रत्ननगर । राष्ट्रिय प्रजातन्त्र पार्टी चितवन क्षेत्र २ को चुनावी अभियान अन्तर्गत बिहीबार घरदैलो कार्यक्रम एवम् कोणसभा भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारसहितका नेता तथा कार्यकर्ताहरुले पिठुवाको टेकलालचोक, डुम्रीचोक, खनालटोल, गुरुङ टोल एवम् रत्ननगरको सुब्बाचोक, अमिलिया चोकलगायतका क्षेत्रमा घरदैलो गरिएको हो । घरदैलोपछि आयोजित कोणसभामा क्षेत्र २ का उम्मेदवार बलराम खनाल, क्षेत्रीय अध्यक्ष देवराज कँडेल, जिल्ला सदस्य एनप्रसाद डल्लाकोटी, क्षेत्रीय सदस्य चन्द्रकमल पाण्डे क्षेत्रीय सचिव हरि अधिकारी, महाधिवेशन प्रतिनिधि गणेश रायमाझी, विजेन्द्र पाठकलगायतले बोलेका थिए ।
Discussion about this post