कांग्रेसको घरदैलो तीव्र

अन‌ि यो पनि

रत्ननगर । क्षेत्र २ का कांग्रेस उम्मेद्वार शेषनाथ अधिकारी चैनपुर गाविसका विभिन्न वडाहरुमा भएको घरदैलो तथा चुनावी सभामा सहभागी हुँदै जनताको गुनासो सुन्नुभएको छ । क्षेत्रीय सभापति कुमार कार्की, मगर संघ चितवनका जिल्ला सदस्य दिलबहादुर पुलामी, जनजाति संघ गाउँ इकाइका अध्यक्ष किसनबहादुर गरूङ, तरूण दलका चैनपुर अध्यक्ष नारायण बडुवाललगायतका नेता तथा सयौं कार्यकताहरुका माझ घरदैलो कार्यक्रममा सहभागी हुनुभएको हो ।
त्यस्तै, क्षेत्र ३ मा नेपाली कांग्रेसका पूर्वपार्टी सचिव देवेन्द्र गुरूङको नेतृत्वमा भरतपुर ६ मा घरदैलो कार्यक्रम भएको छ । बिहीबार आयोजित कांग्रेसको चुनावी कार्यक्रममा जगतबहादुर खत्रीसहित १५० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस भनपा ६ बुथ समितिको आयोजनामा भएको चुनावी कार्यक्रममा नवप्रवेशीहरुलाई कांग्रेस सभापति सुशील कोइरालाले स्वागत गर्नुभएको थियो ।
त्यस्तै क्षेत्र ४ अन्तर्गतको शारदानगरका वडा १ र २ मा पनि घरदैलो कार्यक्रम भएको छ । त्यस्तै, क्षेत्र ५ की उम्मेदवार सविता बराल आफ्नो क्षेत्रमा पर्ने माडीको अयोध्यापुरीमा कोणसभामा सहभागी हुनुभयो । सो अवसरमा उहा“ले माडीको समग्र विकास निर्माणका लागि आफ्नो उम्मेदवार दिएको भन्दै महिला हक हितका लागि लडिरहने बताउनुभयो ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया