ADVERTISEMENT
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

दलहरूबाट उम्मेदवारका बन्दसूची पेस

by चितवन पोष्ट
२०७० आश्विन १९, शनिबार ०३:११ गते
in राजनीति
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । आगामी संविधानसभाको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचनमा भाग लिन निवेदन दिएका दलमध्ये हालसम्म २७ वटा राजनीतिक दलले उम्मेदवारका बन्दसूची निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पेस गरेका छन् । ती दलमध्ये अधिकांश साना दल नै रहेका आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिनुभयो ।
उम्मेदवारको बन्दसूचीको नामावली प्रस्तुत गर्ने कार्यक्रम ५ बजेसम्म निर्धारण गरिएको छ । सो निर्वाचनका लागि आयोगमा १२४ राजनीतिक दलले यही असोज १४ गते निवेदन दिएका थिए । निर्वाचनमा भाग लिनका लागि आयोगमा १३० राजनीतिक दलले दर्ता गरेका थिए ।
आयोगले आगामी समानुपातिक निर्वाचनमा भाग लिने राजनीतिक दलको अन्तिम नामावली प्रकाशन गरी बिहीबार चुनाव चिह्न प्रदान गरेको थियो । समानुपातिक निर्वाचनमा भाग लिन नचाहने दलले पहिलो हुने निर्वाचनमा भाग लिन पाउनेछन् । आयोगको केन्द्रीय कार्यालयमा समानुपातिक निर्वाचनको कार्यालय राखिएको छ । सो निर्वाचन प्रयोजनका लागि आयोगका सचिव नगेन्द्र दाहाललाई अधिकृत तोकिएको छ ।
गत संविधानसभाका ५४ राजनीतिक दलले समानुपातिक निर्वाचनमा भाग लिन निवेदन दिएका थिए । तीमध्ये २५ दलको मात्र संविधानसभामा सहभागिता रहेको थियो । उम्मेदवारका बन्दसूचीमा नामावली प्रस्तुत गर्न राजनीतिक दलका प्रतिनिधिहरू आयोगमा पुगेका थिए । आयोगको हातामा उम्मेदवारका बन्दसूचीको नाम प्रस्तुत गर्न नजानेर केही राजनीतिक दलका प्रतिनिधि अलमल परेका देखिन्थ्यो । रासस

Related Posts

संसद् विघटनविरूद्ध कांग्रेसको विरोध सभा : ‘संविधान भत्काएर चुनावमा जान सकिँदैन’

चितवनमा सातै पालिकामा कांग्रेसको विरोध सभा हुँदै

सरकार असफल हुँदा व्यवस्थामै प्रश्न : देउवा

कांग्रेस सभापति देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश

प्रतिनिधिसभा विघटन मुद्दामा शुक्रबार सुनुवाइ हुँदै

Discussion about this post

अन‌ि यो पनि

भरतपुर सिटी हलको निर्माण कार्य धमाधम
अर्थ

भरतपुर सिटी हलको निर्माण कार्य धमाधम

भरतपुर । भरतपुर महानगरपालिकाको रणनीतिक योजनामा समावेश बहुप्रतीक्षित आयोजना सिटी हल निर्माणको कार्य धमाधम हुन थालेको छ । उपयुक्त स्थानको...

Read more
अझै तीन दिन मौसम बदली हुने

अझै तीन दिन मौसम बदली हुने

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

पिसिआरमा बढी रकम असुलेको आरोप : चितवनका दुई अस्पताल कारबाहीमा

बागलुङमा अझै स्थापना हुन सकेन पिसिआर प्रयोगशाला

कावासोतीको चक्रपथ सुस्त गतिमा

कावासोतीको चक्रपथ सुस्त गतिमा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In