरी हो जस्तो लाग्छ । किनकि, उचित संरक्षण गरेको भए उक्त ताल अवलोकन गर्न आउनेहरुको घुइँचो लाथ्थ्यो र बर्सेनि लाखौँको आम्दानी गर्न सकिन्थ्यो । अझ, विदेशी पर्यटकहरुलाई निम्त्याउन सके त लाखौँ डलर नेपाल भित्र्याउन सकिन्थ्यो ।
हाल उक्त ताल व्यवस्थित नभए पनि पिकनिक मनाउनेहरु र सुटिङ गर्न आउनेहरुको त्यहाँ घुइँचो लाग्ने गर्छ । योभन्दा धेरै वर्षअगाडि ३÷४ जना मानिस डुंगाबाट खस्दा मृत्यु भएको भनी मलाई स्थानीयले बताएका थिए । म वर्षको एकचोटि काठमाडौँबाट चितवन घुम्न आउँछु । घुम्दै जाँदा यस्तो मह¤वपूर्ण ठाउँ ओझेलमा परेको देख्दा सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने गरेको छु । आजभन्दा धेरै वर्षअगाडि बिसहजारी ताल घुम्न गएको थिएँ । त्यसबारे ४÷५ वटा पत्रिकामा लेख पनि छापिएका थिए । हाल बिसहजारी तालको मुहार फेरिएको थाहा पाएँ, सारै खुसी लाग्यो । बिसहजार तालजस्तै राइनो तालका बारेमा सम्बन्धित निकायले बेलैमा सोचेर काम गर्न नितान्त आवश्यक भैसकेको छ । सम्बन्धित निकायले यसबारे छिटै पहल गरोस् ।
— कुमार मानन्धर
(नागार्जुन नगरपालिका–८, काठमाडौँ)

Related Posts

Chitwan Post

नगर प्रहरी र फुटपाथ व्यवसायीबीच लुकामारी (सम्पादकलाई चिठी)

डा खतिवडा इफेक्टकर दाखिला गर्ने अन्तिम मिति असार ७, २०७७ साल

लकडाउन डायरी (पाठक मत)

Discussion about this post

अन‌ि यो पनि

एकैदिन २५ जना फरार अभियुक्त पक्राउ
प्रमुख समाचार

गैँडाको खाग तस्करी गरेको आरोपमा पक्राउ

काठमाडौँ । गैँडा मारी खाग तस्करी मुद्दाका फरार तीन अभियुक्तलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान...

Read more
प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा

नेकपा आधिकारिताको फैसला फागुन २० मा

चितवन भेटेरान कप : सेमीफाइनल खेलको समीकरण पूरा

चितवन भेटेरान कप : सेमीफाइनल खेलको समीकरण पूरा

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

सहपुरका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

सहपुरका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In