देउसीको दक्षिणा १५१ रूपैयाँ
भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले तिहारको समयमा खेलिने देउसीभैलोलाई मर्यादित र व्यवस्थित बनाउन सबैसँग आग्रह गरेको छ ।
प्रशासनले बिहीबार विज्ञप्ति जारी गरी देउसीभैलोको दक्षिणा १५१ रूपैयाँभन्दा बढी लेनदेन नगर्न पनि सबैमा आग्रह गरेको छ । त्यस्तै भुइचम्पा, आताशबाजी,पटकालगायतका प्रज्जवलनशील वस्तु प्रयोग नगर्न पनि प्रशासनले अनुरोध गरेको छ । प्रशासनको आदेशविपरीत जानेलाई कानुनअनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो ।
Discussion about this post