ADVERTISEMENT
१२ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१२ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

शक्तिखोरको सिम्ती झर्नामा रमाएको दिन

by चितवन पोष्ट
२०७० आश्विन १८, शुक्रबार ०५:१३ गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

एकल सिलवाल
ekal silwal
आदिमकालदेखि नै समूहमा बस्ने सभ्यताले मान्छेलाई सामाजिक प्राणी बनाएको हो । त्यसैको बलियो प्रभावले हामीभन्दा एक–दुई पुस्ताअघिसम्मका पुर्खाहरु संयुक्त परिवारमा बस्न रूचाउँथे । चिन्दै नचिनेका परदेशीलाई पनि देवतासमानका पाहुना मानेर स्वागत–सत्कार गर्ने चलन थियो । आफ्नो कामले लामो यात्रामा हिँडेका बटुवाहरु बाटोघाटोमा अलपत्र नपरुन् भनी उनीहरुका लागि ठाउँठाउँमा पाटीपौवा र सत्तलहरु बनाइएका हुन्थे । मान्छे–मान्छेका बीच मायाप्रेम र सद्भावको साइनो बलियो थियो ।
हिजोआज वातावरण बदलिएको छ । एकै धर्ती र उही धरातलका मान्छेलाई कतै जात, धर्म, वर्ण, भाषा र भूगोलको लक्ष्मणरेखाले चटाचट काटेर कोहीलाई यताको र कोहीलाई उताको बनाइदिएको छ । अनुहारका सक्कलैपिच्छे सम्प्रदाय र गाउँसहरका टोलैपिच्छे बहुसमुदायको जन्म हुने क्रम जारी छ । यस्तो बेला मान्छेका मनहरुलाई फुटाउनेभन्दा जुटाउने माध्यमको मह¤व बढी छ । त्यसै भएर होला, कहाँ र के निहुँमा अनि कुन माध्यमले मान्छे–मान्छेबीच आत्मीयता र सद्भावको साइनो कस्न सकिन्छ, त्यो अवसर छोप्न मलाई मन पर्छ । आ–आफ्ना संस्कृति र पहिचानलाई बगैँचाको रङ्गीचङ्गी सौन्दर्य ठानेर मानवताको मन्दिरमा पूजा गर्दा आनन्द लाग्छ ।
हामी जहाँ बसेका छौँ, त्यसआसपासका सांस्कृतिक मेला, पर्व, उत्सव र सुन्दर प्राकृतिक स्थलहरुको भ्रमणले एकापसमा घुलमिल हुन सघाउँदो रहेछ । म आज आफ्नो नियमित कामलाई रमाइलो उत्सव बनाउन सहयोगी सिद्ध भएको त्यस्तै एउटा स्मृति लिएर आएको छु । समाचार लेख्ने पत्रकारको पेसा सधैँ गुरू–गम्भीर सूचनाको खोजी, स्रोतहरुसँगको गहन संवाद र सूत्रबद्ध लेखनीमा मात्र सीमित हुनुपर्छ भन्ने छैन । यो पेसामा आफ्नो दैनिकीलाई हरेक दिन नयाँनयाँ अनुभव र आस्वादनसँग जोड्ने अवसर छ । त्यस्ता अवसरहरुले जीवनमा ऊर्जा र उमंग थप्न अखण्ड दीपको काम गर्दछन् ।
मैले ६ वर्षअघि पहाडको काखमा अवस्थित शक्तिखोर, चितवनको सिम्ती झर्नामा बिताएको एउटा दिन पत्रकारिता गर्दाका अनगिन्ती उत्सवहरुमध्येको एक हो । त्यो झर्ना सानो भइकन पनि सुन्दर छ भन्ने चर्चा शक्तिखोरका साथीसँगीहरुबाट पहिल्यैदेखि सुनेको थिएँ । गर्मी मौसममा त्यहाँ जाँदा पाइने शीतलताले अद्भुत स्फूर्ति पैदा गर्छ भन्ने चर्चा पनि कानमा परेको थियो । ती सूचनाहरुको सत्यता परीक्षण गर्न पनि म त्यहाँ नगई हुँदैनथ्यो । २०६४ साल साउनको अन्तिम साता मलाई सिम्ती झर्ना पुगेर त्यसको शब्दचित्र उतार्ने सुर चल्यो ।
मैले एक्लै गएर उतार्ने झर्नाको चित्र अपूरो हुन्थ्यो । सकेसम्म ठूलै टोली बनाई त्यहाँ जाने निधो गरी शक्तिखोर गाविसको चिसापानी टोलमा खबर पठाएँ । त्यहाँ चन्द्रसिंह र फूलमाया तामाङ दम्पतीको अग्रसरतामा स्थानीय १०–१२ जनाको टोली भदौ १ गते झर्ना जान तयार भएको सुखद खबर मैले पाएँ । तोकिएको मिति आयो । भरतपुरबाट बिहानै बाटो लागेर म शक्तिखोरको चिसापानी टोल पुगेँ । त्यहाँ झर्नालुहरुको ठूलै टोली मेरो प्रतीक्षा गरिरहेको रहेछ । टोलीमा शक्तिखोरदेखि सौराहासम्मका वासिन्दा थिए । त्यो औधी तयारी देख्दा मलाई आफ्ना कतिपय साथीहरु छुटेकोमा पछुतो लाग्यो । पछिल्लो समयमा प्रायः एक्लै डुल्न रूचाउने मेरो बानी त्यसमा जिम्मेवार थियो ।
चिसापानीमा पाकेको मीठो खाना खाइवरी म पनि टोलीमा मिसिएँ । दिउँसोलाई खाजानास्ताको पोको बोकेर शक्तिखोर बजार हुँदै हामी सिम्तीतिर लाग्यौँ । शक्तिखोर बजारपछिको कयरखोला तरेपछि सुस्त गतिमा एक घन्टाजति हिँडेर अलिकति तेर्सो र बाँकी उकालो बाटो काटेपछि एउटा गजबको गुफा हेर्दै झर्नामा पुगेका थियौँ । बाटोमा पर्ने चमेरे गुफामा चढ्न भ¥याङ हालिएको रहेछ । त्यहाँ हाम्रो टोलीका तीन–चार जना मात्र पस्यौँ । अक्करमा रहेको त्यो अँध्यारो गुफामा साँघुरो मुखबाट पसेपछि निस्कन मुस्किल परेर निसासिएको याद आइरहन्छ ।
गुफा छाडेर थोरै अघि बढेपछि झर्नामा पुगियो । अग्लो पहराबाट झरेको सङ्लो पानीको झर्नाले तल एउटा कञ्चन पोखरी बनाएको रहेछ । त्यसको किनारमा जम्मा भएर हामीले एकापसमा परिचय आदानप्रदान ग¥यौँ । चतुर्मुखी मावि शक्तिखोरमा नौ कक्षामा पढ्ने छात्रा हीरा गुरूङ र सचना गुरूङ भोलिपल्ट बिहानै दिनुपर्ने त्रैमासिक परीक्षाको तयारी छाडेर त्यहाँ गएका रहेछन् । छिमेकका साथीहरु रुपा तामाङ र जुना नेपालले उनीहरुलाई साथ दिएका थिए । उनीहरु त्यहाँ गएको त्यो छैंटौँ पटक रहेछ ।
जिल्ला वन कार्यालय चितवनअन्तर्गतको शक्तिखोर रेञ्जपोष्टमा खटिएका सर्लाही मलंगवा निवासी सशस्त्र वन रक्षक, सौराहाका एक होटल सञ्चालक, शक्तिखोरका शिक्षक, स्थानीय सामुदायिक संस्थाका प्रतिनिधि, राजनीतिमा सक्रिय युवालगायतका बहुपहिचानयुक्त व्यक्तिहरुको टोली हाम्रो भ्रमण दलमा रहेछ । अनकन्टार जङ्गलभित्र अग्लो झरनाको चिसो पानीमा मिलीजुली समाहित हुन हामी कसैलाई पनि कुनै नामको संकीर्ण पर्खालले छेकेको थिएन । आपसमा कुराकानी गर्दा छाँगोको छङ्छङ् आवाजलाई चिर्नेगरी चर्को स्वरले चिच्याउनुपथ्र्यो । त्यहाँको वातावरणले हामीलाई आपसमा गफ गर्नभन्दा झर्नाको संगीत सुन्न प्रेरित गरिरहेझैँ लाग्दथ्यो ।
हाम्रो समूहका सदस्यहरु पालैपालो पोखरीमा पसेर पौडिन थाले । कोही काठको भ¥याङ हालेर पहराको माथिबाट खसेको छहरोतिर उँभो लागे । त्यता उक्लिनेहरु झर्नाभित्रै अलप भएपछि मलाई आश्चर्य लाग्यो । राम्ररी नियालेर हेरेँ, उनीहरु त झर्नाभित्रको सानो गुफामा पसेका पो रहेछन् । त्यसपछि म पनि पानीमा पसेँ । तलका साथीहरुलाई काठको लिस्नो समात्न लगाएर पाँच मिटरजति माथि उक्लिएपछि छहरोभित्रको सानो गुफा देखियो । त्यहाँ लुकेर गीत गाइरहेको समूहबाट केहीले हात दिए । म माथि तानिएँ । ठाउँ निकै साँघुरो भईकन त्यहाँबाट आँखाअगाडिको झर्ना हेर्नुको मज्जा बडो बेजोडको थियो । हामीले तल झरिरहेको झर्नासँग घामको पारिलो किरण र बतासको वेग मिसिएर बनेको इन्द्रेणी देख्यौँ ।
त्यो अनुपम सौन्दर्यले मधुर मादकता थप्यो । झर्नाभित्र केही सुमधुर गीतका ध्वनिहरु गुञ्जिन थाले । गायनको नशा चढ्दै जाँदा मेरा साथीहरु झर्नाबाट मुन्टो निकालेर बाहिर नियाल्दै पालैपालो नाच्न थाले । भित्र बसेकाले उनीहरुलाई कसिलो गरी समातेर खस्नबाट बचाउँथे । जोखिम मोलेर लिएको आनन्द अनमोल हुँदोरहेछ । त्यसले सबैलाई लोभ्याउँदै लग्यो । कसैले थपडी मारे । कोही सिटी फुक्न थाले । कोही झर्नातिर हात लम्काएर आपसमा पानी छ्यापाछ्याप गर्न लागे । निथु्रक्क भिजेका सबै न्यानो आत्मीयतामा बाँधिएका थिए ।
त्यो छुट्टै संसारलाई झर्नाको सेतो पर्दाले छोपेको थियो । भित्रको गुञ्जायमान संगीत छहरोसँगै बगेर प्रकृतिमा विलीन भइरहेको थियो । झर्नामुनिको पोखरीमा पौडी खेलिरहेका र बाहिरबाट हेरिरहेका साथीहरु सप्तरङ्गी इन्द्रेणीभित्र अस्पष्ट देखिएका थिए । झरनाको संगीत र बतासको सुसेलीसँगै प्रकृतिमा हराउँदा सबले सबलाई बिर्सिइरहेका थिए ।
छाँगोभित्रको गोप्य गुफामा पुगेपछि हाम्रा एक साथी छहरोबाहिर टाउको निकालेर चिच्याए, ‘लडाइँमा लुक्न यस्तो ठाउँ पाए कति शत्रु मारिँदो हो ! लुकेर जति हाने पनि कसैले नदेख्ने ।’ उनै थिए, जिल्ला वन कार्यालयबाट शक्तिखोर क्षेत्रमा खटिएका सर्लाही निवासी सशस्त्र वन रक्षक प्रमोदकुमार झा । त्यसदिन शनिबार परेकाले उनी बिदा मनाउन हाम्रो टोलीमा सामेल भएका थिए । तिनको टिप्पणीपछि झरनाको झङ्कार उछिन्ने गरी हाँसोको आवाज छुट्यो । ‘कहिल्यै खुशी नहुने मान्छे पनि यहाँ आइपुगेपछि रमाइलो गरेर फर्कन्छ’, हाँस्नेमध्येका एक जनाले थपे । ‘यहाँ आउन छुटाएको भए मैले जिन्दगीमा सबैभन्दा रमाइलो क्षण गुमाउने रहेछु’– झाले दोहो¥याए ।
चितवनको शक्तिखोर–२ मा पर्ने सिम्ती झरना स–साना बालबालिकादेखि प्रौढावस्थासम्मका स्थानीय बासिन्दालाई गर्मी छल्न शीतल वरदान सावित भएको रहेछ । शक्तिखोर क्षेत्रका सरकारी कर्मचारी, व्यापारी र कृषकहरुका लागि समेत त्यो झरना फुर्सदको सबैभन्दा मनपर्ने साथी बन्न थालेको रहेछ । गाउँका युवकयुवतीदेखि लिएर प्रकृतिप्रेमी दम्पतीहरुसम्म खाली समय बिताउनुपर्दा त्यसै झर्नालाई रोज्दा रहेछन् ।
झरनासँगै पोखरीमा हाम फालेर मन बहलाउनेहरुको भीडमा केही दम्पतीहरु पनि थिए । प्रचारप्रसारको अभावमा यति रमाइलो ठाउँबारे अरु कैयन् प्रकृतिप्रेमी दम्पतीहरुले थाहा नपाएकोमा उनीहरु चिन्तित देखिए । आफू पाँच–छ पटक पुगिसकेको बताउने चतुर्मुखी मावि शक्तिखोरका शिक्षक चन्द्र गुरूङले पनि झरनाको प्रचार नपुगेकोमा चिन्ता पोखे ।
सौराहाका एक होटल व्यवसायी इन्द्रकाजी बानियाँले पनि संयोगले त्यसदिन हाम्रो टोलीसँग मिसिन पुगेका थिए । उनले भने, ‘ठाउँ साह्रै रमाइलो हो तर जाने बाटो अप्ठ्यारो रहेछ ।’ यस्ता ठाउँहरुको संरक्षण र विकास गर्न सके सौराहा आउने पर्यटकहरुको बसाइ अवधि लम्ब्याउन सकिने उनको ठम्याइ थियो । साहसी पर्यटकहरुलाई बाटोमा पर्ने चमेरे गुफा आनन्द लुट्ने अर्को अवसर बन्न सक्दथ्यो ।
चितवनको सदरमुकाम सहर भरतपुरको गर्मीबाट अत्तालिएका केही डाक्टरहरु पनि सुटुक्क समय निकालेर त्यहाँ पुगिदिए हुन्थ्यो भन्ने कामना कसैले गरे । बिरामी हेर्ने व्यस्तताले बाँधिएका डाक्टरहरुलाई त्यसरी प्रकृतिसँग रमाउने फुर्सद कसरी मिल्दो हो र ! हामी चाहिँ डाक्टरहरु भन्दा ज्यादा भाग्यमानी थियौँ ।
चेपाङ पहाडी पर्यटन पदयात्रामार्गको मुख मानिने शक्तिखोर बजारबाट आराम गर्दै हिँडे पनि एक घन्टामा सिम्ती झरना पुगिन्छ । त्यहाँ पुगेपछि बाटोमा लाग्ने थोरै थकान, केही गाँज सिस्नोको पोलाइ र चर्काे घामको पीडा सबै हराउँछ । तपाईं पनि जाडो नलाग्दै मेसो मिलाएर यसो एक पटक सिम्ती झर्ना पुगिहेर्नुस् है । मैले चाहिँ विगत ६ वर्षयता धेरै पटक सोच बनाए पनि दोहो¥याएर त्यहाँ जाने दिन निकाल्न सकेको छैन । त्यस्तो विशेष दिन आउन सायद अर्को साइत कुर्नैपर्ने होला । जीवन सधैँ उत्सवमय पनि त हुँदैन नि !

Related Posts

धर्म जीवनको खोज हो

जीवनमा खुसीको महत्त्व के छ !

धर्म जीवनको खोज हो

धर्म जीवनको खोज हो

नकारात्मकतातिर उन्मुख सामाजिक सञ्जाल

नकारात्मकतातिर उन्मुख सामाजिक सञ्जाल

Discussion about this post

अन‌ि यो पनि

कम्युनिस्ट र काँग्रेसलाई देखेर जनता वाक्क : कमल थापा
प्रमुख समाचार

कम्युनिस्ट र काँग्रेसलाई देखेर जनता वाक्क : कमल थापा

भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष कमल थापाले कम्युनिस्ट र काँग्रेसलाई देखेर जनता वाक्क भइसकेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र...

Read more
सिटी हल र गोन्द्राङ–पुलचोक सडकको शिलान्यास गर्न प्रधानमन्त्री आउने

सिटी हल र गोन्द्राङ–पुलचोक सडकको शिलान्यास गर्न प्रधानमन्त्री आउने

नारायणगढ लेडी जेसीजको अभिमुखीकरण तालिम

नारायणगढ लेडी जेसीजको अभिमुखीकरण तालिम

Chitwan Post

नवलपुरका ८ स्थानीय तहमा अपाङ्गता सर्वेक्षण सुरु

केरा उत्पादक संघको अधिवेशन माघ १७ गते रत्ननगरमा हुने

केरा उत्पादक संघको अधिवेशन माघ १७ गते रत्ननगरमा हुने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In