कला, साहित्य र संस्कृतिको क्षेत्रमा अग्रणी भूमिका निभाउँदै आएको नारायणी कला मन्दिरले स्वर्णजयन्तीको अवसर पारेर क्याम्पाचौर, नारायणगढमा सांस्कृतिक महोत्सव–२०७० आयोजना गरिरहेको छ । नारायणी कला मन्दिर वि.संं. २०१९ साल पौÈ १४ गते नारायणगढमा विधिवत् रुपमा स्थापित एउटा विशुद्ध सामाजिक संस्था हो । यसले स्थापनाकालदेखि नै कला, साहित्य र सङ्गीतको क्षेत्रमा अनुकरणीय कामहरु गर्दै आएको छ । एउटा संस्था निरन्तर रुपमा पचासौँ वर्षसम्म उही गतिमा सुचारू हुनु सामान्य होइन । यो एउटा यस्तो संस्था हो, जसले समग्र चितवनको परिचय र गरिमा बोकेको छ । गत पुस २३ गते स्वर्णजयन्तीको उद्घाटन कला क्षेत्रका मूर्धन्य हस्तीहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका थिए । स्वर्णजयन्ती समारोहमा कला मन्दिरलाई योगदान दिने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो । यस संस्थाले सांस्कृतिक महोत्सव, चलचित्र महोत्सवजस्ता थुप्रै गतिविधि गर्दै आएको छ ।
कला मन्दिरले ताइपाइ सांस्कृतिक महोत्सव–२०७० बुधबारबाट सुरु गरेको छ । महोत्सवमा निकालिएको शोभायात्रा, विभिन्न सांस्कृतिक झाँकीहरु र समग्र क्षेत्रको सहभागिताले चितवन महोत्सवलाई समेत बिर्साइदिएको छ । एउटा संस्थाले महोत्सव नै आयोजना गर्न सक्नु सामान्य कुरा होइन । विभिन्न संस्कृति र कलाको संरक्षण गर्न भनेर खुलेका दर्जनौँ संस्थाहरु उल्लेखनीय कार्यक्रम गर्न नै नसकी विलय हुन पुगेको परिपे्रक्ष्यमा एउटा सामान्य संस्थाका रुपमा स्थापित भएर आज गरिमामय स्वर्णजयन्ती मनाउन पाउनु आफैँमा गर्वको विषय हो । आजसम्म विवादरहित रहेर सबैको साझा संस्थाका रुपमा स्थापित हुनु सबैका लागि खुसीको कुरा हो । यस संस्थामार्फत चितवनका कलाकारहरुले राष्ट्रव्यापी छवि बनाउन सफल भएका छन् । चितवनका थुप्रै कलाकारहरुले कला क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेका छन्, त्यो सबै यही संस्थाको प्रतिफल हो ।
कला मन्दिरको स्वर्णजयन्तीको अवसरमा महजोडीले कला मन्दिरले पु¥याएको योगदानको चर्चा गर्दै राजनीतिले धेरै युवालाई बिगारेको तर कला मन्दिरले युवावर्गलाई सामाजिक Ôेत्रमा लाग्न प्रेरणा दिएको बताएका थिए । महजोडीले चितवनका कलाकर्मीका कारण चलचित्र जगत्को शिर उँचो रहेको उल्लेख गरेर कला मन्दिरको योगदानबारे खुलेर प्रशंसा गरेका थिए । राष्ट्रले सम्बोधन र सम्मान गर्न नसकेका व्यक्तित्व तथा संस्थाहरुलाई सम्झिएर यसले आफ्नो कर्तव्य पूरा गर्ने गरेको छ । गत वर्ष स्वर्णजयन्तीको अवसरमा बोल्ने विभिन्न वक्ताहरुले कला मन्दिरलाई शैक्षिक प्रतिष्ठानका रुपमा विकास गर्नुपर्ने बताएका थिए । जसरी विभिन्न सांस्कृतिक मह¤वलाई यसले मूल्यांकन गरेको छ, त्यस्तै यो संस्थाको पनि आफ्नै सांस्कृतिक मूल्य छ । यस संस्थाले गरेको कला र संस्कृतिको उन्नयनप्रति बधाई ज्ञापन गर्दै आगामी दिनमा अनवरत उन्नति र प्रगतिको लागि चितवन पोष्ट दैनिक हार्दिक शुभकामना व्यक्त गर्दछ ।
Discussion about this post