महायज्ञको आयव्यय सार्वजनिक

अन‌ि यो पनि

गुञ्जनगर । श्री बोटेनेदेवी, परादेवी तथा महालक्ष्मी मन्दिर गुञ्जनगर ६ भवानीचोकमा लगाइएको देवीभागवत ज्ञानमहायज्ञको आयव्यय विवरण सार्वजनिक गरिएको छ । महायज्ञ आयोजक समितिले शनिबार कार्यक्रम गरी महायज्ञमा भएको आम्दानी र खर्चको विवरण सार्वजनिक गरिएको हो ।
महायज्ञमा नगद र जिन्सी सामान गरी २६ लाख ७० हजार ६५८ रूपैयाँ आम्दानी भएको महायज्ञ आयोजक समितिका अध्यक्ष तुलसीप्रसाद सुवेदीले जानकारी दिए । महायज्ञ सञ्चालनको लागि ४ लाख १३ हजार ३८१ रूपैयाँ खर्च भएको आयोजक समितिले जनाएको छ ।
अध्यक्ष सुवेदीका अनुसार खर्च कटाएर बाँकी रहेको रकम मन्दिरको बैंक खातामा बचत गरिएको छ । मन्दिरको संरक्षण, भौतिक पूर्वाधार निर्माणका साथै धार्मिक पर्यटनको विकासका लागि आयोजना गरिएको महायज्ञ गएको असोज १९ गतेदेखि २७ गतेसम्म आयोजना भएको थियो ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया