ADVERTISEMENT
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

‘अप्रेसन अक्टुबर’को मुद्दा फैसला

by चितवन पोष्ट
२०७० कार्तिक १५, शुक्रबार ०२:४६ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter
१५ वर्ष कैद र एक लाख रूपैयाँ जरिबाना पाएका तान्जिङ निमा लामा ।
१५ वर्ष कैद र एक लाख रूपैयाँ जरिबाना पाएका तान्जिङ निमा लामा ।

भरतपुर । गैंडा मारेर खाग बेच्ने गिरोह समाउन चितवन निकुञ्जले दुई वर्षअघि सञ्चालन गरेको ‘अप्रेसन अक्टुबर’का क्रममा पक्राउ परेका विरूद्ध चलेको मुद्दाको फैसला भएको छ । निकुञ्जले बिहीबार विज्ञप्ति जारी गरेर फैसला बारेमा जानकारी दिएको हो ।
निकुञ्जले विसं. २०६८ सालको असोज २९ देखि कात्तिक ३ गतेसम्म सञ्चालन गरेको ‘अप्रेसन अक्टुबर’को क्रममा १७ जना समातिएका थिए । तीमध्ये निकुञ्जले ११ जनाको मुद्दा फैसला गरेको छ ।
गैंडा मारेर खाग तिब्बतसम्म पु¥याउने गिरोह नै समातिएको दावी निकुञ्जले गरेको थियो । गैंडाको खाग ३५ लाख रूपैयाँसम्म बिक्री हुने गरेको तथ्य पक्राउ परेका गिरोहबाट उजागार भएको निकुञ्जले सो बेलामा निकालेको विज्ञप्तिमा उल्लेख छ ।
गैंडा मुद्दामा पक्राउ परेर तारेखमा रहेको तर मरेको भन्ने फर्जी कागज पेस गरेको आधारमा मुद्दाबाट छुटकारा पाएका व्यक्ति पनि सो अप्रेसनका क्रममा समातिएका थिए । निकुञ्जले निकालेको विज्ञप्तिमा प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले असोज १६ गते सो गिरोहका विरूद्धको मुद्दाको फैसला गरेको उल्लेख छ । त्यस्तो चर्चित गिरोहका एकजनालाई मात्रै कानुनमा भएको अधिकतम सजाय भएको छ ।
गैंडा मारेर खाग बिक्री गर्ने काममा संलग्न भएको पुष्टि भए ५० हजारदेखि एक लाख रूपैयाँ जरिबाना या पाँचदेखि १५ वर्षसम्म कैद या कैद र जरिबाना दुवै सजाय हुने कानुनी व्यवस्था छ । निकुञ्जले स्थायी ठेगाना तिब्बत भई काठमाडौँ बौद्ध फूलबारी बस्ने वर्ष ६८ का तान्जिङ निमा लामालाई मात्रै १५ वर्ष कैद र एक लाख रूपैयाँ जरिबाना गरेको छ ।
निकुञ्जले जारी गरेको विज्ञप्तिमा निमाले हुम्ला बरगाउँ घर भई बौद्ध बस्ने आङजिङ लामामार्फत ३५ लाख रूपैयाँमा खाग किनेको उल्लेख छ । निकुञ्जले आङजिङलाई १४ वर्ष कैद र एक लाख रूपैयाँ जरिबाना गरेको छ । तान्जिङ निमा गैंडा मुद्दामा ६० साल वैशाखमा पनि समातिएर साधारण तारेखमा छुटेका थिए ।
तर उनका आफन्तले मरेको भन्ने भारत सिलगढीको एउटा मेडिकलको कागजपत्र पेस गरेपछि तान्जिङको मुद्दा बन्द भएको थियो । उनै तान्जिङ विसं. २०६८ सालको कात्तिक १ मा आङजिङ र अर्का एकजना हिसी लामासँगै पक्राउ परेका हुन् । सो वर्षको असोज २९ मा नवलपरासीको त्रिवेणीमा प्युठानका महेश्वर भनिने खिमबहादुर केसी समातिएका थिए ।
त्रिवेणीबाट महेश्वर र एकजना महिला सुष्मा खनाल समातिएपछि निकुञ्जले काठमाडौं, चितवन र नवलपरासीबाट गरेर थप १५ जना समाएको हो । जसलाई निकुञ्जले ‘अप्रेशन अक्टुबर’ नाम दिएको थियो । गैंडा मार्ने, खाग झिक्ने, सो खाग किन्ने स्थानीय व्यापारी, स्थानीयले खाग बेच्ने काठमाडौंको व्यापारी र काठमाडौंबाट खाग बाहिर पु¥याउने सबै समातिएको निकुञ्जको दावी थियो ।
महेश्वरलाई निकुञ्जले १० वर्ष कैद र ५० हजार रूपैयाँ जरिबाना सुनाएको छ । महेश्वर र सुष्माबाट चार लाख २० हजार नेपाली रूपैयाँ र तीन लाख भारतीय रूपैयाँ फेला परेको थियो । निकुञ्जले चितवन बघौडाका किशोर चौधरी, वीरेन्द्र सहनी, बुद्धिराम महतो र नवलपरासी अग्र्यौलीका तिलकराम चौधरीलाई १४ वर्ष कैद र एक लाख रूपैयाँ जरिबाना गरेको छ ।
त्यस्तै, बघौडाका मदारी महतोलाई १० वर्ष कैद र एक लाख रूपैयाँ जरिबाना, बघौडाकै लीलाराम महतोलाई आठ वर्ष कैद र एक लाख रूपैयाँ जरिबाना, नवलपरासी बुलिङटारका ऋषिकान्त बस्ताकोटीलाई आठ वर्ष कैद र ५० हजार रूपैयाँ जरिबाना तथा नवलपरासी अग्र्याैलीकी कुसुमकुमारी थनेतलाई पाँच वर्ष कैद सुनाएको छ ।

Related Posts

सुस्तामा मोटरसाइकल दुर्घटनामा एक जनाको निधन

सुस्तामा मोटरसाइकल दुर्घटनामा एक जनाको निधन

Chitwan Post

विनयी खोलाबाट तीन वटा ट्याक्टर बरामद

कोरोना भाइरसका कारण विदेशमा थप नौ जनाको निधन

कोरोना भाइरसका कारण विदेशमा थप नौ जनाको निधन

Discussion about this post

अन‌ि यो पनि

खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार
विश्व

खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

बेइजिङ । चीनको पूर्वी प्रान्तको एक सुनखानीमा सयौँ मिटरभित्र फसेका ११ जना मजदुरलाई उद्धारकर्ताहरुले आइतबार सकुशल बाहिर निकालेका छन् ।...

Read more
सुस्तामा मोटरसाइकल दुर्घटनामा एक जनाको निधन

सुस्तामा मोटरसाइकल दुर्घटनामा एक जनाको निधन

Chitwan Post

विनयी खोलाबाट तीन वटा ट्याक्टर बरामद

कोरोना भाइरसका कारण विदेशमा थप नौ जनाको निधन

कोरोना भाइरसका कारण विदेशमा थप नौ जनाको निधन

Chitwan Post

घरबाट भागेका देवर–भाउजूको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In