ADVERTISEMENT
१३ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१३ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

नेता भन्छन्, ‘चुनाव हुन्छ’, जनता भन्छन्, ‘खै ?’

by चितवन पोष्ट
२०७० कार्तिक २१, बिहीबार ०२:४९ गते
in राजनीति
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

दिपेन्द्र अधिकारी
2 newsभरतपुर । मंसिर ४ मा हुने चुनावमा कुन दलको धेरै सिट आउला भनेर चोक, चौतारी र चिया पसलमा गफिनेहरुको चुनावी बहस फेरिएको छ । केही दिन अघिसम्म यो पार्टीले धेरै सिट ल्याउँछ वा फलानो उम्मेदवारले यसपटक जित्छ भनी आपसमा बहस गर्ने आमजनताको बहसको विषय भने फेरिएको छ ।

चुनावको मिति नजिकिँदै गर्दा आमजनता भने चुनाव हुने वा नहुने र भएपनि कस्तो वातावरणकाबीच के–कसरी सम्पन्न होला भनी बहस गरिरहेका छन् । कतिपयले शान्तिपूर्ण रुपमा हुने अभिमत राखेका छन् भने केहीले चुनाव हिंसात्मक पनि हुनसकक्ने आंकलन गरेका छन् ।
चुनावको पक्षमा रहेका दलहरु यतिखेर चुनावी प्रचारको लागि घरदैलोमा व्यस्त छन् । पक्षरत दलहरुले चुनाव हुन्छ भने पनि जनता भने अझै पनि ढुक्क छैनन् ।
जनताहरु भन्दैछन्,‘चुनाव भएपनि शान्तिपूर्ण अवस्थामा हुने जस्तो देखिदैन ।’ जनताले चुनाव हुन्छ त भनी नेतालाई सोध्दा नेताहरु भन्दैछन्,‘चुनाव तोकिएकै मितिमा हुन्छ, भोट हाल्नुहोला ।’ नेताले हुन्छ भनेपनि जनता भने ढुक्क छैनन् ।
चुनावको विपक्षमा रहेको नेकपा माओवादीको चुनाव विरोधी गतिविधिले गर्दा देशमा चुनाव हुनेनहुने भन्ने विषय अहिले जनचासोको विषय बनेको छ । नेकपा माओवादीको विरोधी गतिविधिको आडमा एनेकपा माओवादी पनि चुनावको विपक्षमा देखिन थालेका जनता अभिमत छ ।
मंसिरमा हुने भनिएको संविधानसभाको अर्को चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न हुने आशा गरिए पनि उम्मेदवारहरु भोट माग्न घरदैलोमा छिरेको दिनदेखि चुनाव हुने वा नहुने र भइहाल्यो भने पनि शान्तिपूर्ण हन्छ वा हिंसात्मक भन्नेमा आममानिसमा शंका आशंका छ ।
भरतपुर ६ निवासी एक मतदाता चक्र अधिकारी भन्छन्, ‘चुनाव हुन पनि सक्छ नहुन पनि, तर भइहालेमा हिंसारहित वातावरणमा चुनाव होला भन्ने आश गर्ने ठाउँ छैन ।’
‘उम्मेदवारको नाम दर्ता हुने दिन चुनावी विपक्षमा रहेका दलले कुनै काण्ड नमच्चाएपनि पछिल्लो समय उम्मेदवार र तीनका सवारीसाधनमा भएको आक्रमणको घटनाहरुले चुनाव हुन्छ भन्ने पक्का छैन’ शक्तिखोर ५ की सिर्जना भण्डारीले भनिन्, ‘सकेसम्म चुनाव हुनुपर्छ ।’ राज्यले बल प्रयोग गरेर चुनाव गरेपनि त्यसको नकारात्मक असर देखा पर्ने उनको विचार छ ।
लम्जुङ घर भइ हाल भरतपुरमा अध्ययनरत हिरा थापा क्षेत्री भने चुनावबाटै देशले निकास पाउने हुनाले असन्तुष्ट दलहरु पनि अव हुने चुनावमा सहभागी भएर जानुपर्ने बताउँछिन् । आमजनताहरु भोट हाल्न आतुर भएकाले अब हुने चुनाव हिंसारहित वातावरणमा निष्पक्ष ढंगले सम्पन्न गरिनुपर्ने उनको ठहर छ ।
प्रधानमन्त्री खिलराज रेग्मी नेतृत्वको सरकारले चुनाव गराउनका लागि राज्यको सवै सुरक्षा अंग प्रयोग गरिसकेको छ । सवै सुरक्षा अंग प्रयोग गरिएपनि चुनाव भने के कस्तो हुने हो त्यो भने हेर्न बाँकी नै छ ।

Related Posts

सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)

सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)

अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ : गृहमन्त्री थापा

अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ : गृहमन्त्री थापा

प्रधानमन्त्रीविरुद्ध बालुवाटारमा अधिकारकर्मीको प्रदर्शन, २६ जना पक्राउ

प्रधानमन्त्रीविरुद्ध बालुवाटारमा अधिकारकर्मीको प्रदर्शन, २६ जना पक्राउ

Discussion about this post

अन‌ि यो पनि

सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)
राजनीति

सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)

देउखुरी । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतका नेताहरुलाई सिङ भाँचिएका तिल्के गोरु भन्दै धेरै धाक...

Read more
दुई लाख मूल्य बराबरको अवैध मालसामान बरामद

दुई लाख मूल्य बराबरको अवैध मालसामान बरामद

शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पक्राउ

शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पक्राउ

प्रेसिडेन्सी कलेजका विद्यार्थीद्वारा स्वीटर वितरण

प्रेसिडेन्सी कलेजका विद्यार्थीद्वारा स्वीटर वितरण

निगमका पाइलटले गरे पदमार्ग सफाइ

निगमका पाइलटले गरे पदमार्ग सफाइ

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In