काठमाडौँमा कुल तीन सय साठी उम्मेदवार

अन‌ि यो पनि

काठमाडौँ । विभिन्न पार्टीका प्रतिनिधि र स्वतन्त्र गरी काठमाडौँमा ३ सय ६० जनाको उम्मेदवारी दर्ता भएको छ । यसमध्ये ९२ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । प्रमुख दलका नेतासहित विभिन्न स्वतन्त्र उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका हुन् ।
काठमाडौं निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं. १ मा ४७, २ मा ४६, ३ मा २७, ४ मा ४१, ५ मा २७, ६ मा ३५, ७ मा ३२, ८ मा २७, ९ मा ४० र १० मा ३८ जनाको उम्मेदवारी परेको छ ।
उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरिएको भएपनि निर्वाचन अधिकृतको हाताभित्र प्रवेश गरेका उम्मेदवारलाई समय बढाएर दर्ता गराइएको हो । दर्ताका लागि रु. ३ हजार धरौटीको व्यवस्था गरिएको थियो ।
हरेक उम्मेदवार प्रस्तावक र समर्थक तथा कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । बाजागाजासहितको जुलुसका साथ अबिर र मालामा सजिएका उम्मेदवारहरू नयाँ बानेश्वरस्थित कार्यालयमा प्रवेश गर्दा त्यहाँको वातावरण निर्वाचनमय बनेको थियो । रासस

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया