भरतपुर । नेकपा माओवादी चितवनको १४ कार्यकर्तालाइ प्रहरीले पक्राउ गरेको छ । चुनाव बहिष्कार कार्यक्रमअन्तर्गत प्रमुख दलका नेताहरुको पुत्ला जलाउन लायन्स चोकमा भेला भएका माओवादीका नेता कार्यक्रर्तालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका कार्यकर्ता निर्सत छोड्नुपर्ने माग माओवादीले राखेको छ ।
संविधानसभाको निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने बिहीबारको दिनलाई मध्येनजर राख्दै चितवनमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । चुनाव बहिष्कार गर्ने समूहले वातावरण नबिथलून भनेर सुरक्षा व्यवस्था कडा पारिएको हो । निर्वाचनमा सेना, प्रहरी र सशस्त्र तिनै सुरक्षा निकाय परिचालन गरिँदैछ ।
Discussion about this post