तिहारमा पनि फुर्सद भएन उम्मेदवारलाई

अन‌ि यो पनि

भरतपुर । तिहारको चटारोले सबैलाइ छोए पनि संविधान सभाको निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारहरुलाई छोएन । तिहारको बेला पनि घरदैलो र भेटघाटमा उम्मेदवारहरु व्यस्त रहे । मौकाको फाइदा लिँदै उम्मेदवारहरुले तिहारको शुभकामना दिँदै भोट पनि मागे ।
‘पहिला तिहारको शुभकामना दिन्छु अनि भोट माग्छु’ चितवन क्षेत्र ४ का कांग्रेस उम्मेदवार भीमबहादुर श्रेष्ठले भन्नुभयो । मंगलबार परेको तिहारको टीकाको दिनमा समेत घरदैलोमा भेटिनु भएका श्रेष्ठले प्रचारप्रसारका लागि आफूलाई अझै कमी दिन बाँकी रहेकाले पनि चाडबाड नभनी प्रचार प्रसारलाई तीव्रता दिइएको बताउनुभयो । भाइटीकाको अघिल्लो दिन सोमबार भरतपुर १० मै भेटिनु भएका एमाले उम्मेदवार कृष्णभक्त पोख्रेल पनि तिहारभर नै आफू भोट माग्न व्यस्त रहेको जानकारी दिनुभयो ।
‘आफन्त भेटघाट र शुभकामना दिँदै घरदैलोमा नै व्यस्त रहियो’, उहाँले भन्नुभयो । चितवन क्षेत्र ३ कै एमाओवादी उम्मेदवार नारायण दाहाल पनि तिहारका बेलामा घरदैलोमा व्यस्त हुनुभयो ।
‘सभा सम्मेलनभन्दा पनि घरदैलोमा नै हाम्रा उम्मेदवार व्यस्त रहेँ’ एमाओवादी चितवनका संयोजक घनश्याम दाहाल अविनाशले भन्नुभयो । चाडबाडसँगै ठूला तथा साना दलका उम्मेदवारहरु चुनावी प्रचारमा व्यस्त रहेका छन् । यो बेला परेको तिहारको समेत उनीहरुमा कुनै प्रवाह भएको देखिएको थिएन । चितवनमा दल तथा स्वतन्त्र गरी ११५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया