अन‌ि यो पनि

भरतपुर । निर्वाचन आयुक्त इला शर्माले निर्वाचनको आचारसंहिता उल्लङ्घन गर्ने जोकोहीलाई पनि आयोगले कारबाहीका लागि सिफारिस गर्ने बताउनुभएको छ ।
निर्वाचनका गतिविधिबारे अनुगमन गर्न चितवन आउनुभएकी आयुक्त शर्माले शनिबार भरतपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताउनुभएको हो । पछिल्लो समय निर्वाचनमा सहभागी राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका घटना बढेको भन्दै उहाँले आयोगले निर्देशिकालाई कडाइका साथ पालना गराउने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने जोकोही पनि कारबाहीको भागिदार बन्नुपर्छ । निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।’
आयुक्त शर्माले शनिबार चितवन क्षेत्र नम्बर ४ को अनुगमन गर्नुभएको थियो । चितवनको निर्वाचन क्षेत्रको अनुगमनका क्रममा अन्य जिल्लाको तुलनामा चितवनमा कमै मात्रामा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएको शर्माले बताउनुभयो । रासस

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया