उकालो लाग्दै पोल्ट्री व्यवसाय

अन‌ि यो पनि

दिपेन्द्र अधिकारी
भरतपुर । गत साउन÷भदौमा बर्डफ्लुको कारण खस्किएको चितवनको कुखुरा र अण्डाको बजार पुनःउकालो लाग्न थालेको छ । उपत्यकासहित देशका विभिन्न भागमा बर्डफ्लु भएको भन्दै सरकारले कुखुरा मार्ने अभियान थालेपछि कुखुराको बजार निकै खस्किएको थियो ।
नेपाल कुखुरा व्यवसायी मञ्चका अनुसार साउन महिनामा १३० रूपैयाँ प्रतिकेजी जिउँदो कुखुराको मूल्य र मासुको मूल्य प्रतिकेजी सरदर २०० रुपैयाँ रहेको थियो । बर्डफ्लुको हल्ला चल्दा मासुको मूल्य अस्थिर भई प्रतिकेजी ९० रूपैयाँसम्म कारोबार भएको व्यवसायीको भनाइ छ ।
साउन भदौमा बिग्रिएको कुखुराको मासुको मूल्य असोज लागेसँगै पुनः सुधारिएको थियो । असोज दोस्रो हप्ता १४० रूपैयाँ प्रतिकेजी जिउँदो कुखुराको मूल्य थियो । त्यसबखत मासु प्रतिकेजी २२० रूपैयाँ रहेको मञ्चले जनाएको छ ।
असोज अन्तिम हप्ता २०० प्रतिकेजी जिउँदो कुखुराको मूल्य रहेकोमा ३०० केजी मासुको मूल्य रहेको थियो । चाडबाडको समयमा भन्दै यहाँका व्यवसायीले २०० रूपैयाँमा जिउँदो कुखुरा किनबेच गरेका थिए ।
कात्र्तिक दोस्रो हप्तामा आइपुग्दा पनि जिउँदो कुखुरा २ सय र यसको मासुको मूल्य २८० देखि ३ सय रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको मञ्चले जनाएको छ ।
साउनमा १५ हजार केजी र भदौ महिनामा दैनिकजसो सरदर जम्मा १८ हजार केजी मात्र ब्रोइलर कुखुरा चितवनबाट बाहिरिएकोमा कार्तिक महिनामा निर्यात पनि बढेको छ । यस महिनामा औसत दैनिक ४५ हजार केजी बढी कुखुरा चितवन बाहिर जाने गरेको मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बरालले बताए । अर्कोतर्फ कुखुरासँगै अण्डाको खपत तथा निर्यात पनि बढ्दै गएको छ । साउन महिनामा २ हजार ८९४ पेटी अण्डा चितवन बाहिर गएकोमा भदौ महिनामा यो परिमाण बढेर ३ हजार ७१४ पेटी पुगेको थियो । बढ्दै जाने क्रममा असोज महिनामा ४ हजार ६६३ पेटी अण्डा चितवन बाहिर निर्यात भएकोमा कात्र्तिक महिनाको हालसम्ममा दैनिक औसत निर्यात ५ हजार २१४ पेटी रहेको छ ।
कुनै समय बर्डफ्लुको कारण निकै सुस्ताएको चितवनको पोल्ट्री व्यवसाय पुनः जाग्न थालेको नेपाल कुखुरा बजार व्यवस्थापन संघका अध्यक्ष शंकरप्रसाद कँडेलले बताए ।  कुखुराको मासु र अण्डाको माग बढ्न थालेपछि किसानहरु पुनः यस व्यवसायतर्फ होमिएको अध्यक्ष कँडेलले बताए । नेपाल पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष चन्द्रमान श्रेष्ठले कुनै समय बर्डफ्लुका कारण निराश बनेका किसानहरु पुनः यस पेसामा सक्रिय हुन थालेका छन् । चितवनलाई पोल्ट्रीको राजधानीको रुपमा लिइने गरिएको छ ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया