• गृह पृष्ठ
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन
22 02 19, Friday
30 °c
Narayani
27 ° Wed
28 ° Thu
25 ° Fri
25 ° Sat
Chitwan Post
No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व
No Result
View All Result
Chitwan Post
No Result
View All Result
गृह पृष्ठ पाठक पत्र

सम्बन्धित निकायको ध्यान जाओस्

चितवन पोष्ट
December 16, 2016
पाठक पत्र
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

सम्बन्धितसमाचार

जनप्रतिनिधिहरुलाई अनुरोध

पढ्न पाइनँ

होर्डिङ बोर्ड र सरकारी नीति

–शोभाकर अधिकारी, भरतपुर–१०, चितवन

चितवनको माडी क्षेत्रका साविकका चार गाविस हालको माडी नगरपालिका दुर्गम र पछाडि परेको क्षेत्रकै रुपमा छ । भरतपुरबाट सो क्षेत्रमा जान गीतानगर, पटिहानी, जगतपुर हँुदै घैलाघारीबाट राप्तीको एक लेनको पुल तरेर कसरा चौकी भएर राप्तीको किनारैकिनार वन्यजन्तुको बाक्लो ओहोरदोहोर हुने र बाङ्गोटिङ्गो बाटोका कारण टाढासम्म नदेखिने अवस्था छ । धुव्र चौकी पुगेर मोडिएको बाटोबाट वनकट्टा हुँदै रेवा नदीमा बनेको पुल तरेर माडी क्षेत्र प्रवेश गरिन्छ । यस्तो डरलाग्दो जङ्गल भएको चितवन राष्ट्रिय निकुञ्जको बाटो एल आकारको र त्यसमा पनि नागबेली आकारको भएकाले अनावश्यक लामो भएको छ । टाढासम्म नदेखिने हुँदा बढी डरलाग्दो पनि छ । बाटो यस्तरी होइन, राप्ती पुलदेखि रेवा नदीको पुलसम्म सोझो बाटो बनाएमा दीर्घकालसम्म देशलाई धेरै फाइदा पुग्ने देखिन्छ । जस्तो :
१) बाटो छोटो हुने हुँदा पिच बनाउँदा र मर्मत गर्दा धेरै कम खर्च लाग्ने । २) जङ्गल छिटो पार हुने हुँदा समयको धेरै बचत हुने । ३) राजधानीको नाकाको लागि बाटो छोटो हुने । ४) हालको बाटो छोडिदिँदा जङ्गलको क्षेत्र बढ्ने । ५) जनावरलाई डिस्टर्ब कम हुने, यात्रुलाई जोखिम धेरै नै हट्ने । ६) बाटो सोझो भई टाढासम्म देखिने हुँदा सुरक्षित र सजिलो हुने । ७) गाडीका टायरहरु कम खिइने । ८) इन्धन कम खर्च हुने ।
धेरै पहिलेदेखि धुव्रघाटबाट राप्ती नदी तर्ने गर्दा बनेको सो बाटो हाल धेरैमाथि कसरामा पुल बनेपछि अझ घुमाउरो, नागबेली परेको र लामो भएकाले माथि उल्लेख गरेअनुसार संशोधन गर्नै पर्ने भएको हुँदा समयमै सम्बन्धित सनकायको ध्यान केन्द्रित होस् भनी अनुरोध गर्दछु ।

Discussion about this post

ताजा समाचार

२०७५ फागुन १० गते शुक्रबार

February 22, 2019
मानव तस्करीको सञ्जाल तोड

मानव तस्करीको डरलाग्दो रुप

February 22, 2019
सरकारका एक वर्ष : दुर्बलता र सबलता

सरकारका एक वर्ष : दुर्बलता र सबलता

February 22, 2019
विचार समाजवाद र समृद्धिको मुद्दा

विचार समाजवाद र समृद्धिको मुद्दा

February 22, 2019
द फेमस महेन्द्र दल गण फाइनलमा

पद्मोदय पुरूष भलिबल प्रतियोगिता हुने

February 22, 2019

धेरै चोटी पढिएको

  • नारायणी नदीको बाढीसँगै कटान बढेपछि सतर्क रहन आह्वान्

    नारायणी नदीको बाढीसँगै कटान बढेपछि सतर्क रहन आह्वान्

    2951 shares
    Share 2951 Tweet 0
  • राप्तीमा महिलाको रहस्यमय हत्या

    2575 shares
    Share 2575 Tweet 0
  • गाई मारेको आरोपमा तीन पक्राउ

    4 shares
    Share 4 Tweet 0
  • स्थानीय तहमा भ्रष्टाचार न्यूनीकरण र सुशासन

    8 shares
    Share 8 Tweet 0
  • वडाध्यक्षको लगानीमा सडक मर्मत

    1486 shares
    Share 1486 Tweet 0

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स: ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com
  • इपेपर
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०१८ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व

© २०१८ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक