धनपति कोइराला
साहित्यलाई अलङ्कृत तुल्याउने धर्ममध्ये अलङ्कार पनि एक हो । यो काव्यको ऐच्छिक त¤व हुँदाहँुदै पनि अनिवार्य त¤वजत्तिकै सशक्त र महनीय रहेको पाइन्छ । भामहले यसलाई काव्यको प्राणत¤वका रुपमा लिएका छन् । उनका दृष्टिमा काव्य शोभा भन्नु नै अलङ्कार हो । आचार्य विश्वनाथ यस विचारप्रति असहमत देखिन्छन् । उनका विचारमा अलङ्कार गहनाजस्तै काव्यको शोभाकारक धर्म हो । भामह, दण्डी, वामन र रूद्रटबाहेकका धेरेैजसो आचार्यहरु अलङ्कारलाई काव्यको शोभा बढाउने त¤वका रुपमा मात्र लिन्छन् । पाश्चात्य साहित्यशास्त्रमा यसलाई प्रतीक र बिम्बका रुपमा हेरिएको पाइन्छ । यसले काव्यलाई सर्वोच्चताको शिखरमा आरुढ तुल्याउँदछ । षोडश शृङ्गारमा सजिएकी सुन्दरी युवतीमा जस्तो सौन्दर्य झल्कन्छ, काव्यमा पनि त्यस्तै सौन्दर्य र आभा अलङ्कारले प्रदान गर्दछ । अलङ्कारद्वारा काव्यमा कलात्मक सौन्दर्य सृष्टिका लागि कालिदास प्रसिद्ध छन् । उनको उपमा प्रयोग अत्यन्त रोचक, अत्यन्त प्रभावकारी र हृदयस्पर्शी रहेको छ । यस्तै माघ, भारवी, दण्डी आदि कविहरु कलात्मक उचाइका कारण नै सुप्रसिद्ध बन्न पुगेका हुन् । नेपाली साहित्यका सन्दर्भमा अलङ्कार प्रयोगलाई दृष्टिगत गर्दा कविशिरोमणि लेखनाथ पौडेलको ऋतुविचार सर्वाङ्ग सुन्दर रचनाका रुपमा स्थापित छ । यस्तै, सोमनाथ सिग्देलको ‘आदर्श राघव’ (२००५) र भरतराज पन्तको ‘दोभान’ (२०४१) पनि अलङ्कार प्रयोगका दृष्टिले सुन्दर रचना नै मानिन्छन् । यिनै काव्यात्मक कृतिकै कोटिमा कवि गोविन्दराज विनोदीको ‘हिमस्पर्श’ कवितासङ्ग्रह देखा परेको छ ।
कवि विनोदी (२०१०) नेपाली साहित्य जगत्का सिद्धहस्त कवि हुन् र आँशुकवि पनि । नेपाली गीत, गजल र समालोचनामा पनि सशक्त उपस्थिति जनाउन समर्थ विनोदी मूलतः कवि नै हुन् । ‘मेरो वर्तमानता’ कवितासङ्ग्रह (२०४६), ‘निर्ममनिर्मम घडीहरु’ गजलसङ्ग्रह (२०५६), ‘आँखाका नानी’ बाल कवितासङ्ग्रह (२०५७), ‘छन्द विनोद’ प्रबोधक काव्य (२०५९), ‘अविश्रान्त’ कवितासङ्ग्रह (२०५९), ‘हिमस्पर्श’ अनुष्टुपमाला (२०६६) ‘सृष्टिमाथिका दृष्टि’ समीक्षासङ्ग्रह (२०६६) र ‘अनुपमा धर्ती’ काव्य (२०६६) उनका अनमोल कृतिहरु हन् ।
‘हिमस्पर्श’ उनको छैटौँ सन्ततिका रुपमा प्रस्तुत कवितासङ्ग्रह हो । यसमा १०० वटा अनुष्टुप लयका कविताहरु सङ्कलित छन् । यसले अतीतको आनन्ददायी क्षणदेखि वार्तमानिक जीवन जगत्का सङ्गत–विसङ्गत पक्षसम्मको यात्रा तय गरेको छ । आप्mनो सिङ्गो जीवन, जीवन भोगाइ, सामाजिक तथा राजनीतिक जीवनका सङ्गत–विसङ्गत पक्षको सूक्ष्म विश्लेषण गर्दै प्रकृतिका सौम्य तथा विद्रूप स्वरुपको समेत चित्रण गर्नमा कविको लेखनी निकै सशक्त बनेको देखिन्छ । ‘हिमस्पर्श’ काव्यकृति कविको दैनन्दिनीका निरन्तर सङ्कल्प वृक्षमा फुलेका पूmलहरुको एउटा मालाका रुपमा रहेको छ । विभिन्न विषय र सन्दर्भहरुको प्रखर अभिव्यक्ति दिन सफल कविले विभिन्न बिम्ब, प्रतीक र मिथकको सुन्दर विनियोजन गरेका छन् ।
खासगरी, पूर्वीय सैद्धान्तिक एवम् सांस्कृतिक आलोकमा खडा भएर कविले मानवीय जिजीविषालाई छाम्ने प्रयत्न गरेका छन् । यसमा शब्दालङ्कार र अर्थालङ्कारको सुन्दर समायोजन गरिएको छ । यसमा वैदर्भी र पाञ्चाली रीति तथा माधुर्य र प्रासाद गुणकै बाहुल्य रहेको पाइन्छ । समालोचक केशव आमोदीको दृष्टिमा यसमा एक रस एक भावको साटो विविध रस, विविध अलङ्कार र विविध आस्वादनयुक्त भावनाका साथ श्रुतिमधुर भावविन्यासयुक्त प्रसाद र माधुर्यजस्ता काव्य गुण रहेका छन् । मूलतः कवि विनोदीको यो रचना विविधताको एउटा सुन्दर सङ्गम हो र कल्पवृक्ष पनि हो अनि हो अमृत¤वदायिनी भाव गङ्गा पनि ।
खासगरी, यसमा प्रयुक्त अलङ्कारहरु ज्यादै सशक्त र भावपूर्ण पनि रहेका छन् । शब्दालङ्कारहरुमा छेकानुप्रास, अन्त्यानुप्रास, यमक र श्लेषको राम्रो समन्वय भएको पाइन्छ । अर्थालङ्कारहरुमा उपमा, रुपक, उत्प्रेक्षा, दृष्टान्त, स्वभावोक्ति, सङ्कर, अतिशयोक्तिहरु प्रस्तुत छन् । भावसँग स्वतः प्रवाहित भएर बगेका यी अलङ्कारहरु कृत्रिम नभई सहज र सरल छन् । तिनले भावबोधमा कतै पनि अवरोध पु¥याएका छैनन्, बरू भावका लागि आपूmलाई समर्पित गरिदिएका छन्, ती भावानानुकूल बनेर आएका छन् । फलतः रसानुभूति पनि सहज र मर्मस्पर्शी बन्न पुगेको छ । यसभित्रका कवितामा हृदय पक्षको प्रबलता पाइन्छ र यिनमा परिष्कारभन्दा प्राकृत तरलताको रुप देख्न सकिन्छ भन्ने स्वयं कविको कथन रहेको पनि छ । उनका प्रस्तुत ‘हिमस्पर्श’ कवितासङ्ग्रहमा सङ्कलित कविताहरुमा पाइने अलङ्कारहरुको यहाँ सोदाहरण चर्चा गर्नु सान्दर्भिक नै हुने देखिन्छ । अतः यहाँ प्रस्तुत प्रमुख शब्दालङ्कार र अर्थालङ्कारहरुको चर्चा गरिएको छ–
क) छेकानुप्रास ः
एकथरी शब्दको जोडी एक ठाउँमा मिलेर अर्को त्यही शब्दको जोडी अर्को ठाउँमा मिलेमा छेकानुप्रास हुन्छ । यसको उपयोग गरी उनका कवितामा ज्यादै कलात्मकता सृजना गरिएको छ । कवि विनोदीको तल उल्लिखित कवितामा छेकानुप्रासको सुन्दर संयोजन गरेका छन्–
नेपाली व्योममा नित्य तिमी स्वतन्त्र भै उड
शान्ति सद्भाव आस्थाको अचूक मन्त्र भै उड ।।
(परेवाहरुसँग)
प्रस्तुत श्लोकमा न्त्र्–न्त्र् वर्णको पुनरावृत्ति गरी छेकानुप्रासको सुन्दर समायोजन गरिएको छ
ख) अन्त्यानुप्रास ः
प्रत्येक हरफको अन्त्यमा गरिने समान वर्णको पुनरावृत्तिबाट अन्त्यानुप्रास हुन्छ । यसरी हेर्दा उनका हरेक श्लोकमा अन्त्यानुप्रासको पनि सुन्दर संयोजन गरिएको पाइन्छ । प्रायः ती अत्यन्त सरल र सुबोध रहेका छन् र कतिपय गजलका मतलाजस्तै आभास दिने प्रकृतिका पनि छन् । ती भावबोधमा पनि निकै सहायक बनेका पनि देखिन्छन् । एउटा उदाहरण हेरौँ–
आपूm तेल बनी नित्य दीप तिम्रो जलाउँछु
यो माटोमा म हे आमा हीरा–मोती फलाउँछु ।
(दूधको धारा)
माथिल्लो पद्यमा अन्त्यानुप्रासको रुपमा जलाउँछु र तल्लो पद्यमा फलाउँछु क्रियापदको प्रयोग गरी शब्द सौन्दर्य मात्र होइन, भावाभिव्यक्तिमा पनि कलात्मक सौन्दर्य सृजना गरेका छन् ।
ग) यमक ः
उही क्रममा भिन्न अर्थ भएका स्वर र व्यञ्जनको पुनरावृत्ति हुँदा यमक अलङ्कार हुन्छ । कवि विनोदीका कवितामा यसको सुन्दर संयोजन गरिएको पनि छ । प्रस्तुत कृतिबाट एउटा उदाहरण हेर्न सकिन्छ–
त्यागी अशान्तिको मार्ग, शान्तिलाई सहर्ष वर
असार आ ! बनी सार धर्तीमा अभिसार गर !
(असारको अभिसार)
अशान्ति–शान्ति, सार–असार–अभिसार पदको भिन्न अर्थमा प्रयोग गरी उनले यमक अलङ्कारको सृजना गरेका छन् । कवि विनोदीका यस सङ्ग्रहभित्रका रचनामा बेजोड अर्थालङ्कारको प्रयोग गरिएको पाइन्छ । तीमध्ये उपमा, रुपक, उत्प्रेक्षा, दृष्टान्त, स्वभावोक्ति, निदर्शना, अतिशयोक्ति, तुल्ययोगिता आदि रहेका छन् । उनका कवितामा पाइने यी अर्थालङ्कारहरुको सान्दर्भिक प्रयोग खुट्याउनु उपयुक्त नै हुने देखिन्छ ।
घ) उपमा ः
दुई व्यक्ति वा वस्तु (उपमान र उपमेय) को सादृश्य वा तुल्यतालाई उपमा भनिन्छ । यस दृष्टिले हेर्दा कवि उपमाको प्रयोगमा निकै सशक्त देखा पर्दछन् र ती प्रभाव सृजना गर्नमा निकै सशक्त रहेका पनि छन् । केही उदाहरण हेरौँ–
देख्दा बाहिर क्या राम्रो तर भित्र भने अति
दुष्ट, वक्र महाधूर्त ढोँगी तक्षक झैँ मति
यसमा उपमानः तक्षक, उपमेयः मान्छेको मति समान धर्मः दुष्टता, वक्रता र महाधूर्तता एवम् सादृश्य वाचक शब्दचाहिँ झैँ रहेकाले पूर्णोपमा अलङ्कार रहेको छ । यस्तै तल उल्लिखित कवितामा पनि उपमाको राम्रो झाँकी देख्न सकिन्छ–
आत्म उत्सर्गमा रम्ने तिमी शहीद तुल्य छौ
मैनबत्ती ! तिमी साँच्चै धरतीमा अमूल्य छौ ।
(मैनबत्ती )
माथिको श्लोकमा उपमानका रुपमा शहीद, उपमेयका रुपमा मैनबत्ती, समान धर्मका रुपमा आत्म उत्सर्ग गर्ने कार्य र सादृश्यवाचक शब्दका रुपमा तुल्य पद प्रयुक्त छन् । यसैले, प्रस्तुत पद्यमा पनि पूर्णोपमा अलङ्कारको सुन्दर प्रयोग हुन पुगेको छ ।
कविता–सविता उस्तै दुवैको गुण सुन्दर
झलमल्ल गरी धर्ती बाँचिराख्ने निरन्तर
माथि उल्लिखित श्लोकमा पनि उपमान सविता, उपमेय कविता, समान धर्म सुन्दरता, प्रकाश र धर्तीमा बाँचिराख्ने एवम् सादृश्य वाचक शब्दचाहिँ उस्तै रहेकाले यसमा पूर्णोपमा अलङ्कार रहेको छ । यसरी यसमा सङ्कलित कवितामा मालोपमा, उपमेयोपमा आदिको पनि प्राचूर्य उपयोग भएको पाइन्छ ।
विनोदीका कविताहरुमा उपमानका रुपमा मान्छे, फूल, स्फूलिङ्ग, क्रूर सम्राज्य, धरा, नग्न आकाश, मूक, काँडा, कौडा, हिउँ, मौनमन्दिर, पानी, जून, वनिता, जनता, शिशु, सुवर्ण, धानबाली, यात्री, रात्रि, आफन्त, पशु, शत्रु, मन्त्र, हिउँ, पुष्प, स्वर्ग, पहाड, रात, निर्झर, कस्तुरी, अमृत, सूर्य, काल, बैँसालु युवती, घाम, मोती, सुन, बुद्ध, व्यास, कृष्ण, हिउँचुली, ध्रुव, सर्प, नाच, काँच र बसिरहूँ, नाचिरहूँ, पिइरहूँ, सिइरहूँ, बसे, उठे, जिए, पिए, हाँसे, परे, मुस्किइन्, निस्किइन्, भागिरहेछ, जिस्किरहेछु, निस्किरहेछु फुले, खुले, जिऊँ, पिऊँ, जिस्के, निस्किएजस्ता क्रियापदिक पद र पदावलीहरु आएका छन् ।
उपमेयका रुपमा चाहिँ प्रतिशोध, सुवास, प्रकृति, खुला स्थिति, मौनता, रजस्वला, मानिसको मन, प्रकाश, छाडा नृत्य, छटपटाहट आदि विषय र सन्दर्भहरु प्रस्तुत भएका छन् । यस प्रकार हेर्दा उनका रचनामा उपमाको बेजोड प्रस्तुति रहेको तथ्य स्पष्ट हुन्छ र उनी उपमाका कविका रुपमा स्थापित देखा पर्दछन् ।
क) रुपक ः
उपमेयमा उपमानको अभेद आरोप गरी फलानु नै फलानु हो भन्नुलाई रुपक अलङ्कार भनिन्छ । यसले कवितामा व्यङ्ग्य सृष्टि गर्नमा उल्लेखनीय भूमिका खेल्ने गर्दछ । यस पृष्ठभूमिमा हेर्दा उनका रुपक निकै सबल र सशक्त बनेको देखा पर्दछ । उनका केही कविता हेरौँ–
मोती हुन् जलका विन्दु सिन्धु हो जग जीवन
मान्छे जीवन्त भै बाँच्ने ‘चाह’ हो जल चिन्तन
यसमा मोती र जलविन्दु, सिन्धु र जीवन एवम् चाह र जलचिन्तन (उपमा र उपमेय) का बीच अभेदारोप गरिएको हुँदा यसमा रुपक अलङ्कार रहेको स्पष्ट हुन्छ । यस्तै तल उल्लिखित श्लोकहरुमा पनि रुपकको सुन्दर प्रस्तुति रहेको पाइन्छ–
दुःख–कर्णहरु रच्छन् चक्रव्यूह निरन्तर
अभिमन्युहरु भई एक्लै लड्नुपर्छ म आखिर
उक्त श्लोकमा दुःख र कर्ण, अभिमन्यु र ‘म’ का बीच अभेदारोप गरिएको हुँदा रुपक अलङ्कार रहेको छ । रुपकको प्रयोगमा पनि कवि विनोदी निकै सफल रहेका छन् ।
ग) उत्प्रेक्षा ः
एक प्रकारको वस्तु (उपमेय) मा अर्को प्रकारको वस्तु (उपमान) को सम्भावना देखाउँदा प्रकट हुने अर्थालङ्कारलाई उत्प्रेक्षा अलङ्कार भनिन्छ । यसमा उपमेय नै उपमानको हो कि भन्ने सम्भावना देखाइएको हुन्छ । यस अलङ्कारको प्रयोगमा पनि कवि विनोदीको लेखनी निकै प्रभावकारी बनेको छ । केही उदाहरण हेरौँ–
आप्mनै प्रकाशमा आप्mनो छाया देखिरहेछु म
मानौँ घृणासँगै नित्य माया देखिरहेछु म ।
(प्रकाशमा छाया)
प्रस्तुत पद्यमा उपमेयः प्रकाश र छाया उपमान माया र घृणाको सम्भावना देखाइएको हुँदा यसमा उत्प्रेक्षा अलङ्कार रहेको देखिन्छ । यस्तै उत्प्रेक्षाको सुन्दर विनियोजन गरिएको उनको पद्य रचना यस्तो छ–
हेर्नलाई भयो कष्ट स्रष्टाको रुप यो खडा
हो कि वा मृत्युकै आँखा आजको धूप यो कडा ।
(घाम)
उक्त पद्यमा उपमेयः कडा धूपमा मृत्युका आँखाको सम्भावना देखाइएको हुँदा उत्प्रेक्षा आलङ्कार रहेको छ । यस प्रकार, प्रस्तुत कवितासङ्ग्रहमा सङ्कलित रचनामा प्रशस्त उत्प्रेक्षा अलङ्कारको सुन्दर समायोजन गरिएको छ ।
घ) स्वभावोक्ति ः
स्वाभाविक कथनबाट स्वभावोेक्ति अलङ्कार हुन्छ । समसामयिक जीवन जगत्लाई यथार्थपरक ढङ्गमा अभिव्यक्त गर्दा स्वभावोक्ति अलङ्कारकको सृष्टि हुन पुग्दछ । यसमा कुनै पनि वस्तु वा प्राणीको मिल्दो वा सुहाउँदो वर्णन हुन्छ । कवि विनोदीले पनि समसामयिक जीवन जगत्का तीतामीठा भोगाइहरुलाई बडा जीवन्त रुपमा चित्रण गरेका छन् । यी सन्दर्भहरुको चित्रणबाट उनका रचनाहरुमा स्वभावोक्ति अलङ्कारहरु सृजित हुन पुगेका छन् । केही उदाहरण हेरौँ–
मान्छे वास्तव मान्छेको रुपमा पशु झैँ भयो
त्यसैले जगमा आज टाढा मानवता गयो ।
(छद्म रुप)
कविले मानवले मानवता भुलेर पाशविक चरित्र वरण गरी मानव सभ्यतालाई कलङ्कित पार्दै आएको यथार्थतालाई बडा सुन्दर ढङ्कमा अभिव्यक्ति दिएका छन् । यस्तै, यथार्थताको जीवन्त झाँकी उतारिएको अर्को एउटा पद्य हरौँ–
गाउँबाट सबै मान्छे हुन थाले पलायन
भयो तसर्थ एकाकी तिम्रो सुन्दर जीवन ।
(प्रकृत गाउँ)
प्रस्तुत पद्यमा कविले सहरिया जीवनप्रति आकर्षित भई ग्रामीण जीवनलाई त्याग्न थालेकाले गाउँबस्तीहरु शून्यतामा परिणत हुँदै गएको वास्तविकतालाई बडा सहज पारामा अभिव्यक्ति दिएका छन् । समाजका हरेक सङ्गति र विसङ्गतिहरुलाई जीवन्त रुपमा अभिव्यक्ति दिएका असङ्ख्य पद्यहरु रहेका छन् ।
ङ) अतिशयोक्ति ः
कुनै विषय (उपमेय) का बारेमा बढाइचढाइ गरेर रमणीय पाराले वर्णन गर्दा उत्पन्न हुने अर्थालङ्कारलाई अतिशयोक्ति अलङ्कार भनिन्छ । उनका कतिपय पद्यमा अतिशयोक्ति अलङ्कारको प्राचूर्य रहेको पाइन्छ । यसका केही उदाहरण हेरौँ–
म नयाँ युगको मीठो सुधारस पिलाउँछु
स्वर्गभन्दा अझै राम्रो म नेपाल बनाउँछु ।
(नयाँ नेपाल)
यसमा कविले अमूर्त स्वर्गजस्तै नयाँ नेपालको निर्माण गर्ने अभिलाषा राखेका छन् । उनको यो आकाङ्क्षा निकै अतिशयोक्तिपूर्ण रहेको छ । यस्तै, उनका अन्य कविताहरुमा पनि कविको कोमल मनले छुट्टै सुन्दर संसार सृजना गर्ने चाहना प्रकट गरेको छ ।
मेरो जिजीविषा कस्तो युगौँयुग जिऊँ सरी
म अमृत बनाएर मृत्यु आफैँ पिऊँ सरी ।
(मृत्यु पत्र)
प्रस्तुत श्लोकमा कविभित्रको जीवनेच्छा यति प्रबल र सशक्त छ कि अकाट्य मृत्युलाई नै पनि पिएर सदा अमर बन्न चाहन्छन् । यसमा अभिधार्थमा यो ज्यादै अतिशयोक्तिपूर्ण छ, तर व्यञ्जनाका तहमा भने कवि सृजना कर्मबाट अमरता प्राप्त गर्न चाहन्छन् भन्ने भावाभिव्यक्ति मुखरित हुन्छ, जुन स्वाभाविक पनि देखिन्छ । अर्को यस्तै अतिशयोक्तिको भावाभिव्यञ्जना प्रदान गर्ने एउटा पद्य हेरौँ–
यी अन्यायीहरुसङ्ग लड्दै शहीद हुन्छु म
आफ्नै रगत पोखेर धरती आज धुन्छु म ।
उक्त पद्यमा कवि अन्यायी र आततायीहरुसँग भौतिक रुपमा नै भिड्ने सामथ्र्य प्रकट गर्दछन् । उनी आप्mनो रूधिर पोखेर धर्तीलाई स्वच्छ तुल्याउने अभिलाषा पनि राख्तछन् । कविको यो विद्रोही चेतना काव्य¤वभित्र सहज प्रतीत भए पनि समराङ्गणका कोणबाट त्यति सहज प्रतीत हुँदैन ।
यस्ता स्वाभाविक भावाभिव्यञ्जनाले भरिएका पद्यहरु कविताभरि छरिएर रहेका छन् । यसले कवितालाई मार्मिक र हृदयस्पर्शी तुल्याउनमा निकै उल्लेख्य भूमिका खेलेको छ ।
च) दृष्टान्त ः
उपमेय र उपमानमा साधारण धर्म बिम्ब–प्रतिबिम्ब भावमा व्यक्त भएमा दृष्टान्त अलङ्कार हुन्छ । यसमा एउटाको वाक्यको छाया अर्को वाक्यमा पर्दा यो अलङ्कारको सृजना हुन्छ । कवि विदोदीका कवितामा पाइने केही यस अलङ्कारका पद्यहरु यस्ता छन्–
यी बर्बरहरुबाट कहाँ मिजास पाउनु
बगरेसँग बोकाले कहाँ विश्वास पाउनु ।
(प्राप्त्याशा)
प्रस्तुत पद्यमा पहिलो वाक्यको बर्बर व्यक्तिहरुमा कोमलता र मानवता नपाइने कथनलाई दोस्रो वाक्यको बगरेबाट बोकाले विश्वास प्राप्त गर्न नसक्ने कथनबाट पुष्टि गरेको छ । यस्तै, उनका कविताहरुमा यस्ता सुन्दर व्यावहारिक सूक्तिमय कथनहरु पाउन सकिन्छ–
मध्याह्नपछिको सूर्यजस्तै पश्चिम शैलमा
डुब्नलाई छ बिस्तारै खसेको जिन्दगी यहाँ ।
(मध्याह्नपछिको सूर्य)
उक्त पद्यमा कविले मान्छेको जीवनको स्थिति र उन्नति सदा एकैनासले नहुने तथ्यलाई अस्ताउँदो सूर्यको गति र अवस्थाबाट पुष्टि गरेका छन् ।
छ) सङ्कर
दूध र पानी छुट्याउन नसकिए झैँ संयोग भएर रहेका विभिन्न अलङ्कारहरुलाई अलग्ग छुट्याउन नसकिने अवस्थामा रहेमा सङ्कर अलङ्कार हुन्छ । कवि विनोदीका धेरैजसो कविताहरुमा यो अलङ्कार पाउन सकिन्छ । यसको एउटा उदाहरण हेरौँ–
म निहत्था सबै योद्धा ममाथि आइलाग्दछन्
मानौँ सलह जसरी नै कोही जाइलाग्दछन्
प्रस्तुत पद्यमा उत्प्रेक्षा र उपमा नछुट्टिने गरी आएका छन् । यसैमा कविको जीवन पद्धति पनि ध्वनन भएकाले श्लेष पनि पर्न गएको छ । यसरी उक्त पद्यमा तीनवटा अलङ्कार एउटै पद्यमा संयोजित भएर आएका हुँदा यसमा सङ्कर अलङ्कार रहेको स्पष्ट हुन्छ ।
ज) अर्थान्तरन्यास ः
एउटा कथनलाई अर्को कथनद्वारा समर्थन गर्दा उत्पन्न हुने अर्थालङ्कारलाई अर्थान्तरन्यास अलङ्कार भनिन्छ । यसमा अघिल्लो कथनलाई पछिल्लो कथनद्वारा समर्थन गरिएको हुन्छ । कवि विनोदीका कविताबाट एउटा उदाहरण हेरौँ–
दिनले गर्छ सम्झौता जस्तो रातहरुसित
मैले गर्नुछ सम्झौता हे पीडा हो तिमीसित ।
(सम्झौता)
माथि उल्लिखित श्लोकमा रातले गरेको सम्झौतालाई आफूले पीडाहरुसँग गर्ने गरेका सम्झौताद्वारा समर्थन गरिएको छ । यस अलङ्कारको उपस्थिति अन्य धेरै पद्यमा पनि रहेको पाउन सकिन्छ ।
झ) सन्देह ः
उपमेयमा उपमानको शङ्का भएमा सन्देह अलङ्कार हुन्छ । यसमा सादृश्यपूर्ण र चमत्कारपूर्ण संशय हुनु आवश्यक ठानिन्छ । ‘हिमस्पर्श’बाट एउटा पद्य यस्तो छ–
छानिएर सफा पानी पातलो मेघ–वस्त्रमा
खसेको हो कि यो वर्षा धरती–रुप पात्रमा ।
(पानी र कविता)
प्रस्तुत पद्यमा मेघ र वस्त्र एवम् धरती र रुप पात्रमा सादृश्य तथा चमत्कारितापूर्ण ढङ्गमा संशय प्रकट गरेको हुँदा यसमा सन्देह अलङ्कार पर्न गएको छ । यस अलङ्कारका उपस्थिति अन्य थुप्रै कविताहरुमा पनि रहेको पाइन्छ ।
ञ) श्लेष ः
प्रस्तुत, अप्रस्तुत दुवैमा लाग्ने द्व्यर्थी शब्दको प्रयोग नै श्लेष हो । यसलाई साहित्य दर्पणकार विश्वनाथले शब्दालङ्कारका रुपमा मात्र लिएको पाइने भए पनि कुवलयानन्दका लेखकले अर्थश्लेष पनि हुने उल्लेख गरेका छन् । ‘कुवालयानन्द, नानार्थसंश्रयःश्लेषोवण्र्यावण्र्योभयाश्रयः।’ कवि विनोदीका कविताको एउटा उदाहरण हेरौँ–
दुर्योधनहरु हाँस्छन् दुःशासन रमाउँछन्
जयद्रथहरु नित्य रच्न षड्यन्त्र आउँछन् ।
(अभिमन्यु)
उक्त श्लोकमा एकातिर कुरूक्षेत्रको महायुद्धमा उत्रिएका अर्जुनपुत्र अभिमन्युलाई चक्रव्यूहमा पारेपछि त्यो व्यूह भेदन गर्न नजानेर कौरवको आक्रमणमा परेपछिको दारूण स्थितिलाई अभिधार्थमा अभिव्यक्ति दिइएको छ भने अर्कातिर यसले नेपाली राजनीतिक परिदृश्य आउनुका साथै कविको जीवनमा पनि यस्तो परिघटना प्रस्तुत भएको सन्दर्भलाई पनि यसले व्यञ्जनार्थमा प्रस्तुत गरेको छ ।
यस प्रकार, प्रस्तुत कवितासङ्ग्रहमा सङ्कलित कवितामा उपमा, रुपक, उत्प्रेक्षा दृष्टान्त, सन्देह, सङ्कर, अर्थान्तरन्यास, श्लेष, अतिशयोक्ति, स्वभावोक्ति अलङ्कारको सुन्दर संयोजनद्वारा रचनालाई औधी सुन्दर ढङ्गमा सजाइएको छ । यसअतिरिक्त यसमा तुल्ययोगिता, निदर्शना परिकर, भ्रान्तिमान, प्रश्नालङ्कार आदिको झाँकी पाउन सकिन्छ, तापनि यी सम्पूर्ण अलङ्कारहरुको चर्चा यो छोटो आलेखमा त्यति सम्भव नदेखिएकाले यहाँ सूक्ष्म अङ्कन गरिएको छैन ।
अलङ्कारको सफल प्रयोगका कारण नै कविले भने झैँ राष्ट्रपीडाका अभिव्यक्तिहरु मार्मिक एवम् हृदयस्पर्शी ढङ्गमा मुखरित हुन पुगेका छन् । यस कृतिले प्रकृति, समाज र राष्ट्र र जीवन भोगाइका उकालीओरालीहरु र आनन्द र उल्लासका क्षणहरुको सुन्दर ढङ्गमा अभिव्यञ्जना दिनमा सफलता प्राप्त गरेको छ । सशक्त आलङ्कारिक प्रस्तुतिबाट कवितामा प्रस्तुत मनको परिधिभित्र हराउन, मनकै व्यापकताभित्र रमाउन, मनोकल्पना सजाउन, भावनाका गहिराइमा डुबुल्की लगाउन अनन्त तिर्सनाका पहाडहरुमा आरोहित हुन तथा सम्झनाका तरङ्गहरुमा प्रवाहित गराएकाले यस कृतिमा प्रस्तुत कविताहरु ज्यादै सशक्त र रोमाञ्चक बनेका छन् र यसलाई भावमकरन्द भरेर पाठकलाई पुलकित तुल्याउनमा कविता सफल बनेका छन् । यस मानेमा उनका कतिपय कविता कालजयी र सर्वग्राह्य बनेका पनि छन् ।
Discussion about this post