ADVERTISEMENT
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

नोटसँग भोट नसाँट्ने ः माडीका मतदाता

by चितवन पोष्ट
२०७० कार्तिक १६, शनिबार ०२:२६ गते
in राजनीति
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । माडीका वासिन्दाले नोटसँग भोट नसाँट्ने भएका छन् । चुनाव प्रसारप्रसारका क्रममा घरदैलोमा पुगेकी काँग्रेस उम्मेदवार सविता बराललाई माडीका सर्वसाधरणले नोटसँग भोट नसाँट्ने प्रतिवद्धतासहित काँग्रेसलाई चुनाव जिताउने जनाएका हुन् ।
‘माडीमा धेरै धनाढ्यहरु नोटसँग भोट साँट्न खोज्दै छन्’ माडी अयोध्यापुरीका भरत घिमिरेले भने, ‘पैसाले भोट किन्न खोजियो भने हामी प्रतिवाद गर्छौं ।’मतदातासँग घरदैलोपछि आयोजित कोणसभामा बोल्दै उम्मेदवार बरालले शान्ति, लोकतन्त्र र संविधानका लागि काँग्रेसका पक्षमा मतदान गर्नुपर्ने बताइन् ।
नेपाली काँग्रेस क्षेत्र नं ५ की उम्मेदवार सविता बराललाई बिजयी गराउन नेपाली काँग्रेस गाउँ समिति अयोध्यापुरीले चुनावको प्रचारप्रसारलाई तीव्रता दिँदै घरदैलो र कोणसभा आयोजना गरेको हो ।
विगतको संविधानसभा निर्वाचनमा पाँच नं क्षेत्रबाट विजयी भएका अमिक शेरचनले त्यस क्षेत्रमा कुनै उपलब्धिमूलक कार्य नगरेको भन्दै समितिले स्थानीय महिला उम्मेदवारलाई विजय बनाए माडीको विकास हुने दावीसमेत गरेको छ । माडीका समग्र जनताले महिला प्रतिनिधि चाहेको र बराल माडीकै स्थानीय वासिन्दा भएकाले उनलाई मतदान गर्ने माडीवासीले बताएका छन् ।
यसैबिच शुक्रनगर गाउँ समितिको आयोजनामा वृहत मोटरसाइकल ¥याली सम्पन्न भएको छ । ¥यालीमा सयाँैको संख्यामा कार्यकर्ता, शुभेच्छुक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । प्रभात उच्च माविबाट सुरु भएको ¥याली देवीथान, लेवरनगर, सिम्रनी, अमृतचोकहँुदै पुनः प्रभात उच्च माविमै आइ कोणसभामा परिणत भएको हो । गुञ्जानगर गाउँ समितिको आयोजनामा सम्पन्न चुनावी सभामा सयौँको संख्यामा काँग्रेसका नेता, कार्यकर्ता तथा सर्वसाधारण स्वःस्फूर्त रुपमा सहभागी भएका थिए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीलबहादुर घर्तीले निर्दलीय पञ्चायती व्यवस्थादेखि अहिलेसम्म चितवनको भूमि लोकतन्त्रका लागि अनुकरणीय रहेको बताए । यो निर्वाचनमा नेपाली काँग्रेसका सभापति नै यस क्षेत्रमा आउनुले चितवनवासीको शान र मान दुवै बढेकोले सबैमा खुसीको सञ्चार भएको आफूले अनुभव गरेको उल्लेख गरे । नेपाली काँग्रेस क्षेत्र न ५ का उम्मेदवार सविता बराल, पूर्वजिल्ला सभापति रामकृष्ण घिमिरे, नेपाली काँग्रेस जिल्ला सचिव जीतनारायण श्रेष्ठलगायतले बोलेका थिए ।

Related Posts

तपाईंको सबैभन्दा ठूलो क्षमता !

‘माडीको विकासमा कमी हुन दिन्नौँ’

प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख सापकोटा

‘दलहरुबीच समझदारी हुन्छ’

प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख सापकोटा

दलहरुबीच समझदारी हुन्छ : सभामुख सापकोटा

Discussion about this post

अन‌ि यो पनि

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री
स्वास्थ्य

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्त्वपूर्ण...

Read more
लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)

चन्द समूहको समस्या वार्ताद्वारा छिट्टै समाधान गर्छौं : प्रधानमन्त्री ओली

कामना सेवा विकास बैंकको डस्टविन वितरण

कामना सेवा विकास बैंकको डस्टविन वितरण

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In