शक्तिखोर । शक्तिखोरस्थित प्रस्तावित इच्छाकामना उपभोक्ता समूहका वन हेरालु कार्यसमिति र जुटपानी प्रहरीको संयुक्त गस्ती टोलीले बुधबार राति सालको काठ बरामद गरेको छ ।
शक्तिखोरको कालिका मन्दिरनजिकै झोलुङगे पुल छेउबाट पाँच क्यूफिट सालको काठ र एउटा साइकल बरामद गरेको समूहका अध्यक्ष अर्जुन बस्नेतले जानकारी दिनुभयो । काठ तस्कर भने फरार रहेकाले खोजी कार्य जारी रहेको वनका अध्यक्ष बस्नेतले बताउनु भयो । विगत लामो समयदेखि काठ तस्करी रोक्न वनले रात र दिनको समयमा उपभोक्ताहरुको समूह बनाएर दैनिक गस्ती गर्दै आइरहेको छ ।
Discussion about this post