ADVERTISEMENT
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

धर्मचोकमा बम फेला : सुरक्षा सतर्कता बढाएका छौँ- प्रजिअ शर्मा

by चितवन पोष्ट
२०७० कार्तिक १५, शुक्रबार ०२:४४ गते
in समाज
0
0
SHARES
Share on FacebookShare on Twitter

दिपेन्द्र अधिकारी
भरतपुर । भनपा ५ धर्मचोक लंकूमा बिहीबार बिहान बम फेला परेको छ । धर्मचोकमा रहेको चौतारीको आडैमा पहँेलो प्लाष्टिकको झोलामा भित्रबाट रातो कपडाले पोको पारिएको अवस्थामा बम फेला परेको हो । टेपले बेरेको अवस्थामा ४० सीमी लामो १४ सीमी गोलाकार भएको फलामे पाइपमा बम फिट गरिएको सेनाले जनाएको छ ।
चुनावको मिति नजिकिँदै जाँदा जिल्लामा अप्रिय घटना हुन थालेपछि जिल्ला प्रशासन चितवनले थप सुरक्षा सर्तकता अपनाएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले भने, ‘धर्मचोकको घटनापछि हामी झनै सर्तक बनेका छौं ।’ बम राख्ने व्यक्तिका बारेमा अनुसन्धान भइरहेको प्रजिअ शर्माले जानकारी दिए । सुरक्षाका अंगहरु प्रहरी, सशस्त्र प्रहरी र सेनाको काम कारबाही झनै मजबुद बनाइएको उहाँको भनाइ छ ।
सुरक्षाकर्मीका अनुसार फेलापरेको बमको बनावट र क्षतिको शक्ति निकै उच्च खाले रहेको थियो । खतरा लेखिएको पोकाभित्र पाइप बम रहेको चितवन प्रहरीले जनाएको छ । बमलाई नेपाली सेनाको भरतपुरमा रहेको शमसेर दल गणबाट गएको बम डिस्पोजल टोलीले बिहान ८ बजेर ३० मिनेटमा निष्क्रिय पारेको थियो । सेनाले बमलाई नजिकैको नहरमा लगेर पड्काएको थियो ।
एक घण्टाको प्रयासपछि बम निष्क्रिय पारिएको शमशेर दल गण भरतपुरका गणपति ज्योतिन्द्र महतले बताए । बम कसले र किन राख्यो भन्ने खुल्न नसको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सञ्जय राउतले जानकारी दिए । उनले घटनाबारे अनुसन्धान भइरहेको बताए । यसैबीच नेकपा–माओवादीले उक्त बम आफूहरुले नराखेको जनाएको छ । माओवादी चितवन क्षेत्र  एकका इञ्चार्ज विपिनले चुनाव बिथोल्न बम राख्ने आफूहरुको कुनै योजना नरहेको बताए ।

Related Posts

पूर्वप्रहरी संगठन चितवनको साधारण सभा

पूर्वप्रहरी संगठन चितवनको साधारण सभा

प्रहरीलाई घूस दिन खोज्ने चालक पक्राउ

प्रहरीलाई घूस दिन खोज्ने चालक पक्राउ

भरतपुर जनसेवा साकोसको तालिम

गहना लुट्न वृद्धाको हत्या, पाँच जना पक्राउ

Discussion about this post

अन‌ि यो पनि

पूर्वप्रहरी संगठन चितवनको साधारण सभा
समाज

पूर्वप्रहरी संगठन चितवनको साधारण सभा

भरतपुर । पूर्वप्रहरी संगठन चितवनको पाचौँ साधारण सभा तथा दोस्रो अधिवेशनले उद्धवकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।...

Read more
प्रहरीलाई घूस दिन खोज्ने चालक पक्राउ

प्रहरीलाई घूस दिन खोज्ने चालक पक्राउ

मातृभाषा विकासको साधक : नेपाली भाषा

मातृभाषा विकासको साधक : नेपाली भाषा

धर्म जीवनको खोज हो

आफ्नो हृदयको आवाजलाई कसरी सुन्ने !

धर्म जीवनको खोज हो

साधना नगर्ने बहाना

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In