माडी । युवा संघ नेपाल जिल्ला कमिटी चितवनले कार्तिक १९ गते माडीमा भएको घटनाको सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार युवा संघ चितवनका संयोजक दिलिप न्यौपानेद्वारा जारी विज्ञप्तिमा तिहारको भाईटीकाको साँझ पल्लवी बहुउद्देश्यीय समाज कल्याणपुरले आयोजना गरेको द्यौसीभैलो तथा सांस्कृतिक कार्यक्रम विथोल्न गरिएको प्रयास निन्दनीय छ भन्दै घटनामा आफ्नो संगठनको नाम जोडिएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो । विज्ञप्तिमा वाईसीएलका कार्यकर्ताले कार्यक्रम बिथोल्न गरेको प्रयासलाई पल्लवी टिम र स्थानीय बासिन्दाले प्रतिकार गरेको समेत युवासंघले जनाएको छ । सो घटनामा युवा संघ र युथफोर्सको बदनाम गर्ने उद्देश्यले एकीकृत माओवादीले प्रेस विज्ञप्ति जारी गरेको भन्दै त्यसको खन्डन गरेको छ ।
Discussion about this post