भरतपुर । कांग्रेस उम्मेदवार घरदैलोमा पुग्दा गरिब तथा विपन्न समुदायका वर्गमा रहेको सुकुमबासी परिवारले अहिले कांग्रेसलाई भोट दिने प्रतिबद्धता जनाएका छन् ।
चितवन क्षेत्र १ का सुकुमबासी बस्तीका बासिन्दाहरुले कांग्रेसप्रति विश्वास जागेकाले आफूहरुले यो पटक कांग्रेसलाई भोट दिने निष्कर्ष गरेको बताएका छन् । क्षेत्र १ का उम्मेदवार राजेन्द्र बुर्लाकोटीसँग सुकुमबासीहरुले आफूहरुको बसोबासको सुरक्षा कांग्रेसले मात्रै गर्ने विश्वास भएको प्रतिकृया दिए ।
त्यस्तै नेपाली कांग्रेस क्षेत्र २ ले उम्मेदवार शेषनाथ अधिकारीसहित रत्ननगर नगरपालिका वडा ८ मा घरदैलो कार्यक्रम गरेको छ । क्षेत्र ३ का उम्मेदवार भीमबहादुर श्रेष्ठ जिल्लाकै विकट क्षेत्र काउलेमा चुनावी प्रचारमा लाग्नुभएको छ । सबै चेपाङलाई जग्गासहित बसोबासको व्यवस्थाका लागि आवासकोे योजनासमेत कांग्रेससँग भएको उहाँले बताउनुभयो ।
त्यस्तै, क्षेत्र ४ को बिहीबार बसेको स्टेरिङ कमिटीको बैठकले उम्मेदवार नभएको समयमा महिला परिचालन गरी घर दैलो गर्ने, गाउँ स्तरीय स्टेरिङ कमिटीलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । क्षेत्र ४ अन्तगर्तका विभिन्न ७ गाँउ विकास समितिहरुमा घरदैलो कार्यक्रमहरु गरेको छ ।
त्यस्तै क्षेत्र ५ की कांग्रेस उम्मेदवार सबिता बराललाई जिताउनका लागि पार्वतीपुरमा घरदैलो कार्यक्रमको आयोजना गरिएको छ ।
Discussion about this post