साक्षर अभियानलाई सफल बनाइने

अन‌ि यो पनि

भरतपुर । जिल्ला शिक्षा कार्यालय चितवनले साक्षर चितवन घोषणाको लागि जिल्ला शिक्षा कार्यालय चितवनले विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । शनिबार कार्यालयमा भएको सामुदायिक अध्ययन केन्द्रहरुसँगको बैठकले अभियानलाई सफल बनाउन सबै निकायसँग सहकार्य गरेर अगाडि बढ्ने निर्णय गरेको छ ।
बैठकले सबै साक्षर घोषणाभएका गाविसलाई प्रभावकारी कार्यक्रम गर्ने , बाँकी गाविस तथा वडाहरुलाई साक्षर घोषणाका लागि कार्ययोजना निमार्ण गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले सबै गाविस तथा वडा तहमा साक्षर कार्यक्रमलाई सहयोग पुग्ने लोकगीत, दोहोरी गीत प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम गर्ने निर्णयसमेत  गरेको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया