ADVERTISEMENT
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

आचारसंहिता सबैका लागि हुनुपर्छ

by चितवन पोष्ट
२०७० कार्तिक १५, शुक्रबार ०२:४७ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

संविधानसभाको निर्वाचन जतिजति नजिकिँदै गइरहेको छ, उति नै जिम्मेवार र ठूला भनिएका दलहरुबाट आचारसंहिताका घटनाहरु वृद्धि हुँदै गइरहेका छन् । निर्वाचन आयोगले स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय ढंगबाट निर्वाचन सम्पन्न गर्न सरोकारवालाहरुले पालना गर्नुपर्ने आचरणलाई व्यवस्थित गर्नका लागि आचारसंहिता बनाएको हो । दलहरुले आचारसंहिता पूर्ण रुपमा पालना गर्छौं भनेर प्रतिबद्धता जनाए पनि व्यवहारमा चाहिँ लागू हुन सकेको छैन । विभिन्न जिल्लामा आचारसंहिता उल्लंघनका घटनाहरु दिनहुँ सार्वजनिक भइरहेका छन् । लिखित उजुरीको क्रम पनि उत्ति नै बढिरहेको छ । तर, निर्वाचन कार्यालयले गम्भीरतापूर्वक अनुगमन गर्न सकेको छैन । निर्वाचन कार्यालयले परेका उजुरीविरूद्ध छानबिन भइरहेको बताउँदै आए पनि आचारसंहिता उल्लंघन गर्नेलाई सामान्य स्पष्टीकरण सोधेर छाड्ने गरेको छ । यसरी स्पष्टीकरण दिने दलहरुले आचारसंहिता उल्लंघनका घटना दोहो¥याउन भने छाडेका छैनन् । चुनावी प्रचारप्रसारका लागि ठूलाठूला माइकिङ, ठूला साइजका फ्लेक्स प्रिन्ट, रंगीन पर्चा प्रयोग भइरहेको छ ।
निर्वाचन आचारसंहिताले हवाईजहाज तथा हेलिकप्टरजस्ता सवारीसाधन चार्टर गरी प्रचारप्रसार गर्नु, गराउनु हुँदैन भनेको छ । आयोगको संशोधित संहितामा अनुमति लिएर अति दुर्गम क्षेत्रमा जाँदा मात्र प्रयोग गर्न पाइने उल्लेख छ । तर, एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन आचारसंहिताको ख्यालै नगरी हेलिकप्टर चार्टर गरी काभे्र, दोलखामा पुगेर चुनावी सभामा सम्बोधन गरेर राजधानी फर्किएको प्रसङ्ग यतिबेला सबैको चासोको विषय बनेको छ । उनलाई सोलुखुम्बु जानका लागि मात्रै हेलिकप्टर प्रयोगको स्वीकृति दिइएको आयोगका प्रवक्ताले जनाएका छन् । आयोगले आचारसंहिता संशोधन गरी दैवी प्रकोप, यातायात अवरूद्ध, दुर्गम वा विशेष परिस्थितिमा पूर्वअनुमति लिएर प्रयोग गर्न पाइने उल्लेख भए पनि एमाओवादी अध्यक्ष दाहालले संशोधित आचारसंहिता पनि लत्याएका छन् । असअघिको संहितामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला, मुगु, कालीकोट, बाजुरा, बझाङ र जाजरकोट जिल्लाबाहेक अन्य जिल्लाका लागि हेलिकप्टर चार्टर गरी निर्वाचन प्रचारप्रसारका लागि रोक लगाइएको थियो ।
निर्वाचनको मिति नजिकिँदै गर्दा चुनावविरोधी व्यक्ति तथा समूहबाट आक्रमण र झडपका घटना पनि बढेका छन् । यस्ता घटनाको आयोगले निष्पक्ष छानबिन नगरेको र पूर्वाग्रही व्यवहार देखाएको कांग्रेस र एमालेको आरोप छ । कांग्रेस र एमालेले चुनावका बेला प्रचार सामग्री जलाउने, लुट्ने, गाडी जलाउनेजस्ता क्रियाकलाप भए पनि आयोग मौन रहने र बाटो अवरूद्ध भएको बहानामा एमाओवादीलाई निर्बाध हेलिकप्टर चढ्ने सुविधा दिएको आरोप लगाइरहेका छन् । आयोग स्वयंले ठूला चार दल तथा अन्य साना दलबाट दुई दर्जनभन्दा बढी जिल्लामा आचारसंहिता उल्लंघन भएको जनाएको छ । दलहरुले प्रचारका क्रममा बढी गाडी प्रयोग गर्ने, संहिताविरूद्ध ब्यानर राख्ने, चुनावचिन्ह अंकित टिसर्ट, गन्जी, टोपी प्रयोग गर्ने, बिजुलीको पोलमा पार्टीका झन्डा राख्नेलगायतका गतिविधि जारी राखेका छन् । आचारसंहिता उल्लंघन ठूला दलबाट बढी भएको देखिए पनि साना दलले पनि सिको गरिरहेको पाइएको छ । निर्वाचन कार्यालयले आचारसंहिताविपरीतका घटनाहरुको निष्पक्ष छानबिन गरी कारबाही गर्नु जरूरी देखिएको छ ।

Related Posts

Chitwan Post

सर्वोच्चको स्वागतयोग्य निर्णय

Chitwan Post

बहुप्रतीक्षित मेलम्ची

Chitwan Post

मातृभाषाहरु सङ्कटमा

Discussion about this post

अन‌ि यो पनि

एकैदिन २५ जना फरार अभियुक्त पक्राउ
प्रमुख समाचार

गैँडाको खाग तस्करी गरेको आरोपमा पक्राउ

काठमाडौँ । गैँडा मारी खाग तस्करी मुद्दाका फरार तीन अभियुक्तलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान...

Read more
प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा

नेकपा आधिकारिताको फैसला फागुन २० मा

चितवन भेटेरान कप : सेमीफाइनल खेलको समीकरण पूरा

चितवन भेटेरान कप : सेमीफाइनल खेलको समीकरण पूरा

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

सहपुरका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

सहपुरका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In